• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै

सार्वजनिक शौचालय बनाउन इच्छा छ ? कामपालाई सम्पर्क गर्नुस्



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरेको छ ।

चिन्न तयार भएसँगै कामपाले सार्वजनिक शौचालय सञ्चालनको लागि इच्छा भएका सङ्घ संस्थालाई सम्पर्क गर्न पनि आग्रह गरेको छ । कामपा क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी सङ्घसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई कामपाले सार्वजनिक निजी साझेदारी इकाइमा सम्पर्क राख्न आग्रह गरेको हो ।

कामपासँग सहकार्य भएको सङ्घसंस्थाको शौचालयमा प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले सबैमा एकै किसिमको सङ्केत चिन्न राखिएको कामपाले जानकारी गराएको छ । लोगो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । सङ्केत चिन्हको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

सर्वसाधारणको सहजताको लागि कामपाको सञ्चालन गर्न लागेको शौचालय पहिलो चरणमा करिब ६० शौचालय प्रयोगमा ल्याउने भएको छ ।

नवनिर्वाचित महानगरप्रमुख बालेन्द्र साहको संयोजकत्वमा अघिल्लो सोमबार बसेको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार हाल कामपामा रहेका झण्डै ५८ सार्वजनिक शौचालयलाई मर्मतसम्भार गरी पुनः प्रयोग गर्ने र सहकार्यमार्फत तत्काल ६० शौचालय प्रयोगमा ल्याउन लागिएको हो ।

प्रमुख साहले पहिलो बैठकमै गर्नुभएको निर्णय फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनसम्बन्धी काम पनि अघि बढेको कामपाको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।