• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु ★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई ★   मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै ★   राष्ट्रिय विकास परिषद्को बैठक आज, १६औं योजनालाई अन्तिम रुप दिइने ★   महाेत्तरीका अग्निपीडितकाे विचल्ली, राहतको प्रतीक्षा ★   किन कतार जान पाएनन् रूद्रकली र खगेन्द्रप्रसाद ? ★   म्यान्चेस्टर युनाइटेडको सहज जित ★   लिभरपुललाई उपाधि होडमा धक्का, एभर्टनसँग स्तब्ध ★   आईपीएलः दिल्लीले गुजरातलाई दोस्रो पटक हरायो ★   बालेनको कडा टिप्पणी : जनावर उपहार दिनु वा बेच्नु कति कानुनसम्मत ?

बाजुरामा प्रजिअ, सुरक्षाकर्मीको नेतृत्व र निर्वाचन अधिकृत फेरिए



काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन प्रयोजनका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ । यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन अयोगले तयारी थालेसँगै नयाँ निर्वाचन अधिकृत पठाइएको हो ।

साथै प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखलाई पनि परिवर्तन गरिएको छ ।

सो नगरपालिकामा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन विवादित भएपछि आयोगले नयाँ निर्वाचन गर्न लागेको हो । नगरपालिकाका केही वडामा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेको थियो ।

बुथ कब्जाको आरोप लागेसँगै मतगणना सम्पन्न हुन सकेको थिएन । परिस्थिति जटिल बनेपछि निर्वाचन आयोगले त्यहाँका निर्वाचन अधिकृतलाई नै फिर्ता बोलाएको थियो ।

यसअघिका प्रजिअ उपेन्द्रराज पौडेलको ठाउँमा प्रकाशचन्द्र अधिकारी बाजुरको प्रमुख जिल्ला अधिकारी तोकिएका छन् । यसैगरी नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापा र सशस्त्र प्रहरीका नायब उपरीक्षक गंगादत्त पन्तलाई बाजुरा खटाइएको छ ।