• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु ★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला

महानगरमा मोडिएको मतदाताको मन



काठमाडौँ । देशकै पुरानो र ठूलो काठमाडौँ महानगरपालिकामा ठूला राजनीतिक दलहरुलाई पछिपार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजय भई कार्यभार ग्रहण गरिसक्नुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँको मतगणनाकार्य पनि भोलिपल्टैदेखि सुरु भयो । प्रारम्भिक चरणदेखि युवा एवं स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै थियो । त्यसलाई निरन्तरता दिँदै मतगणनाको १३ दिनपछि साह नगरप्रमुख बन्नुभयो ।

अहिलेको निर्वाचन नेपालको संविधान २०७२ जारी भएपछिको दोस्रो हो । नेपालको सबैभन्दा पुरानो र ठूलो महानरमा पहिलोपटक स्वतन्त्र उम्मेदावर युवा बालेन्द्र साहलाई विजय हुनु मतादाताले खोजेको नयाँपन मात्र नभइ पटक–पटक ठूला राजनीतिक दलका जनप्रतिनिधिले जनताको सपनालाई पूरा गर्न नसक्नुको परिणामका रुपमा पनि लिन थालिएको छ ।

साहको प्रतिबद्धतापत्रमा नागरिकको दैनिकीभन्दा पर पुगेर मनोरेल मेट्रोरेलजस्ता तत्काल गर्न नसकिने काम छैनन्, महानगरमा फोहर व्यवस्थापन, अपुग खानेपानीको आपूर्ति, अव्यवस्थित तार व्यवस्थान ट्राफिक जामजस्ता समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सहजरुपमा नागरिकको पहँुचलगायतका विषयलाई आफ्नो मुख्य कामको रुपमा लिइएको छ ।

काठमाडौँ देशको संघीय राजधानी हो, संस्कृतिको धरोहर हो । यहाँ फरक किसिमको राजनीतिक आस्था र विश्वास छ । आफ्नो पिता पूर्खादेखिको मतदान गर्ने संस्कारलाई परिवर्तन गरेर स्वतन्त्रतर्फ भोट केन्द्रीत गर्न सक्नुपनि साहको अर्को साहस हो । मतगणना सुरुदेखिनै आम मानिसको चासोको विषय बनेको थियो, काठमाडौँमा के हुन्छ रु ‘कोर एरिया’मा प्रवेश नगर्दासम्म राजनीतिक दलबाट आफूले प्रमुखको उम्मेदवारी दिएका नेपाली कांगेसको तर्फबाट सिर्जना सिंह र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को तर्फबाट केशव स्थापितको आशा जीत तर्फनै थियो ।

जब कोर एरिया मानिने क्षेत्रको मतगणना कार्य सुरु भयो, जहाँ बालेन्द्रले आफूलाई पछि नपारी आफ्नो अग्रता कायमै राख्दै जानुभयो । यसरी साहको अग्रता कायम भइरहँदा सिंह र स्थापितले आफूले जित्ने आशा मार्दै भन्ने थाल्नुभयो, मतदाताको एकएक भोटको पनि सम्मान गछौँ ।

साह आफुलाई गत शुक्रबार मुख्य निर्वाचन कार्यालय काठमाडौँले निर्वार्चित घोषणा गरेलगत्तै उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोलमा पुगेर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिनुभएको थियो । त्यसैगरी पदभार ग्रहण गरेको दिन सोमबार पनि उहाँले कामपाको फोहर व्यवस्थापको काम नगरी फूलमाला र खाँदा नलगाई काममानै केन्द्रीत हुँदै सोहीअनुरुप कार्यपालिका सदस्यलाई परिचालन गर्नुभयो ।

पहिलो दिनको निर्णय

कामपाको नवनिर्वाचित प्रमुख साहको अध्यक्षतामा सोमबार बसेको पहिलो कार्यपालिका बैठकले प्रमुख÷उपप्रमुखसहित पाँच जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गर्ने निर्णय गरेको छ । महानगरले सहकार्य गर्ने रेष्टुराँ र प्रेट्रोलपम्मसँग कामपाले सङ्केत चिह्न राख्नेछ र सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालनमा ल्याउने निर्णय पनि गरेको छ । तत्काल नगरवासीको गुनासो सम्बोधन गर्न कल सेन्टरको स्थापना गर्ने पनि पहिलो बैठकको उपलब्धि हो ।

सहज पानी र फोहर व्यवस्थापननै मतदाको आशा

नवनिर्वाचित जनप्रतिनीधिसँग मतदाताको त्यति धेरै आशा छैन । कामपा वडा नं १७ का स्थायी बासिन्दा विनोद कपालीले दैनिक जीवन सञ्चालमा आएका समस्या जस्तै फोहर व्यवस्थापन, खानेपानीको सहज पहँुच, निर्धारित समयमा तोकिएको स्थानमा पुग्नका लागि ट्राफिक व्यवस्थापन र सम्पदा संरक्षण नै युवा जनप्रतिनीधिसँग आफ्नो माग रहेको बताउनुभयो ।

त्यसैगरी वडा नं १२ का हेमराज रेग्मीको भनाइ पनि कपालीको भन्दा फरक छैन । निरन्तर रुपमा फोहर व्यवस्थापन हुन नसकेको पनि तीन महिना भइसक्यो यसको नियमित व्यवस्थापन हुनप¥यो । वर्षको समय सुरु भएसँगै यसले थप समस्या ल्याउन सक्छ जनप्रतिनीधिले बेलैमा यसतर्फ ध्यान दिन आवश्यक छ ।

एमाले र कांग्रसको सिट कति ?

अघिल्लो स्थानीय तह निर्वाचनामा प्रमुख पदसहित वडाध्यक्ष र सदस्यमा पनि राम्रो पकड जमाउन सफल भएको एमाले यस पटक उपप्रमुख पद जीते पनि दोस्रोमा सीमित हुनुपरेको छ । कामपामा कार्यपालिका सदस्यमा कांग्रेसको बहुमत रहेको छ । ३२ वटा वडा रहेको कामपामा कांगे्रसले १९ वडाध्यक्षसहित ७४ सदस्य जितेर पहिलो पार्टी बनेको छ भने एमाले १२ वडाध्यक्ष र ४८ सदस्य सीमित हुनुपरेको छ ।

वडा नं १५ मा नेकपा ९एकीकृत माजवादी०का को तर्फबाट यस अघि कामपाको प्रवक्तसमेत रहनुभएका ईश्वरमान डङ्गोल प्यानलसहित विजय हुनुभएको छ । विगतको निर्वाचनमा प्रमुखसहित १८ वडाध्यक्ष जीतेको एमाले यस निर्वाचनमा १२ मा सीमित हुनुपरेको छ, भने कांग्रेसले वडाध्यक्ष र सदस्यमा सङ्ख्या थपेर कार्यपालिका सदस्य सङ्ख्या बहुमत बनाएको छ ।

कांग्रेसले वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १४, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९, ३० मा वडा अध्यक्षसहित सदस्यम विजयी हात पारेको छ । त्यसैगरी एमालेले कामपा वडा नम्बर १,२, ३, ४, ५, १३, १८, २१, २२, २३, ११ र ३२ वडा अध्यक्षसहित सदस्य पदमा विजयी भएको छ । रासस