११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुराको बुढीगंगाको सम्पूर्ण मतदान रद्द, पुन मतदान हुने



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको सम्पूर्ण मतदान रद्द गरी यथाशिघ्र पुनःमतदान गर्ने मिति र समय तोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।

आयोगको आजको बैठकले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा ९४० बमोजिम सो निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी जानकरी दिनुभएको छ । गत वैशाख ३० गते सो पालिकामा भएको मतदानमा राजनीतिक विवाद भएपछि आयोगले आयुक्त सगुनशमशेर जबराको नेतृत्वमा छानविन टोली स्थलगतरूपमा खटाएको थियो ।

आयोगले बाजुरका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दीपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकाले निजहरुलाई तीन दिनभित्र हटाई सो पदमा अन्य कर्मचारीलाई खटाउन पनि निर्देशन दिएको छ ।

आयोगले ती पदमा जिम्मेवार कर्मचारी खटाई स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयललाई निर्देशन दिनाका साथै निजहरुलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा (२) तथा निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा ३८ को उपदफा १ बमोजिम मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि गरेको छ । रासस