• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   काँग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो: उपप्रधानमन्त्री लामिछाने ★   संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भयो :- कमल थापा ★   सांसद गुरुङको निलम्बन फुकुवा ★   पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश ★   उपनिर्वाचनको मौन अवधि आज रातिदेखि ★   बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य ★   रातो मत्येस्न्द्रनाथको महास्नान सम्पन्न ★   कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछः मन्त्री बस्नेत ★   कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित ★   सहवागले विश्वकप २०२४ को लागि भारतको प्लेइङ–११ छनोट गरे, हार्दिक पाण्ड्या परेनन्

जनचाहना अनुरुपका कार्यक्रमलाई जोड दिनेछु: उपप्रमुख गुरुङ



पोखरा । पोखरा महानगरपालिकाको दोस्रो कालका लागि पुनः निर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङले जनताको जनमतलाई उच्च कदर गर्दै पोखराको समग्र विकासमा साझा उम्मेदवारका रुपमा काम गर्ने बताउनुभएको छ ।

निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै नेकपा (एमाले)ले आयोजना गरेको विजय ¥यालीपश्चात्को कोणसभामा नवनिर्वाचित उपप्रमुख गुरुङले जनताले पुनः दोस्रो कार्यकालका लागि आफूलाई अनुमोदन गरेकाले अझ बढी जिम्मेवार र जनउत्तरदायी भएर जनमुखी कार्यक्रममा जोड दिने बताउनुभयो ।

“जनताले २०७४ सालमा अमूल्य मत दिएर पठाउनुभयो र ५ वर्षपछि पुनः अमूल्य मत दिएर अनुमोदन गर्नुभएको छ । अब साझा व्यक्ति भएर विकासलाई प्राथमिकता राखेर अघि बढ्छु,” उहाँले भन्नुभयो । अघिल्लो कार्यकालका राम्रा कुरालाई पुनः निरन्तरता दिँदै समग्र पोखराका लागि थप नयाँ योजनालाई मूर्त रुप दिनका लागि आफू प्रतिबद्ध हुने बताउनुभयो ।

उहाँले अघिल्लो कार्यकालमा उपप्रमुखसँग महिला कार्यक्रम, महिला हिंसा न्यूनीकरणमा पुरुष ऐक्यबद्धता कार्यक्रमसँगै महिला सहायताकक्ष राखेर महिलाको न्याय र अधिकारका लागि बहस पैरवीलगायत थुप्रै प्रभावकारी कार्यक्रम भएको जनाउँदै यसको निरन्तरतासँगै थप समयको मागअनुसार अझ प्रभावकारी कार्यक्रमलाई जोड दिने बताउनुभयो ।

कोणसभामा एमालेका प्रमुखका प्रत्याशी कृष्ण थापाले प्रमुख पदमा जित्ने प्रबल सम्भावना हुँदाहुँदै नसोचेको परिणाम आएको जनाउँदै पार्टीभित्र यसको गहिरो समीक्षा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफू पराजित भए पनि पोखराको विकासमा सहयोगी बनेर सधैँ सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमालेका उपमहासचिव तथा प्रचार विभागप्रमुख पृथ्वीसुब्बा गुरुङ, एमाले स्थायी कमिटी सदस्य एवम् सङ्गठन विभाग खगराज अधिकारी, एमाले पोखरा महानगर अध्यक्ष दिलीप न्यौपाने लगायतले एमालेले ८६ वटा सदस्यसहित बहुमत ल्याए पनि प्रमुख र वडाहरुमा नराम्रो पराजय भोग्नु परेको जनाउँदै आगामी दिनमा समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । महानगरको ३३ वडामा एमालेले ९ वडाध्यक्षमा मात्र जित्न सफल भएको छ ।