• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आज राति पश्चिम नेपालमा हावाहुरी सहित वर्षा ★   द्वन्द्वपीडित समुदायको आक्रोश: सरकार समस्या समाधान गर्न भन्दा पनि गिजोल्ल उद्दत ★   कानुनका कुरा : प्रहरीले पक्राउ गर्यो, अब के गर्ने ? ★   घुमघामको गन्तव्य टौदह: काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल-फोटो फिचर ★   विस्तारित स्वास्थ्य सेवामा पहुँच बढाउन अमेरिकाद्वारा करिब १६ करोड रुपैयाँको धनुषा प्रसूति केन्द्रको हस्तान्तरण ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी ★   चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला ★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न

उजुरी पर्दैमा सबै दोषी ठहरिँदैन: आयुक्त सिलवाल



मनाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले अधिकारलाई सही रुपमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया’मा अधिकारको दुरुपयोग गर्ने कार्यको नियन्त्रणमा अख्तियार प्रतिबद्ध रहेको बताउनुभयो ।

“उजुरी विभिन्न किसिमका हुन्छन्, स्थानीय तहलाई प्रत्यायोजन भएको अधिकारको सही उपयोग भएको छ वा छैन र अख्तियार दुरुपयोग भएमा सचेत गराउनाका साथै सूक्ष्म रुपमा अनुसन्धान गरी सही बाटोमा ल्याउन सचेत गराउन आवश्यक रहेको छ,” आयुक्त सिलवालले भन्नुभयो । धेरै प्रकारका उजुरी परे पनि सबै दोषी नठहरिने उहाँको भनाइ छ ।

“हामीले अख्तियारी गर्ने, जनप्रतिनिधिलाई प्रदत्त अधिकारको दुरुपयोग भएको छ वा छैन अनुसन्धान गर्ने हो, दोषी ठहरिएमा कारबाहीको भागिदार हो भनेर प्रमाणित गर्ने जिम्मा अदालतले गर्छ, हामी सहयोगी हौँ,” उहाँले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि सचेत हुनुपर्छ ।” आवश्यक परेको खण्डमा अख्तियारले स्थलगत अनुगमनसमेत गर्ने अधिकार प्राप्त भएको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति मनाङका प्रमुख यज्ञप्रसाद घलेले सानो जिल्लाको समेत अख्तियारमा उजुरी पर्नु सुखद नभएको बताउनुभयो । घलेले सानो जिल्ला र थोरै जनसङ्ख्या भए पनि विकास निर्माणका कार्यमा उजुरी परेको जानकारी पाएको बताउनुभयो । यसको नियन्त्रणमा जनप्रतिनिधिहरू सचेत भएर भ्रष्टाचारमुक्त मनाङका स्थानीय तह बनाउनतर्फ लाग्नुपर्ने घलेले बताउनुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव शेरजङ्ग कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका कार्यालय प्रमुख पार्वती शर्मा, मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भ्रष्टाचारमुक्त जिल्ला र स्थानीय तह बनाउन जनप्रतिनिधिले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।