• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

अन्तरघातले चुनाव हारियो – ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन् ।

बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको प्रतिक्रिया दिएका हुन् ।

‘अन्य पार्टीका कारण होइन ‍यसपटक एमालेमा अन्तरघात भयो । यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत्‌ रूपमा समीक्षा हुनुपर्छ, चार महानगरमा हामीले उपमेयर जितेपनिमेयर जित्न सकेनौं । अन्तरघातका कारणले यस्तो हुन पुग्यो ।’ ओलीले भने ।