• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान ★   स्वरोजगार महिलालाई उपमहानगरको सम्मान ★   राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा ★   निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ: प्रधानमन्त्री ★   सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए ★   यशराजको आगामी फिल्ममा विशेष लुकमा देखिदै बबी देओल ★   चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई कुलमानको आह्वान ★   बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ: प्रधानमन्त्री ★   लोकमार्ग छेउछाउमा बढ्दै बस्ती ★   राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालबाट राजीनामा

गठबन्धन राष्ट्रिय आवश्यकता : वरिष्ठ नेता पौडेल



गण्डकी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा कांग्रेसका तर्फबाट नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्न आग्रह गर्नुभयो ।

गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन भएको स्पष्ट पार्नुभयो । गठबन्धनका परिणाम सकारात्मक देखिएको जनाउँदै उहाँले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनसम्म नै गठबन्धनलाई अझै बलियो बनाएर लैजाने बताउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई केन्द्रमा राखेर नवनिर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रत्येक नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाललाई जनताले आशा एवं भरोसा गर्ने किसिमको बनाउनुपर्नेमा जोड दिनुभयो । आफ्ना पालिकामा अन्यका लागि पनि उदाहरणीय बन्ने गरी काम गर्न उहाँले नवनिर्वाचितलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, कांग्रेस बागलुङका सभापति जित शेरचनलगायतले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ बहन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा सरकारका पूर्वमुख्य सचिव डा सोमलाल सुवेदी र पूर्व सचिव बाबुराम आचार्यले नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्ना कार्य अनुभवसहित गर्नसकिने कामलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।