• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   ६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ★   नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन: मन्त्री भण्डारी ★   रिसाएकी पत्नीलाई कसरी फकाउने ? ★   हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा ★   कतारका राजालाई स्वागत गर्दै लिङ्देनको प्रतिक्रिया – ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ ★   सरकारले व्यवसायीको हकहतिमा काम गर्नुपर्छ : सांसद डा शर्मा ★   राजस्थान रोयल्ससँगको लज्जास्पद हारपछि के भने हार्दिक पाण्ड्याले ? ★   ‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’ ★   तनहुँका २३ सामुदायिक वनमा आगलागी: सबै नियन्त्रणमा ★   कतारका अमिरको नेपाल भ्रमण: भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

आफ्ना जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न नेकपा एसको सर्कुलर



काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ भित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

सो पार्टीका महासचिव वेदुराम भुसालले ‘निर्वाचन विशेष सर्कुलर’ जारी गर्दै स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भइ विजयी भएकाहरूलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट उम्मेदवार भई स्थानीय तह निर्वाचन, २०७९ मा निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडहरूलाई पार्टीको तर्फबाट हार्दिक बधाईसहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु । तपाइँहरूलाई जनताले ठूलो विश्वास गरेर मत दिएका छन् । जनताको विश्वासप्रति सधै इमान्दार रहनु होला । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहोला । निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै लभुल्नु होला । ऐन तथा कानुनहरूको परिधिमा रहेर इमान्दारीता र कर्तव्य निष्ठाताका साथ जनताको सेवा गर्नुहोला । निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहदै स्वच्छ एवं सादा जीवन शैली र असल आचरणको अवलम्बन गर्नुहोला । सम्बन्धित पार्टी कमिटीका निर्णय र निर्देशनको पालना गर्नुहोला ।’ सर्कुलरमा भनिएको छ ‘जवाफदेहिता र पारदर्शिता जनताको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र हो जसले जनताको सेवामा समर्पित योद्धाहरूलाई उर्जा समेत प्रदान गर्दछ । तसर्थ, हाम्रो पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडहरूले आगामी जेठ १७ गतेभित्र आ-आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुहोला । उक्त कामको अनुगमन गर्न सम्पूर्ण जिल्ला कमिटीहरूलाई निर्देशन गरिन्छ ।’