चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

  

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको गएराति निधन भएको छ । स्वास्थ्यमा अचनाक खराबी देखिपछि आइतबार राति उनलाई उपचारको निम्ती अस्पताल लगिँदै गर्दा उनका निधन भएको पारिवारिक स्रोतल बताएको छ । भट्टराइलाई उपचारका लागि चावहिलस्थित ओम अस्पतालमा राती साढे १० बजे पुर्याइएको थियो ।

तर, अस्पताल नपुग्दै उनको निधन भैसकेको बताईएको छ । उनको निधनको कारण ह्दयघात भएको हुनसक्ने अनुमान गरिएको छ । गतचैतमा मात्रै उनी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए ।

निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक थुप्रै चलचित्र बनाउनुका साथै अभिनय समेत गरेका छन ।