ओडको 'पिएर नशा' मा बर्षा राउत र रन्जित पौडेलको रोमान्टिक मुड (भिडियो)

  

काठमाडौं । नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ । रविले गाएको यो गीतलाई गायक अर्जुन पौडेलले लेखेका हुन् र साथै गीतमा उनकै संगीत पनि रहेको छ ।

केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ‘बबालु’ ले पनि छोटो समयमै चर्चा कमाइरहेको छ। भिडियोमा चर्चित मोडल तथा नायिका बर्षा राउत र हाल नेपाली म्युजिक भिडियोहरुमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मोडल रन्जित पौडेलले अभिनय गरेका छन् ।

यस्तै भिडियो निदेशन चर्चित निर्देशक निकेश खड्का ले गरेका छन् । भिडियोमा बुद्द थापाको छायांकन ,बिकास दाहालको सम्पादन,समरा लामाको मेकअप र सुबोल थापाको कोरियोग्राफीलाई स्पस्ट देख्न सकिन्छ ।

https://youtu.be/puwZNEXH3Mw