काँडेबार नाघेर आएँ

  

म उसले लाइदिएको काँडेबार नाघेर आएँ
तिम्रो फूलबारीमा एउटा गुलाब टाँगेर आएँ ।
सम्झना बर्को न्यानो, शरदका चिसा साँझमा
रहरका रुमाल समयको किलोमा बाँधेर आएँ ।
आफूसँगै हुन्छ आफ्नो, जो छैन, त्यो होइन
बुझिसकेथ्यो मनले, मैले आफै भाँडेर आएँ ।
यति मात्रै होइन पक्कै, दुख्ला अझै माया मेरो
चुहिसकेका आँसु पनि कोसमा थामेर आएँ ।
पत्याइन देवता कुनै, सधैं मन्दिर छेउ लाइ हिँडे
आज त्यही पत्थरसँग तिम्रो खुशी माँगेर आएँ ।