रबि ओड र अस्मिता अधिकारीको 'च्याप्प समाउँदै' गित सार्वजनिक

  

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता रबि ओड तथा सोही कार्यक्रमकी प्रतिष्पर्धी अस्मिता अधिकारीको युगल स्वरमा नयाँ गीत बजारमा रिलिज भएको छ ।

कृष्ण केसीको शव्द तथा हरि लम्सालको संगीत रहेको 'च्याप्प समाउँदै' गित बजारमा आएको हो ।

आकाश श्रेष्ठ तथा वर्षा राउतले गीतको भिडियोमा अभिनय गरेका छन्। निकेश खड्का भिडियोका निर्देशक हुन् । गितले युट्युबमा पनि राम्रै प्रतिक्रिया पाईरहेको छ ।

https://youtu.be/MdLtG5k_zvA