• /
    सोमवार, भदौ ९, २०७६

समाज

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक स्थानीय तहमा एक/एक वटा उद्योग ग्राम स्थापना गरिने बताएका छन् । यहाँ जारी महिला उद्यमी मेलाको आज समापन गर्दै उनले प्रदेश सरकार महिला उद्यमीको मनोबल बढाउन तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न तयार रहेको बताए। कार्यक्रममा मुख्यमन्त्री पौडेलले हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने धारणा राखे । […]


खुकुरी प्रहार गर्ने २ युवा पक्राउ

बुटवल– दाङमा शनिवार एक युवालाई खुकुरी प्रहार गरि घाइते बनाउने २३ बर्षीय २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । घोराही–१५ को भ्याली कलेज नजिकै सोही स्थानका १८ वर्षीय त्रिशक्ति बर्तौलालाई उनीहरुले धारीलो खुकुरी प्रहार गरेका थिए । घाईते बर्तौलालाई थप उपचारका लागि कोहलपुर पठाइएको दाङका प्रहरी प्रवक्ता डिएसपी […]


सरोकार समितिले माग्यो उपकुलपतिको राजनीनामा

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा. सङ्गीता भण्डारीको राजीनामा माग गरेको छ । विभिन्न पेशा, व्यवसायी, अधिकारको क्षेत्रमा काम गरिरहेका व्यक्तिले स्वस्फूर्त रुपमा गठन गरेका अभियानले प्रष्तिठानको वास्तविक अवस्था अध्ययन गरी उपकुलपतिको राजीनामा नै उपयुक्त उपाय भएको ठहर गर्दै राजीनामासमेत मागेको हो । अभियानका […]


पहिरोले सम्पर्क टुट्यो

धादिङ । विकट उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–५ नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र बाटोमा पहिरो आएर थुनिएपछि सम्पर्क विच्छेद भएको छ । केही दिनदेखि निरन्तर परेको पानीले पहाड खसेर गणेश हिमाल खोलामा थुनिएको र खोलो उक्त स्थान पार गर्ने नसकिनेगरी पहिरो झरेकाले गाउँबाट अन्य गाउँसँग सम्पर्क विच्छेद भएको गाउँपालिका– ५ का वडाध्यक्ष धीरज तामाङले […]


फेसबुकमा सीडीओलाई गाली गर्ने युवक पक्राउ

वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सामाजिक सञ्जाललार्फत गाली गलौज गर्ने २५ बर्षका सन्नीकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने गुप्ता कंकाली अटो ट्रेडर्सका सञ्चालक पनि हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई […]


सेती नदीले सातको ज्यान लियो

डोटी । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करीब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी यहाँका स्थानीयवासीको […]


विधुतको बाँधस्थलमा जग्गा कारोवार ह्वातै बढ्यो

जाजरकोट । नलगाड जलविद्युत् कम्पनीको बाँध निर्माण गर्ने बारेकोट गाउँपालिकाको विभिन्न क्षेत्रमा जग्गा किनबेचमा वृद्धि भएको छ । कम्पनीले चालू आर्थिक वर्षमा मुआब्जा वितरण गर्ने भएपछि जग्गा किनबेच बढेको हो । कम्पनीको बाँधस्थल (डुबान क्षेत्र) बारेकोट गाउँपालिका वडा नं १, २, ५, ६, ७, ८ र ९ स्थित जग्गाको बिक्री वितरण बढेको हो । नलगाड […]


चट्याङ लागेर बालिकाको मृत्यु

मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका–१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताउनुभयो । लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीको भनाइ रहेको छ । मृतक बालिकाकी आमा दीला सार्कीको […]


वुम ट्रक दुर्घटना हुँदा १ मजदुरको मृत्यु

म्याग्दी । निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको आउटलेटमा माटो बोक्ने बा २ क १६३० नम्बरको वुम ट्रक दुर्घटना हुँदा १ मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका, ६ घारको अमिला काफलस्थित आउटलेटमा शुक्रबार बिहान ७ बजे मजदुर लिएर सुरुङ पस्ने क्रममा मुखबाट तल खस्दा रुकुमका ४१ वर्षीय टेकमान कामीको मृत्यु भएको र अन्य […]


खोलाले बगाएर २ जनाको मृत्यु

बुटवल । स्याङ्गजामा माछा मार्ने क्रममा खोलाले बगाएर २ जनाको मृत्यु भएको छ । जिल्लाको फेदिखोला गाउँपालिका –२, कुखरेखोलाका ६२ वर्षीय पूर्णबहादुर खड्का र पुतलीबजार नगरपालिका–१०, राङखोलाका ४२ वर्षीय मानबहादुर थापाको कुखरेखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर ज्यान गएको हो । खड्काको जाल हान्ने क्रममा र थापाको माछा मारेर खोला तर्ने क्रममा बगेर ज्यान गएको […]




भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394