• /
    मङ्लबार, अशोज २८, २०७६

राजनीति

सीको भ्रमण ऐतिहासिक र फलदायी : मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक र फलदायी भएको बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘चिनियाँ राष्ट्रपति सीको भ्रमण, उपलब्धि र कार्यान्वयनका चुनौती’ विषयक अन्तरक्रियामा उहाँले सीको भ्रमणले मुलुकको विकास सम्भावनाको ढोकासमेत खुलेको बताउनुभयो । “सीको नेपाल भ्रमणले नेपालका लागि बहुआयामिक उपलब्धि […]


जनता देश समृद्ध भएको हेर्न चाहन्छन् : नेता रावल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम स्थायी कमिटी सदस्य भीमबहादुर रावलले नेपाली जनताले देश समृद्ध भएको हेर्न चाहेको बताउनुभएको छ । नेकपा सुदूरपश्चिम प्रदेशद्वारा आज धनगढीमा विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उहाँले देश समृद्विको दिशातर्फ अगाडि बढेको बताउनुभयो । नेता रावलले नेपाल बहुधार्मिक, बहुभाषिक […]


चीनका राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गरेको जनाएको छ । विभागले आज गरेको समीक्षामा राष्ट्रपति सीको भ्रमण फलदायी भएको र यसले दीर्घकालीन महत्व राख्ने तथा नेपालको विकासमा कोशेढुङ्गा सावित हुने निष्कर्ष निकालिएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । विभागका […]


भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताउनुभएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सभ्यता, ज्ञान, खोज […]


सत्तारुढ नेकपाको चियापन बुधबार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार (असोज २९ गते) शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र […]


महरालाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । महरालाई अनुसन्धानका लागि पहिलोपटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको हो । प्रहरीले पक्राउ गरेसँगै उच्च रक्तचाप र तनावका कारण नर्भिक अस्पतालमा भर्ना भएका उनलाई त्यहाँबाट सिधै काठमाडौं जिल्ला अदालत लगिएको हो । संसद सचिवालयकी कर्मचारी रोशनी […]


निलम्बित सांसद आलमलाई सात दिनको म्याद थप

काठमाडौं । अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गते सम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो । २०६४ सालको संबिधान सभाको […]


उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप !

काठमाडौं । विसं २०७० को संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली काङ्ग्रेसले विसं २०७४ को चुनावमा भने सबै क्षेत्र गुमायो । काङ्ग्रेस पराजयको प्रमुख कारण थियो, वाम गठबन्धन । तत्कालीन नेकपा (एमाले), माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावमा होमिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एकलौटी जित हासिल पनि भयो । […]


राष्ट्रपति भण्डारी बुधबार म्यान्मार जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी बुधबार म्यान्मारको भ्रमणमा जाने भएकी छिन्। म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी असोज ३० गते (बुधबार) म्यानमार जाने मिति तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दुईदेशीय सम्बन्धबारे समकक्षी ऊसँग वार्ता हुनेछ । सो क्रममा राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर आंग सान सु कीसँग […]


वर्तमान व्यवस्था सबैको साझा हो : उपसभापति गच्छदार

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी हो भन्नुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै जनताको बलिदानबाट आएको यो व्यवस्थाबाट प्राप्त संविधानलाई संस्थागत गर्न सबैको बराबरी दायित्व छ भन्नुभयो । उहाँले सत्तापक्षले प्रतिपक्षसँग हातेमालो गरेर काम गर्नुपर्ने सुझाव दिँदै काङ्ग्रेसले आयोजना […]






भर्खरै view all

खोला तर्ने क्रममा डुबेर दुई जना बेपत्ता

सीको भ्रमण ऐतिहासिक र फलदायी : मन्त्री बाँस्कोटा

जनता देश समृद्ध भएको हेर्न चाहन्छन् : नेता रावल

नेपाल प्रहरीमा साढे तीन हजार दरबन्दी थप

महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394