• /
    बिहिबार, कार्तिक ७, २०७६

समाचार

मिलाइदिन्छु भन्दै पैसा लिने प्रहरी परे फन्दामा

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा कार्यालय समयमै रहेको बेला भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीबाट रु पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरी पक्राउ परेका छन् । यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुधबार भारतबाट सामान ढुवानी गरिरहेका सेवाग्राहीबाट भन्सार मिलाइदिन्छु भनी रकम लिएको अख्तियारको दा’बी छ । […]


न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष नेपाल संवत् ११४० को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा आयोजना गरिने शुभकामना सभामा सहभागी हुने वचन दिनुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा उहाँले उक्त वचन दिनुभएको हो । प्रधानमन्त्री ओलीले आफू नेपाल संवत्को र्याली तथा सभामा […]


राष्ट्रपति भण्डारी चीनको ग्वाङ्झाउमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्किने क्रममा चीनको ग्वाङ्झाउमा आइपुग्नु भएको छ । उहाँलाई ग्वाङ्झाउ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, त्यहाँँस्थित नेपाली कार्यबाहक महावाणिज्यदूत कुञ्जन शाह तथा दूतावासका कर्मचारीले स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, […]


सिंहदरबारबाटै गरे प्रधानमन्त्री ओलीले ठूला आयोजनाको अनुगमन

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला आयोजनाहरूको अनुगमन गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार दिउँसो ठूला आयोजनाहरूको अनुगमन गरेका हुन् । विभागीय मन्त्रीहरूलाई साथै राखेर प्रधानमन्त्री ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन, रानीजमरा र सिक्टा सिँचाइलगायत राष्ट्रिय गौरबका आयोजनाको अनुगमन गरेका हुन्। एक्सन […]


६३ जना स्वास्थ्यकर्मीको दरबन्दीमा करार चिकित्सक

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ । अस्पतालमा अहिले दरबन्दीका चिकित्सकको सङ्ख्या शून्य छ । दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक समायोजनमा अन्यत्र सरुवा भएपछि करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपरेको हो । अस्पताल सञ्चालनका लागि अहिले तीन जना चिकित्सक करारका छन् । “चिकित्सक समायोजनका […]


कतारमा लाखौँ आप्रवासी कामदार लाभान्वित हुने

काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा गरेसँगै लाखौँको सङ्ख्यामा रहेका आप्रवासी कामदार लाभान्वित हुने भएका छन् । लामो समयदेखि आप्रवासी कामदारका क्षेत्रमा क्रियाशील सङ्घसङ्गठनले आवाज उठाउँदै आएका विषयलाई सम्बोधन गर्ने गरी कतार सरकारले श्रम कानूनमा व्यापाक सुधार गर्ने घोषणा गरेको छ । कफला प्रणालीको अन्त्य गर्ने […]


पशुपतिमा शव जलाउनेलाई एउटा शवको एक हजार पाँच सय

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सेवासुविधा वृद्धि गरेपछि आर्यघाटमा शवदाह गर्ने कामदारहरूले आन्दोलन फिर्ता लिएका छन्। बुधबार बिहानदेखी सेवा, सुविधा वृद्धिको माग राख्दै कामदारले शव जलाउन, दाउरा ओसार्न र खाल्डो खन्ने काम ठप्प पारेका थिए। आन्दोलनरत कामदार र कोषबीच भएको वार्तामा सेवा सुविधा वृद्धि गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको हो। ‘एउटा शव जलाएबापत […]


“अपराधीलाई कुनै क्षमा हुदैँन, कसैले उन्मुक्ति पाउदैन”

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बताउनुभएको छ । उहाँले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । “मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुव्र्यवहार गर्ने, गाउँले र महिलामाथि […]


एक आमाको दर्दानाक पिडा, जन्म दिएको छोराले नै…

चितवन । सर्लाही लालबन्दीकी एकल महिला ६५ वर्षीया दिलमाया मगर उपचारको आशमा छोरासँगै काठमाडौँ आउनुभयो । निको भएर हँसीखुशी फर्कने उहाँको धोको थियो । ढाडमा नशा च्यापिएकाले उपचारमा झण्डै रु एक लाख लाग्यो । निको नहुँदै खर्च धेरै भएको निहुँमा छोरा बुहारीले हेलाँ गर्न थाले । उनीहरु काठमाडौँको एक स्वीटर कारखानामा काम गर्थे । जन्म […]


“नारायणी नदीमा पानीजहाज चलाउने”

भरतपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताउनुभयो । मन्त्री पुनले सो कामका लागि चालु आर्थिक वर्षमा रु २८ करोड बजेट छुट्टा्याइएको बताउनुभयो […]






भर्खरै view all

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी

आजको राशिफल: कात्तिक ७ गत्ते कस्तो रहेको छ तपाईको दिन जान्नुहोस् !

मिलाइदिन्छु भन्दै पैसा लिने प्रहरी परे फन्दामा

श्रीमानले सम्बन्ध विच्छेदको प्रस्ताव राख्दा लि’ङ्ग चट्




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394