• /
    बिहिबार, फाल्गुन ८, २०७६

चीन / भारत

कोरोना भाइरसबाट अस्पताल निर्देशकको मृत्यु

काठमाण्डौ । चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गएको छ । मङ्गलबार वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको निधन भएको हो । वुचाङ्ग अस्पताल कोरोना भाइरस सङ्क्रमितहरुको उपचार गर्न रेफर गरिने वुहान राज्यको प्रतिष्ठित अस्पताल हो । यसअघि चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुन सक्ने भन्दै […]


केजरीवालले तेस्रो पटक दिल्लीको सत्ता सम्हाले

काठमाडौं । आमआदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले दिल्लीको सत्ता समालेका छन् । आइतबार दिल्लीको रामिला मैदानमा केजरीवालले तेस्रो पटक मुख्यमन्त्रीको सपथ ग्रहण गरेका हुन्। गत शनिबार आमआदमी पार्टीले विधानसभाको चुनावमा ७० मध्ये ६२ सिट आफ्नो नाममा गरेको थियो। सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)ले आठ सिट मात्रै जितेको छ। अरविन्द केजरीवाललाई दिल्लीका उपराज्यपाल अनिल बैजलले पद र […]


नागरिकता कानुनको विरोध कार्यक्रमअघि कन्हैयाकुमार पक्राउ

काठमाडौं । भारतका युवा नेता कन्हैया कुमार पक्राउ परेका छन्। नागरिकता संशोधन कानुनविरूद्धको एक महिने र्याली सुरू गर्न लाग्दा कन्हैयालाई प्रहरीले पक्राउ गरेको हो। भारतको कम्युनिष्ट पार्टी मार्क्सिस्ट (सिपिएम)का नेता तथा जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वविद्यार्थी नेतासमेत रहेका कन्हैयाकुमारलाई बिहीबार बिहान बिहारको पश्चिम चम्पारणस्थित महात्मा गान्धी आश्रमबाट पक्राउ गरेको हो। कार्यक्रम सुरू हुन केही समयअघि नै […]


जम्मु–कश्मीर मुठभेडमा गोरखाका अर्जुन थापा मगरको मृत्यु

भारतको जम्मु–कश्मीरमा भारत र पाकिस्तानका सैनिकबीच भिड्न्त हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । बुधबार भारत र पाकिस्तानका सैनिकबीचको मुठभेडमा नेपालका अर्जुन थापा मगरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ वर्षकै पहिलो दिन जम्मु–कश्मीरको नौशहरा क्षेत्रमा सर्च अपरेशनका क्रममा भिड्न्त हुँदा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरसहित दुई सैनिकको […]


मोदीको सूर्य ग्रहण हेर्ने ईच्छा अधुरै, विशेष चस्मा लगाउँदा पनि देख्नै पाएनन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजको सूर्य ग्रहण बादलका कारण हेर्न नपाएको उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले सुर्य ग्रहण हेर्नकोे निम्ती विशेष चस्मा प्रयोग गरेका थिए तर पनि बादलको कारण आफ्नो प्रयास सफल हुन नसकेको को भनाइ छ । प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित आफ्नो सरकारी आवासको बगैंचामा गएर सुर्य ग्रहण हेर्न प्रयत्न गरेका थिए । […]


भारतका पाकिस्तानी हिन्दु शरणार्थीहरु खुशी

नयाँ दिल्ली । भारतमा रहेका पाकिस्तानी हिन्दु शरणार्थीहरुले भारतमा बनेको नागरिकता सम्वन्धी नयाँ कानुनप्रति खुसी व्यक्त गरेका छन् । विषेश गरेर भारतको जोधपुरमा रहेका पाकिस्तानी हिन्दु शरणार्थीहरुले सो कानुन पारित भएकोमा आफुहरुलाई खुशी लागेको बताएका हुन् । “नागरिकता सम्वन्धी नयाँ कानुन पारित भएकोमा हामी खुशी छौँ, यहाँ करिब ८० प्रतिशतसम्म आप्रवासीहरु रहेका छन्, ती सवै […]


सरकार अधिनायकवादतर्फ उन्मुख हुँदै

काठमाडौं । संसारकै ठूलो लोकतन्त्र भनिने भारत नरेन्द्र मोदीको नेतृत्वमा अधिनायकवादतर्फ उन्मुख हुँदैछ भन्ने त्यहाँका पछिल्ला घटनाक्रमले देखाउँछ। नागरिकता कानुनको विरोधमा भइरहेको देशव्यापी प्रदर्शन दबाउन सरकार ती सबै हतकन्डा अपनाउँदैछ, जुन अधिनायकवादी शासनले प्रयोग गर्दै आएका छन्। यसको पछिल्लो उदाहरण हो, इन्टरनेट बन्द। जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडपछि चर्किंदो प्रदर्शन रोक्न राजधानी नयाँदिल्लीकै […]


सरकारविरूद्ध सत्तारुढ सांसद नै बसे धर्नामा

काठमाडौं । उत्तर प्रदेशको विधानसभामा भारतीय जनता पार्टी(भाजपा)का विधायक आफ्नै सरकारकोविरूद्ध धर्ना बसेका छन्। मंगलबारको विधान सभा बैठकमा भाजपा विधायक नन्दकिशोर गुर्जरले आफूमाथि प्रहरीले गरेको अत्याचारबारे बोल्न खोजेका थिए। तर सभामुखले त्यस विषयमा बोल्न नपाइने भन्दै माइक काटिदिए। त्यसपछि भाजपाका विधायक एक जुट भई धर्नामा बसेका थिए। पछि त्यस धर्नामा विपक्षी दलका विधायक पनि सामेल […]


नागरिकता कानुनविरूद्ध कन्हैयाले घन्काए ‘आजादी’ नारा

नयाँ दिल्ली । भारतमा नागरिक कानुनविरुद्ध चर्किएको आन्दोलन क्रममा भारतीय कम्युनिस्ट पार्टीका नेता कन्हैया कुमारले आफ्नो बहुचर्चित ‘हम लेके रहेंगे आजादी’ भन्ने नारा घन्काउँदै दसौं हजारको प्रदर्शन गरेका छन्। नयाँदिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडपछि कन्हैया कुमारले उक्त प्रदर्शन गरेका हुन्। कन्हैया दिल्लीकै जवाहरलाल नेहरू विश्वविद्यालयको विद्यार्थी संगठनका पूर्वअध्यक्ष हुन्। उनले त्यही विश्वविद्यालयबाट […]


झारखण्डको पन्ध निर्वाचन क्षेत्रमा आज निर्वाचन

भारत । भारतको झारखण्ड प्रान्तमा आज सोमबार चौथो चरणको निर्वाचन भएको छ । कुल १५ सांसद पदका लागि भएको निर्वाचनमा बिहानैदेखि मतदान भइरहेको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् । निर्वाचन आयोगकाअनुसार झारखण्ड प्रान्त अन्तर्गत पर्ने देओघार, गिरीडीघ, बोकारो र धनवाद जिल्लामा मतदान भइरहेको छ । ती जिल्लाका मधुपुर, देओघार, बागोडार, जमुना, गाण्डेय, गिरिडिह, डुम्री, बोकारो, […]






भर्खरै view all

७० करोड लेनदेनबारे जानकारी र संलग्नता छैन : स्वीस दूतावास

धर्म-सन्तानका नाममा अमेरिका र युरोपमा नेपाली बालबालिका तस्करी

कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पयर्टक ८० प्रतिशतले घटे

कोटेश्वर प्रहरीको पहलमा मनोहरा तरकारी बजारमा प्रहरी बीट स्थापना

सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव हुन्छ : रक्षामन्त्री पोखरेल




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394