• /
    सोमवार, भदौ ९, २०७६

विज्ञान-प्रविधि

हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्ध ९० दिनका लागि स्थगित

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्ध ९० दिनका लागि स्थगित भएको छ । अमेरिकाका वाणिज्य सचिवले सोमबार यस्तो घोषणा गरेका हुन् । वाणिज्य सचिव विल्बर रोसका अनुसार हुवावेमाथिको प्रतिबन्ध आगामी नोभेम्बर १९ सम्मका लागि स्थगित गरिएको हो । फक्स बिजनेस नेटवर्कसँग सचिव रोसले भनेका छन्, ‘अमेरिकी दूरसञ्चार कम्पनीहरुका लागि एकपटक पुनः ९० […]


अमेरिकी अन्यायपूर्ण प्रतिबन्धप्रति हुवावेको आपत्ति

बेइजिङ । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई अमेरिकी सेवा र वस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध अरु तीन महिना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले अन्यायपूर्ण कदम भन्दै आपत्ति जनाएको छ । चीनका लागि गुप्तचरी गरेको भन्दै हुवावेलाई प्रविधि र अन्य सामान बिक्री गर्न अमेरिकी कम्पनीमाथि रोक लगाइएको छ । अमेरिकी बाणिज्य विभागले अमेरिकी कम्पनीमाथि […]


अमेरिकाको वाईओमिङ राज्यमा भीमकाय डाइनोसरका जीवावशेषहरू फेला

काठमाडौं । अमेरिकाको वाईओमिङ राज्यमा प्राचीन कालमा लोप भएका भीमकाय डाइनोसरका जीवावशेषहरू फेला परेका छन्।नाम नखुलाइएको एउटा स्थानमा एक दर्जनभन्दा बढी डाइनोसरका हड्डीहरू एकै ठाउँमा भेटिएका हुन्। जीवावशेष चोरी नहोस् भनेर वैज्ञानिकहरूले सो स्थानलाई गोप्य राखेका छन्।वैज्ञानिकहरू सो स्थानमा सयवटा डाइनोसरका अवशेष भएको हुन सक्ने बताउँछन्। वैज्ञानिकहरूले उक्त डाइनोसर सोरपड रहेको बताएका छन् । सोरपड […]


फेसबुकले सञ्चार गृहसँग समाचार किन्ने

काठमाडौं । फेसबुकले विश्वका नाम चलेका सञ्चार गृहसँग समाचार किन्ने भएको छ । वालस्ट्रिट जर्नलले सार्वजनिक गरेको तथ्यअनुसार फेफेसबुकले आफ्नो एपमा समाचारका लागि छुट्टै खण्ड राख्ने योजना बनाएको छ । यसका लागि सञ्चार गृहहरूसँग वार्षिक ३० लाख अमेरिकी डलरसम्मको सम्झौता गर्ने भएको छ। यस्तो सम्झौताले फेसबुकलाई आफ्नो प्लेटफर्ममा राख्ने समाचारका लागि कपिराइट दिनेछ । समाचार गृहले फेसबुकलाई […]


हुवावेले गुगल म्याप्सलाई टक्कर दिन ‘म्याप किट’ ल्याउँदै

काठमाडौं । चिनियाँ कम्पनी हुवावेले गत हप्ता आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम सार्वजनिक गरी प्रविधि क्षेत्रमा हलचल पैदा गरेको थियो । हुवावेले आफ्नो हार्मोनी अपरेटिङ सिस्टम सुरुवातमा चीनमा लञ्च गर्ने भएपछि बिज्ञानको क्षेत्रमा तहल्का मच्चाएको हो । हुवावेको यस अपरेटिङ सिस्टमले गुगलको एन्ड्रोइडलाई टक्कर दिने अनुमान गरिएको छ । यदि परिस्थितिवस् आवश्यक ठानिएमा कम्पनी आफ्नै अपरेटिङ […]


म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध

काठमाडौं । अमेरिकाले एप्पलको म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध लगाएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले सन् २०१५ देखि २०१७ को बीचमा बनेका १५ इन्चको म्याकबुक प्रो ल्यापटप यात्रुलाई हवाइजहाजभित्र लैजान बन्देज लगाएको हो । ब्याट्रीमा समस्या देखिएको भन्दै एप्पलले ती ल्यापटपलाई फिर्ता लिएको बताएको थियो । उक्त ल्यापटपको ब्याट्रीमा समस्याका कारण […]


फेसबुकको मूख्य एपमा अब डार्क मोड फिचर

फेसबुकले यो वर्षको सुरुवातमै आफ्नो मेसेन्जर एपमा डार्क मोड फिचर ल्याएको थियो । अब फेसबुकले आफ्नो मूख्य एपमा पनि यो फिचर ल्याउँदैछ । शोधकर्ता जेन मान्चुन वोंगले फेसबुकले मोबाइल एपमा यस्तो फिचर थप गर्न लागेको आफ्नो ब्लगमा उल्लेख गरेकी छिन् ।उनले यस विषयमा ट्वीट समेत गर्दै यो फिचरको स्क्रिनशट पनि शेयर गरेकी छिन् । उक्त […]


सामाजिक एप ‘सगुन लाइट’ संचालनमा

काठमाडौं । सगुनले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर आफ्नो परिचय नखुलाई प्रयोग गर्न मिल्ने सामाजिक एप ‘सगुन लाइट’ संचालनमा ल्याएको छ। सगुन लाइटले नेपालका लागि छुटै विषयहरु छनोट गरेको छ। जसमा नेपालको लागी दैनिक जनजीवन, नेपालका लोकप्रिय, नेपाली राजनीति, हिन्दू तथा बौद्ध धर्म, ठट्यौलीरचुट्किला, स्वास्थ्य तथा तन्दुरुस्ती, खेलकूद जस्ता विभिन्न रुचिका विषयहरू समावेश गरिएको हो। सगुन […]


२००६ क्यूक्यू-२३ को ठोक्काईबाट पृथ्वी बाँच्यो

काठमाडौं । सय तलाको भवनभन्दा ठूलो एउटा आकशीय पिण्ड पृथ्वीमा झर्ने भन्ने वैज्ञानिकहरुको अनुमान गलत साबित भएको छ । यो पिण्ड पृथ्वीमा खस्ने सक्ने भन्दै वैज्ञानिकहरु चिन्तित थिए । १० हजार ४ सय माइल प्रति घण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट गएको हो। यो पीण्ड आइफल टावरभन्दा ठूलो थियो । पृथ्वीदेखि […]


हुवावेले विकास गरेको अपरेटिङ सिस्टम प्रयोग भएको पहिलो डिभाइस सार्वजनिक

काठमाडौं । चिनियाँ टेक जायन्ट हुवावेले विकास गरेको अपरेटिङ सिस्टम प्रयोग भएको पहिलो डिभाइस सार्वजनिक भएको छ। हुवावेकै मातहतकै अनरले स्मार्ट स्क्रिन डिभाइस सार्वजनिक गरेको हो। हुवावे डेभलपर सम्मेलनमा सार्वजनिक गरिएको डिभाईमा हार्मोनी अपरेटिङ सिस्टम प्रयोग भएको छ। यो सिस्टम प्रयोग गर्ने संसारकै पहिलो डिभाइस पनि हो। अनर स्मार्ट स्क्रिन दुई भेरियन्टमा आएको छ। २ […]




भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394