• /
    सोमवार, चैत्र २४, २०७६

पत्रपत्रिकाबाट

अस्ट्रेलिया गएका हजारौ नेपाली विद्यार्थी समस्यामा

काठमाडौं । अध्ययनका लागि अस्ट्रेलिया गएको एक वर्ष नपुगेका करिब आठ हजार नेपाली विद्यार्थी समस्यामा पर्ने देखिएका छन् । कोरोना भाइरसको महामारी चलिरहेका वेला यस्ता विद्यार्थीलाई अस्ट्रेलियन सरकारले कुनै राहत नदिने बताएको छ । एक वर्षभन्दा बढी भएका विद्यार्थीका लागि भने प्याकेजको घोषणा गरिसकेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्ना नागरिकलाई बढी प्राथमिकता दिनुपर्ने भएकाले एक वर्ष […]


कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ। चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा लिन अनिच्छुक र तुलनात्मक रुपमा हात […]


रिचार्ज बराबरकै रकम बोनस प्राप्त भएपछि रिचार्ज गर्नेको संख्यामा कमी

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायकले रिचार्जमा शतप्रतिशत बोनस उपलब्ध गराउन थालेपछि रिचार्ज गर्ने प्रवृत्ति घटेको छ । एकपटकको रिचार्जमा सोही रकम बराबरकै बोनस प्राप्त हुने भएकाले उक्त बोनस र मूल ब्यालेन्स नसकिँदासम्म प्रयोगकर्ताले थप रिचार्ज नगरेको सेवा प्रदायकले जनाएका छन् । यसले निरन्तर आम्दानीमा असर थपिएको सेवा प्रदायकको दाबी छ । सेवा प्रदायकका अनुसार शतप्रतिशत […]


यसरी फुत्कायो ओम्नीले ठेक्का

काठमाडौं । ‘दलका नेता र कर्मचारीलाई साइजमा राख्यो भने कुनै पनि काम गर्न गाह्रो छैन। उनीहरूलाई साइजमा राख्न जान्नुपर्छ।’ यस्तै अभिव्यक्ति दिन्थे, तुलबहादुर सिंह (हरि) । कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउँदा उनै सिंह चरम विवादमा परे। सिंह अध्यक्ष रहेको ओम्नी समूहले करोडौं हिनामिना गरी महँगोमा चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको […]


भारतबाट फर्केकामा धमाधम कोराना संक्रमण देखिन थाल्यो

काठमाडौं । सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका­–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना देखा परेको हो। कञ्चनपुरको बेदकोटका ४१ वर्षीया युवा भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाबाट कञ्चनपुरको ब्रम्हदेव हुँदै लुकेर नेपाल छिरेका हुन्। […]


लकडाउनमा पशुपक्षी भोकभोकै

काठमाडौं । लकडाउनमा यतिबेला अधिकांश मानिस आफ्नो परिवारका साथ घरभित्रै छन् । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न घर बस्दा विभिन्न परिकार बनाउने, खाने अनि रमाउने गरेको देखिन्छ । मानिस घरभित्र बसेपछि मानिसका सबै क्रियाकलाप घरमै सीमित बनेका छन् । बाहिर वातावरणमा हुने गतिविधि ठप्प छ । मठ मन्दिरमा पूजा बन्द छ । बजार, पसल, होटल […]


नेकपाभित्र तीव्र असन्तुष्टि, सचिवालय बैठक डाक्न माग

काठमाडौं । कोरोना भाइरस पहिचान, रोकथाम र उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिद विषयलाई लिएर सत्तारुढ नेकपाभित्र तीव्र असन्तुष्टि उत्पन्न भएको छ। पार्टीका नेताहरुले मन्त्रालय तहबाट स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततता प्रकरणपछि यो जिम्मेवारी सेनालाई दिइएको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्। नेकपा सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै […]


‘मिडिया कब्जा पूर्वप्रतिबन्धको अभ्यास’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीले काठमाडौं प्रेसको अनलाइन साइट कब्जा लिएर समाचार हटाएको विषयलाई कानुन व्यवसायीले संविधानद्वारा सुनिश्चित प्रेस स्वतन्त्रतामाथि पूर्वप्रतिबन्धको अभ्यासका रुपमा हेरेका छन्। ‘यस्तो कार्य प्रेस स्वतन्त्रत्रामाथिको पूर्वप्रतिबन्धको एउटा अभ्यास हो,’ सत्तारुढ नेकपा निकट प्रगतिशील कानुन व्यवसायी मञ्चका अध्यक्षसमेत रहेका अधिवक्ता रुद्र नेपालले भने। सरकारले त गर्न नसक्ने […]


एम्बुलेन्स चालक भागेपछि यी कार्यालय प्रमुखले आफ्नै गाडीमा राखेर कोरोना संक्रमितलाई अस्पताल लगे

काठमाडौं । गत ४ चैतमा बेल्जियबाट आएकी बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएपछि बिहीबार बेलुका अस्पताल भर्ना गरिएको छ । कोरोनाको लक्षण नदेखिएको भन्दै उनी घरमै बस्दै आएकी थिइन् । संक्रमण भएको रिपोर्ट पोजेटिभ आएपछि उनलाई विहीबार राति धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । तर, अस्पताल लैजान त्यति सहज भने भएन । उनलाई […]


निकटबाटै चिढिए ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) रोकथाम एवं उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिद ठेक्का विषयलाई लिएर आफू नजिकका नेताहरूसँग चिढिएका छन्। विपद्का बेला सरकारले गरेका काम केही निकट मन्त्री र आफ्नो सचिवालयका सदस्यलाई जोडेर विवादमा आएपछि ओली रिसाएका हुन्। मन्त्रिपरिषद्को आइतबारको बैठकमा ओलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग चीनबाट स्वास्थ्य सामग्री खरिद प्रक्रिया […]






भर्खरै view all

लकडाउन एक हप्ता थप्नुपर्ने उच्चस्तरीय समितिको माग

सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने

पश्चिम नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ

नियन्त्रण गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सशस्त्रको टोली नै सेल्फ क्वारेन्टाइनमा

अमेरिकामा चार नेपालीको मृत्यु




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
NP Rimal Nirmal

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394