• /
    सोमवार, चैत्र २४, २०७६

नोबेल बिजेता वैज्ञानिकको दावी-‘कोरोना भाइरस अब केही दिनमात्र’

काठमाण्डौ । विश्वभरी कोरोनाको माहामारी फैलिरहेका वेला नोबेल बिजेता वैज्ञानिकले चाँडै राहात प्रदान गर्ने दाबी पेश गरेका छन्। वैज्ञानिकका स्टायनफोर्ड बायोलिजिस्ट माइकल लेबिटका अनुसार कोरोना भाइरस अब केही दिनको पाहुना मात्रै हो ।

विश्वभर फैलिएको कोरोनाभाइरसको प्रभाव अब खत्तम हुुने मोडमा पुुगेको छ । अब आउनेवाला दिनमा माहौल सुधारिँदै जाने छ । नोबेल पुुरस्कारबाट सम्मानित वैज्ञानिक लेबिटले दाबी गरेका छन् कि अब कोरोनाबाट विश्वले छुटकारा पाउने बेला आएको छ ।

माइकल तिनै वैज्ञानिक हुन् जसले चीनमा कोरोनाबाट हुने क्षति र अवस्थाको सटिक भविष्यवाणी गरेका थिए ।

माइकलले सन् २०१३ मा नोबेल पुुरस्कार जितेका थिए । लस एन्जल्स टाइम्स्लाई दिएको एक अन्तर्वार्तामा उनले कोरोनाबाट विश्व जगत जति त्रसित भएको छ, वास्तवमा अवस्था त्यति भयावह नभएको बताएका छन् ।

उनको यो अभिव्यक्तिले विश्वभरका मानिसलाई केही राहात दिएको छ ।

माइकलले एक ब्लगमार्फत चीनमा कोरोनाको मृत्युदर घटिरहेकाले यो छिट्टै नियन्त्रणमा आउने बताएका थिए ।

माइकलले गरेका अनुमान सही साबित भयो र चीनमा मार्चको पहिलो सातादेखि कोरोनाबाट भइरहेको मृत्युमा उल्लेख्य कमी आयो ।

अहिले चीनको अर्थतन्त्र पनि पहिलेको बाटोतर्फ अग्रसर भइरहेको छ। कोरोनाको संक्रमणबाट सबैभन्दा प्रभावित चीनको हुवेई प्रान्त पनि लामो लकडाउनपछि खुुल्ने क्रममा छ ।

माइकलले चीनमा कोरोनाबाट हुुने मृत्युुको पनि भविष्यवाणी गरेका थिए । उनले चीनमा कोरोनाबाट ३२५० जनाको मृत्युु हुुने भविष्यवाणी गरेका थिए भने ८० हजार संक्रमित हुुने विश्लेषण गरेका थिए ।

कोरोनाभाइरस विश्वबाट चाँडै नै हराए पनि यसले अर्थतन्त्रमा पारेको प्रभाव भने दिर्घकालसम्म देखिने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

नियन्त्रण गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सशस्त्रको टोली नै सेल्फ क्वारेन्टाइनमा

कञ्चनपुर । कञ्चनपुरका ४१ वर्षीय एक नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले थप सावधानी अपनाएको…

विश्वभर कोरोना संक्रमणबाट ६४ हजारको मृत्यु, संक्रमितको संख्या १२ लाख नाघ्यो

जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको…

कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा…

सयुक्त राष्टसंघले भन्यो- कोरोना भाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती

काठमाडौँ । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या बढीरहेका बेला संयुक्त राष्टसंघले भने यसलाई दोस्रो…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

लकडाउन एक हप्ता थप्नुपर्ने उच्चस्तरीय समितिको माग

सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने

पश्चिम नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ

नियन्त्रण गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सशस्त्रको टोली नै सेल्फ क्वारेन्टाइनमा

अमेरिकामा चार नेपालीको मृत्यु




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
NP Rimal Nirmal

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394