• /
    सोमवार, चैत्र २४, २०७६

कोरोनासँग आत्तिनू पर्दैन, ज्ञानगुनका किताब पढ्नूहोस् : मन्त्री मानन्धर

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आवश्यक सबै प्रवन्ध मिलाएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । नागरिकको जिवन रक्षाका लागि सरकारले अथक मेहनत गरिरहेको बताउँदै मन्त्री मानन्धरले लकडाउनको पुर्ण पालना गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका हुन्।

मन्त्री मानन्धरले सामान्य हेलचक्राईंले विपद् आउनसक्ने भन्दै सतर्क रहनु नै उत्तम उपाय भएको भन्दै सहरी क्षेत्रका बासीन्दालाई विश्ष सतर्कता अपनाउन आग्रह गरेका छन् । मानन्धरले काठमाडौं उपत्यकामा क्वारेन्टाइनका लागि तयारी गरिएका स्थलहरुको अभाव हुने अवस्था आए तत्काल नयाँ क्वारेन्टाइन स्थल निर्माणका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको पनि बताए ।

काठमाडौंमा खुला स्थानका रुपमा चक्रपथ सहित फराकिला सडकका किनारामा अस्थायी शौचालयसहितको अस्थायी क्वारेन्टाइन बनाउन सकिने मन्त्री मानन्धरको तर्क छ । मन्त्री मानन्धरले काठमाडौं महानगरले किटनाशक औषधि छर्कने काम थालेको बताउँदै भित्री सहरमा पनि उक्त व्यवस्था मिलाईने बताए ।

समय अभावका कारण अध्ययन गर्न नपाएकाहरुलाई मन्त्री मानन्धरले धार्मीक ग्रन्थहरु र ज्ञानवर्दक पुस्तक अध्ययन गर्न आग्रह समेत गरेका छन् । बेद,पुराण, रामायण, महाभारत लगायतका हिन्दु ग्रन्थहरुमा व्याख्या गरिएका विषय वर्तमान अवस्थामा जीवनोपयोगि देखिएको भन्दै मन्त्री मानन्धरले घरमा बसेका नेपाली युवालाई ति पुस्तक अध्ययन गर्न सुझाव समेत दिएका छन् ।

उनले त्रिपिटक, कुरान, बाइबल लगायत विभिन्न धर्मका ग्रन्थहरुको समेत अध्ययन गर्न सुझाव दिएका छन् । मन्त्री मानन्धरले बालबालिकालाई योग, ध्यान र संस्कारका बारेमा व्यावहारीक ज्ञान दिलाउने अवसरका रुपमा लिन पनि अभिभावकलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

लकडाउनका बेला भोकै रहेका परिवारलाई कोठा कोठमा खाद्यान्न पुर्याउदै मन्त्री मानन्धर

काठमाण्डौ । लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन हामी साथमा छौं भन्ने घोषणालाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कार्यान्वयनमा…

आफ्नै गाडी पठाएर मन्त्री मानन्धरले गरे अलपत्र बिरामीको उद्दार

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सवारी साधनको अभावमा अलपत्र परेका एक बिरामीलाई आफ्नै गाडी पठाएर उद्दार गरेका छन्…

आजैदेखि घर घरमा गएर फोहर उठाउन सरकारको निर्देशन, बाहिर फाल्नेलाई कारबाही

काठमाडौं । सरकारले तत्काल नागरिकको घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ । शनिबार सहरी…

अवस्था बुझ्न राज्यमन्त्री मानन्धर सडकमा

काठमाडौं । कोरोना भाइरसबाट बच्न जारी गरिएको लकडाउनमा काठमाडौँका सडकको अवस्था बुझ्न शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर स्थलगत अवलोकनमा निस्कनुभएको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

लकडाउन एक हप्ता थप्नुपर्ने उच्चस्तरीय समितिको माग

सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने

पश्चिम नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ

नियन्त्रण गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सशस्त्रको टोली नै सेल्फ क्वारेन्टाइनमा

अमेरिकामा चार नेपालीको मृत्यु




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
NP Rimal Nirmal

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394