• /
    सोमवार, चैत्र २४, २०७६

सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव हुन्छ : रक्षामन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार, नेपाली सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव भएको बताउनुभएको छ ।

बिहीबार नेपाली सेनाले प्रकाशित गरेको युनिटी जर्नल सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले राष्ट्रको रक्षाको जिम्मेवारी सेनाले वा सरकारले मात्र गर्न सम्भव नहुने भएकोले नागरिकको समेत साथ र सहयोग अपरिहार्य भएको बताउनुभएको हो । उहाँले राष्ट्रिय सुरक्षाका लागि सबै पक्षको सोच र धारणा समान हुनुपर्ने समेत बताउनुभयो । त्यसका लागि अनुसन्धानमा आधरित लेखहरुले एकिकृत दृष्टिकोण बनाउन ठुलो मद्दत पुर्याउने बताउनुभयो । राज्य शक्तिका सबै संयन्त्रहरु एकिकृत भर्य परिपक्व नहुँदासम्म राष्ट्रिय सुरक्षामा चुनौति रहने उहाँले बताउनुभयो । सबै चुनौतिहरुको पहिचान गरी उपयुक्त रणनीति तयार गर्न अनुसन्धानात्मक प्रकाशनहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले युनिटी जर्नल पनि राष्ट्रिय सुरक्षाको विषयमा महत्वपूर्ण रहने बताउनुभयो ।

उहाँले राष्ट्रिय सुरक्षाका चुनौति र राष्ट्रिय एकताका अवसरहरु पहिचान गरी नेपालको भू-राजनीति र भू-रणनीतिका विभिन्न पक्षहरुको अनुसन्धान र अध्ययनको आवश्यकता रहेको समेत बताउनुभयो । राष्ट्रिय सुरक्षाका विषयमा योग्य जनशक्ति निर्माण गर्ने उद्देश्यले सरकारले नेशनल डिफेन्स युनिभर्सिटी स्थापनाको कामलाई अगाडि बढाएको समेत बताउनुभो । कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रको विकास र समृद्धिको लागि राष्ट्रिय सोचमा एकता आवश्यक पर्ने र त्यसको आधार निर्माणमा जोड दिनुभयो । राष्ट्रिय एकताको महत्व स्थापित गर्न युनिटी जर्नल कोषेढुङ्गा सावित हुने विश्वास समेत उहाँले गर्नुभयो ।

प्रधान सेनापति थापाले भू-राजनीति र भू-रणनैतिक अवस्थितिले राष्ट्रको सुरक्षामा प्रत्यक्ष प्रभाव परेको बताउनुभयो । उहाँले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रुपमा विकास हुँदै गएको परिस्थितिले नेपालको भूराजनीतिक र रणनीतिक महत्व पनि बढ्दै गएको बताउनुभयो । उहाँले युनिटी जर्नल सबै नेपालीमा राष्ट्रिय एकताको सोच र विचार विकास गर्नका लागि र राष्ट्रिय सुरक्षाको रणनीतिक विकासका लागि सहयोगी हुने विश्वास रहेको बताउनुभयो । नेपाली सेनाले सेना दिवसको अवशरमा राष्ट्रिय सुरक्षा र एकतासम्बन्धि विषयहरु समावेश गरी युनिटी जर्नल प्रकाशन गरेको हो ।

सम्बन्धित समाचार

कालापानी जाँदै उपप्रधानमन्त्री पोखरेल

दार्चुला । उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने हुनुभएको छ । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि १३…

राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण : मन्त्री पोखरेल

पोखरा । उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय…

हाम्रो राष्ट्रिय हित अनुकूल छ भने जुनसुकै देशको पनि सहयोग लिन्छौ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समावेशी विकास र समृद्ध नेपालका लागि योजना तर्जुमा, कार्यान्वयन, निरीक्षण तथा मूल्याङ्कनमा तीनै…

भ्रष्टाचार गर्ने साना-ठूला माछा कसैलाई छोडिदैन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने प्रतिवद्धता जनाउनुभएको छ । भ्रष्टाचारविरुद्धको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

लकडाउन एक हप्ता थप्नुपर्ने उच्चस्तरीय समितिको माग

सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने

पश्चिम नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ

नियन्त्रण गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सशस्त्रको टोली नै सेल्फ क्वारेन्टाइनमा

अमेरिकामा चार नेपालीको मृत्यु




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
NP Rimal Nirmal

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394