• /
    बिहिबार, फाल्गुन ८, २०७६

पुण्य कमाउनका लागि ३५ किलो दान दिए सुन

काठमाडौँ । मानिसहरु पुण्य कमाउनका लागि दान गर्दछन् । तर के कसैले पुण्य कमाउने नाममा ३५ किलो सुन दान गर्न सक्छ । भारतमा एक भक्तजनले मन्दिरका लागि ३५ किलो सुन दान गरेका छन् । दिल्लीका ती श्रद्धालुले हालै मुम्बईको सिद्धिविनायक मन्दिरलाई ३५ किलो सुन दान गरेका हुन् । मन्दिरको २१९ वर्षको इतिहासमा एकै व्यक्तिले यतिधेरै परिमाणमा धन दान गरेको यो पहिलो पटक हो ।

मन्दिर व्यवस्थापन अधिकारीहरुका अनुसार सिद्धिविनायक मन्दिरमा १५ देखि १९ जनवरीसम्म मर्मत तथा सिन्दुर लेपनको काम गरिएको छ । उक्त मन्दिरको ट्रस्टका अध्यक्ष आदेश बांदेकरले जनाए अनुसार दानमा प्राप्त भएको ३५ किलो सुनलाई मन्दिरको ढोका, छाना, गजुरलगायतमा प्रयोग गरिएको छ । मन्दिर व्यवस्थापन समितिले ३५ किलो सुन दान गर्ने व्यक्तिको परिचय खुलाएको छैन ।

बांदेकरका अनुसार सन् २०१७ मा मन्दिरलाई कुल ३२० करोड रुपैयाँ बराबर दान प्राप्त भएको थियो । सन् २०१९ मा ४१० करोड रुपैयाँ दान प्राप्त भएको जनाइएको छ । यो मन्दिर १९ नोभेम्बर १८०१ मा निर्माण भएको थियो । त्यतिबेला सानो आकारमा रहेको मन्दिर हाल भौतिक संरचना विकास गर्दै ठूलो बनाइएको छ ।

सम्बन्धित समाचार

आज सुनको मूल्य बढ्यो

काठमाडौँ । दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका…

३० महिनामा २४ हजार महँगियो सुन

काठमाडौं । पछिल्ला ३० महिनामा सुनको भाउ तोला (११.६६४ ग्राम) मै २३ हजार ७ सय रुपैयाँसम्म महँगिएको छ। नेपाल सुनचाँदी…

सुन तस्करीमा भारतीय नागरिक सक्रिय, दुई जना पक्राउ

काठमाडौं । हिरा र सुन मलद्वारमा लुकाएर ल्याउदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट…

एक किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । एक किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। बिहीबार मध्याह्न फ्लाई दुबईबाट काठमाडौं आएका कासिब मोहम्मदको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

प्रधानमन्त्री ओली भन्छन्- ‘भ्रष्टाचार गर्ने छुट कसैलाई छैन’

७० करोड लेनदेनबारे जानकारी र संलग्नता छैन : स्वीस दूतावास

धर्म-सन्तानका नाममा अमेरिका र युरोपमा नेपाली बालबालिका तस्करी

कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पयर्टक ८० प्रतिशतले घटे

कोटेश्वर प्रहरीको पहलमा मनोहरा तरकारी बजारमा प्रहरी बीट स्थापना




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394