• /
    बिहिबार, फाल्गुन ८, २०७६

ममाथि पनि धेरै मुद्दाहरु छन्, म दोषी भए कारवाही भोग्छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज शहीद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा उहाँले द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, त्यसको जिम्मेवारी मैले लिनुपर्छ, विस्तृत शान्ति सम्झौता भएदेखि नै हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउनु हुँदैन भनेर भन्ने मै हुँ, प्रत्येक घटनाको छानबिन गरौँ भनेर मैले नै भनेको हुँ ।”

उहाँले द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको बताउँदै भन्नुभयो, “यस्ता खालका द्वन्द्व भविष्यमा नदोहोरियोस् भनेर पनि हामीले सत्यतथ्य छानबिन गर्नैपर्छ ।”

प्रतिनिधिसभाका सांसद शान्ति पाख्रिनका पति बुद्धिमान पाख्रिनलाई तत्कालीन विद्रोही पक्षले निर्ममतापूर्वक हत्या गरेको थियो । तरिकाले राखेको उल्लेख गर्दै उहाँले थप्नुभयो, “इतिहासको यो घटना मेरै कारणले भएको हो, ममाथि पनि धेरै मुद्दाहरु छन्, म दोषी भए कारवाही भोग्न तयार छु ।”

दुई आयोगसम्बन्धी ऐन संशोधनको तयारीमा रहेको र पदाधिकारी छिट्टै पठाउने तयारी रहेको जानकारी दिँदै उहाँले सबै घटनामा आममाफी होस् भन्ने सोच नभएको बताउनुभयो ।

अध्यक्ष दाहालले अहिले पार्टी एकता भइसकेको भए पनि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच द्वन्द्व नभएको र आपसमा लडाइँ पनि नभएको उल्लेख गर्दै पञ्चायत र राजतन्त्रविरुद्ध सँगै लडेको स्मरण गर्नुभयो ।

“स–साना नानीहरु सम्हालेर आउनुभएको छ, जति पीडा तपाईँ भएको त्यो मैले महसुस गरेको छु, सांसद पाख्रिनप्रति मेरो सम्मान छ”, अध्यक्ष दाहालले भन्नुभयो, “म तपाईलाई विश्वास दिलाउन चाहन्छु, त्यस्तो जघन्य अपराधलाई त्यत्तिकै छाड्ने पक्षमा छैन ।”

सांसद पाख्रिनले जनयुद्धका बेला आफ्ना पति पाख्रिनलाई तत्कालीन विद्रोही पक्षले बर्बरतापूर्वक हत्या गर्नेलाई आममाफी दिन नहुने स्मरण गराउनुभयो ।

सम्बन्धित समाचार

बुढीगण्डकीले गुणात्मक परिवर्तन ल्याउछ: प्रचण्ड

धादिङ । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले बुढीगण्डकी जलविद्युत परियोजनाले नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने बताएका छन् ।…

सभामुख छान्न नेकपालाई सकस, प्रचण्डले दिए उपसभामुखलाई समय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सभामुखको उम्मेदवार छान्न सकस परेको छ। पार्टीले दुई अध्यक्ष केपी शर्मा ओली…

पहिलो पटक अध्यक्ष प्रचण्डले यसकारण बोलाए सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बैठक बोलाएका छन्। अध्यक्ष दाहालले बुधबार बिहाना ९…

‘मलाई प्रधानमन्त्री हुने हतारो छैन’

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । उनले विगतमा गरिएको पार्टी र सरकारको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

७० करोड लेनदेनबारे जानकारी र संलग्नता छैन : स्वीस दूतावास

धर्म-सन्तानका नाममा अमेरिका र युरोपमा नेपाली बालबालिका तस्करी

कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पयर्टक ८० प्रतिशतले घटे

कोटेश्वर प्रहरीको पहलमा मनोहरा तरकारी बजारमा प्रहरी बीट स्थापना

सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव हुन्छ : रक्षामन्त्री पोखरेल




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394