• /
    शनिबार, मंसिर २१, २०७६

के हुवावेले भारतीय बजारमा प्रभाव पार्ला ?

नयाँदिल्ली — अमेरिकी दूरसञ्चार कम्पनीहरूलाई ‘५-जी’ उपकरण बेच्न प्रतिबन्ध लागेपछि चिनियाँ कम्पनी हुवावेले भारतमा आक्रामक बजार विस्तारमा सक्रिय देखिएको छ । 

‘केही देशले हुवावेलाई खेदिसकेका छन्,’ ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ का प्रविधि विश्लेषक अरुण सुकुमार भन्छन्, ‘त्यसैले भारतसँगको सम्भावित सम्झौता ५-जी विस्तारका लागि हुवावेलाई विशेष महत्त्वको हुन सक्छ ।’ हुवावे तत्कालका लागि सहज परिस्थितिमा भए पनि उसले बजारका लागि नयाँ लगानीका क्षेत्र खोज्नुपर्ने सुकुमारको भनाइ छ । उनले भारत हुवावेका लागि ठूलो बजार रहको बताउँछन् ।
पछिल्लो समय अस्ट्रेलियामा पनि प्रतिबन्ध खेपेको हुवावेमाथि अन्य देशले पनि प्रतिबन्ध लगाउनेबारे सोचिरहेको जनाएका छन् । चीनले हुवावेका उपकरणको सहयोगमा जासुसी गर्ने गरेको अमेरिकी आरोप छ । अमेरिकी आरोपको हुवावेले भने खण्डन गर्दै आएको छ । मोबाइल फोन प्रयोगकर्ताका हिसाबले भारतीय बजार दोस्रो स्थानमा छ । त्यसैले कुनै पनि कम्पनीका लागि भारत महत्त्वपूर्ण बजार हो । अमेरिकाले भारत तथा आफ्ना साझेदार मुलुकलाई हुवावेका उपकरण जडान नगर्न आग्रह गर्दै आएको छ । हुवावेसँग व्यापार सम्झौता गरे प्रतिबन्धको सामना गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिँदै आएका छन् । अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसले आफ्नो भारत भ्रमणका क्रममा ‘भारत अमेरिकाको भूराजनीतिक साझेदार भएकाले आफूलाई सुरक्षा खतरामा पार्ने जोखिम नमोल्ने लागेको’ बताएका थिए । तर भारतस्थित हुवावे कम्पनीका प्रमुख जे चेनले आफ्ना उत्पादनमा कुनै खतरा नभएको लिखित प्रत्याभूति भारत सरकारलाई दिन हुवावे तयार रहेको बताएका छन् ।
‘अमेरिकाले भारत सरकारलाई प्रभावित पार्न खोजेको हामीले सञ्चारमाध्यममा पढेका छौं । तर मलाई लाग्छ हामीले त्यसविरुद्ध कदम चाल्न सक्छौं र हामीले गर्न सक्ने कोसिस गर्छौं,’ उनले भने ।बीबीसीका अनुसार अमेरिकाले हुवावेमाथि लगाएका आरोपबारे कुनै टिप्पणी नगरेको भारतले हुवावेलाई आगामी ‘५-जी’ स्पक्ट्रम परीक्षणमा सहभागी हुन निम्तो दिएको छ । यद्यपि, त्यसको मिति भने तय भइसकेको छैन ।
हुवावेलाई ‘५-जी’ नेटवर्क स्थापनाको प्रक्रियामा सहभागी नगराउँदा भारतलाई नकारात्मक असर पर्न सक्ने सुकुमारको भनाइ छ । ‘५-जी आरम्भ गर्न पाँच कम्पनीसँग मात्र पूर्वाधार छ । त्यसमाथि हुवावेको पूर्वाधार नोकिया र एरिक्सनजस्ता पश्चिमा देशका कम्पनीको तुलनामा निकै सस्तो छ,’ सुकुमार भन्छन्, ‘भारतको दूरसञ्चार कम्पनीे संघर्ष गरिरहेको छ । त्यस कारण सस्तो दरमा सेवा प्रदान गर्न पनि हुवावेसँग साझेदारी गर्नु निकै आकर्षक छ ।’ चेनले इकोनमिक टाइम्स पत्रिकालाई बताए छन्, ‘हुवावे हाल भारतको डिजिटल इकोसिस्टमको महत्त्वपूर्ण अंग भइसकेको छ र यो चरणमा बाहिर निकाल्दा त्यो पूर्णत:भत्किने जोखिम उत्तिकै छ ।’ अखबारले उनलाई उद्धृत गर्दै जनाएको छ, ‘त्यसले आर्थिक हानि मात्र होइन, प्रविधि विकासमा पनि नराम्रो असर पार्ने निश्चित छ ।’

सम्बन्धित समाचार

अमेरिकी दबाबका बाबजूद हुवावेको आम्दानीमा २४ प्रतिशत वृद्धि

शाङ्घाई । चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । अमेरिकी…

जर्मनीमा आईएफए ट्रेड शो, हुवावेका थुप्रै नयाँ उत्पादन सार्वजनिक

जर्मनी । हुवावेले जर्मनीको बर्लिनमा जारी कन्ज्युमर इलेक्ट्रोनिक्स तथा होम अपलायन्सेसका लागि विश्वकै अग्रणी व्यापार शो आईएफएमा आफ्ना कैयौँ नयाँ…

हुवावेको ७ वटा क्यामरा भएको स्मार्टफोनमा बजारमा आउदैं

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले आफ्नो बहुप्रतिक्षित नयाँ स्मार्टफोन आगामी १९ सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ ।जर्मनीको म्युनिखमा विशेष कार्यक्रम…

हुवावेले गुगल म्याप्सलाई टक्कर दिन ‘म्याप किट’ ल्याउँदै

काठमाडौं । चिनियाँ कम्पनी हुवावेले गत हप्ता आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम सार्वजनिक गरी प्रविधि क्षेत्रमा हलचल पैदा गरेको थियो ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

‘मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन, सहकार्यको रुपमा बुझिनुपर्छ’

महाबिर पुन सम्मानित , राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

‘निजी क्षेत्रलाई ढुक्कसँग लगानी गराउन सकेमा मात्र देशमा आर्थिक समृद्धि आउँछ’

सीमाको बिषयमा सरकार गम्भीर नबनेकोमा नेकपाकै सांसदको आपत्ति

१३औं ‘साग’मा नेपाल दोस्रो स्थानमा, अहिलेसम्म ४० स्वर्ण जित्न सफल




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394