• /
    मङ्लबार, मंसिर ३, २०७६

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले स्लाविया प्रागलाई २–१ गोल अन्तरले हराएको छ । बुधबार राति भएको समूह एफको खेलमा बार्सिलोनाले स्लाविया प्रागलाई हराएको हो । लियोनल मेस्सीले खेलको तेस्रो मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान राखेका छन् ।

यो संगै गएरातीको खेलमा बार्साले संघर्षपूर्ण जित आत्मसाथ गरेको हो । अर्तुरो भिडालको पासलाई असस्टि गर्दै मेस्सीले गोल गरेका थिए । तर खेलको ५० औ मिनेटमा जान बोरिलले घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । तर खेलमो ५७ औ मिनेटमा पिटर ओलायिन्काको आत्मघाति गोलमा बार्सिलोना २–१ ले अघि बढ्न सक्यो र जित आफ्नो टिमलाई दिलायो ।

स्पेनिस लिगका शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाले सबै प्रतियोगितामा लगातार छैटौ जित निकाल्न सफल भएको छ । समूह एफबाट शीर्ष स्थानको बार्सिलोनाले ७ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ३ अंकको अग्रता लिन सफल भएको छ । स्लाभिया १ अंक सहित तालिकाको पुछारमा छ ।

सम्बन्धित समाचार

ओलम्पिकोसलाई हराउँदै वायर्न अन्तिम १६ मा प्रवेश

जर्मन क्लब वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको खेलमा…

बार्सिलोना बराबरीमा, पहिलो पटक घरेलु मैदानमा गोल गर्न मेस्सी असफल

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले बराबरीको खेल खेलेको छ । मंगलबार राति भएको खेलमा स्लाभिया प्राग विरुद्ध बार्सिलोनाले गोल रहित बराबरी…

पुनरागमनमा डर्टमण्डको उत्कृष्ट जित

च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले पुनरागमन जित निकालेको छ ।समूह चरण अन्तर्गत बुधबार राति डर्टमण्डले ३–२ गोल अन्तरले…

लेवान्डोस्कीको दुई गोलमा वायर्नको जित

काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब वायर्न म्युनिखले संघर्षपूर्ण जित निकाल्न सफल भएको छ । समूह चरण अन्तर्गत…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

पूजामाथी बलात्कार गर्नेलाई साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा ६० प्रतिशतसम्म छुट

मोबाइल टावर सञ्चालन

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

गाईभैँसी किन्न गाउँ सरकारको अनुदान




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394