• /
    बिहिबार, कार्तिक ७, २०७६

डिजिटल एक्सरे मेशिनबाट सेवा शुरु

डोटी । जिल्ला अस्पताल डोटीमा डिजिटल एक्सरे मेशिनबाट बिरामीलाई सेवा दिन थालिएको छ । अस्पतालमा भएको सामान्य एक्सरे मेशिन पनि बिग्रिएको र बिरामीलाई एक्सरे सेवा लिन कठिन भइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले लाखौं मूल्य पर्ने उक्त डिजिटल एक्सरे मेशिन डोटी अस्पतालमा पठाएपछि अहिले उक्त मेशिनबाट सेवा दिन थालिएको होे ।

उक्त डिजिटल एक्सरे मेशिनका सम्पूर्ण सरसामान तथा पार्टपुर्जा जडान गरी दैनिक रुपमा सेवा सञ्चालन भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा भूषण मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “डिजिटल एक्सरे मेशिन ल्याएर हामीले बिरामीलाई सेवा दिन शुरु गरेका छौँ, उक्त सेवाबाट सबै सन्तुष्ट भएका छन् ।”

सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाभन्दा डोटीमा डिजिटल एक्सरे मेशिन पहिलो पटक आएको हो । जिल्ला अस्पतालमा यसअघि एक्सरे मेशिन बिग्रिएका कारण स्थानीयवासी सामान्य एक्सरे गर्न दिपायल तथा जिल्ला बाहिर गई महंँगो पैसा खर्च गरेर सेवा लिन बाध्य थिए । अस्पतालमा डिजिटल एक्सरे मेशिन आएपछि स्थानीयवासी निकै खुशी भएको त्रिवेणी एफएमका स्टेशन मेनेजर कर्ण चन्दले बताउनुभयो ।

यस्तै जिल्ला अस्पतालमा एकपछि अर्को सेवा थपिँदै आए पनि अस्पतालमा भने सरकारी दरबन्दीअनुसारका चिकित्सक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । चार सरकारी चिकित्सकको दरबन्दी रहेको उक्त अस्पतालमा पछिल्लो समय गैह्रसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ । अस्पतालमा नवौँ र दशौँ तहका दुई र मेडिकल अधिकृत दुई गरी चार जनाको दरबन्दी भए पनि एक मेडिकल अधिकृत डा भूषण मिश्र मात्रै कार्यरत हुनुहुन्छ । उहाँले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहनुभएको छ ।

अस्पतालमा सरकारी चिकित्सक नभएपछि गैह्रसरकारी संस्था निक साइमन इण्टरनेशनलले दुई चिकित्सक एमडिजिबी डा गिरीश अवस्थी र एमबिबिएस डा खुसिद आलम खान खटाएको छ । दरबन्दि अनुसारका चिकित्सक अभावका कारण स्वास्थ्य सेवा विस्तारमा समस्या अस्पताल प्रशासनले जनाएको छ । दरबन्दीनुसारका चिकित्सक नभए पनि स्वास्थ्यकर्मी भने दरबन्दीअनुसार नै छन् । त्यस्तै अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न पर्याप्त संरचना बनेका भए पनि अहिलेसम्म १५ शय्या मात्रै स्वीकृत छ ।

सम्बन्धित समाचार

निजी मेडिकल कलेजमा निःशुल्क सेवा

चितवन । संविधान दिवसका अवसरमा यहाँका निजी मेडिकल कलेजले पनि आज बहिरङ्ग सेवा निःशुल्क गरेका छन् । सरकारले सबै सरकारी…

जिल्ला अस्पतालमा औषधि अभाव

बारा । जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे…

बिरामीको मृत्युपछि भक्तपुरकाे नागरिक कम्युनिटी अस्पताल अस्पतालमा दिनभर घेराउ र नाराबाजी

भक्तपुरः मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा शनिबार बिरामीको मृत्यु भएपछि अस्पताल दिनभर तनाबग्रस्त बनेको छ । बिहीबार भर्ना…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

नेकपा र राजमोबीच उपनिर्वाचनमा तालमेलको सहमति हुँदै

आइओएमको एमबिबिएस सिट बढाईयो तर कर्मचारीका छोराछोरी मात्र पढाउन

विवेकशीलका चर्चितहरु बाहिरिएपछि नयाँले ठाँउ पाए

विद्यालय नै असुरक्षित, बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते

एल क्लासिकोको नयाँ मिति समेत विवादित बन्यो




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394