• /
    बिहिबार, कार्तिक ७, २०७६

ओली सरकार विरुद्ध खनिए गच्छदार, लगाए यस्तो आरोप

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिनुभयो ।

उपसभापति गच्छदारले सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन गर्नुपर्ने सुझाव दिँदै प्रेस लोकतन्त्रको गहना भएकाले यसको सङ्कुचन गर्न नहुने तर्क गर्नुभयो । उहाँले जनताले संविधानबाट पाएको अधिकार उपयोग गर्न सरकार बाधक बन्नु नहुने धारणा राख्दै सरकारले जनतासँग गरेको वाचालाई पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

उपसभापति गच्छदारले नेपाली काङ्ग्रेसका नेतामाथि भर्खरै भएको निन्दनीय घटनाप्रति दुःख व्यक्त गर्दै आफूले विगतमा नेतृत्व गरेको पार्टी एकीकरण हुँदा भएको सम्झौताअनुसार पाएको केन्द्रीय समितिमा जाने सदस्यहरुका नाम छिट्टै सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

वर्तमान व्यवस्था सबैको साझा हो : उपसभापति गच्छदार

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी हो भन्नुभएको…

चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालका लागि ऐतिहासिक : गच्छदार

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने बताउनुभएको छ ।…

गुठी विधेयक फिर्ता गर्नु बहादुरी होइन : गच्छदार

काठमाडौं । नेपाली कांग्रेस, संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधानको मर्म र भावना विपरित सरकारले विधेयकहरु ल्याउन खोजेको आरोप लगाएका…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी

आजको राशिफल: कात्तिक ७ गत्ते कस्तो रहेको छ तपाईको दिन जान्नुहोस् !

मिलाइदिन्छु भन्दै पैसा लिने प्रहरी परे फन्दामा

श्रीमानले सम्बन्ध विच्छेदको प्रस्ताव राख्दा लि’ङ्ग चट्




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394