• /
    बिहिबार, कार्तिक ७, २०७६

“विकासको अभियानमा मिलेर अगाडि बढौँ”

रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले विकासको अभियानमा मिलेर अगाडि बढ्न सबैलाई आह्वान गर्नुभएको छ ।
बुटवल उपमहानगरपालिका–१३ मा निर्मित जितेश्वरी मन्दिर तथा सभाहलको आज उद्घाटन गर्दै उहाँले सामाजिक कार्यमा जस्तै विकासका काममा समेत सहकार्य गर्न आग्रह गर्नुभयो ।

उहाँले स्थानीयको साथ र सहकार्यले विकासलाई अगाडि बढाउन सहयोग मिल्ने धारणा राख्नुभयो । महासचिव पौडेलले बुटवलको सामाजिक, आर्थिक, भौतिक तथा सबै प्रकारका विकासमा साथ र समर्थन रहने प्रतिबद्धतासमेत जनाउनुभयो ।

उहाँले तीनाउपारीका क्षेत्रको विकासका लागि तिनाउ–दानव करिडोर निर्माणको योजना बनाएको बताउँदै यो योजना समयमै सम्पन्न गर्न स्थानीयको सक्रियता हुनुपर्ने बताउनुभयो । “यो करिडोर तिनाउ र दानव नदीको दोभानबाट शुरु भएर लुम्बिनी जाने सडकसम्म जोडिन्छ ।” उहाँले भन्नुभयो । आफ्नो क्षेत्रको विकासमा चासो र सक्रियता बढाउँदै गए योजना प्नि समयमै सकिने उहाँको भनाइ थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरेले स्थानीयको सक्रियतामा मन्दिर निर्माण गरेको बताउनुभयो । उहाँले मन्दिर र सभाहलको निर्माणपछि वडाका धार्मिक गतिविधि सञ्चालनका लागि सहज हुनेछ भन्नुभयो ।
जितेश्वरी आमा समूहका अध्यक्ष मन्दिरा गौडेलले धर्मले मानिसलाई सही आचरणमा रहन सिकाउने हुँदा वडामा धार्मिक गतिविधिलाई बढावा दिएको बताउनुभयो ।

सम्बन्धित समाचार

सरकारका काम सफलतातर्फ उन्मुखः महासचिव पौडेल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख…

प्रधानमन्त्रीलाई भेट्न महासचिव पौडेल सिंगापुर जाँदै

काठमाडौं । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल त्यसतर्फ जाँदैछन्। मंगलबार दिउँसो साढे…

सिटिईभीटीको कामप्रति पौडेल असन्तुष्ट

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभीटी)को कामकार्वाहीप्रति असन्तुष्टि…

इमान, जमान र विश्वास भएको मान्छे हुँ, हल्लाका पछाडि नलाग्नुस् : पौडेल

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टीका महासचिव महासचिव विष्णु पौडेलले जनताको भावनामा कुठाराघात गर्ने काम कहिल्यै नगर्ने बताएका छन् । आफ्नो…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी

आजको राशिफल: कात्तिक ७ गत्ते कस्तो रहेको छ तपाईको दिन जान्नुहोस् !

मिलाइदिन्छु भन्दै पैसा लिने प्रहरी परे फन्दामा

श्रीमानले सम्बन्ध विच्छेदको प्रस्ताव राख्दा लि’ङ्ग चट्

श्रीमतीले हनिमुनको तस्वीर फेसबुकमा राखेपछि…




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394