• /
    बिहिबार, कार्तिक ७, २०७६

नेकपा वैचारिक रूपमा टाट पल्टियाेः गगन थापा

जुम्ला । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वैचारिक रुपमा टाट पल्टिएकाे आरोप लगाएका छन् ।

नेका जिल्ला कार्यसमिति जुम्लाले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि जुम्लाको सदरमुकाम खलंगा पुगेका नेता थापाले यस्तो बताएका हुन् ।

नेता थापाले भने,’ मुलुकलाई समृद्ध बनाउने कुनै काम गर्न नसकेपछि संविधान कार्यान्वयन गर्ने कुनै योजना नभएर जनताबाट टाट पल्टिएपछि चिनियाँ पार्टीलाई नेपाली जनतामा बेचेर बचपन चरित्र प्रस्तुत गरेको छ। यसले नेपालको स्वत्रन्त्रतामा समेत प्रश्न उठाएको छ ।’   

थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अयोग्य मात्र नभइ बेइमान रहेको आरोप लगाए । उनले भने ,’ यो सरकार अयोग्य मात्र होइन बेइमान पनि छ । यस प्रकारको समृद्धिको बहसमा जनता कहिँ पनि छैनन् । कर्णालीबासी छैनन, कर्णालीको जडिबुटि छैन, स्याउ छैन, यहाँका अस्पतालमा औषधि छैन,  विद्यालयमा शिक्षक छैन विद्यार्थी छैन र सरकार पानीजहाजको रोमान्चित गफमा भुलिरहेको छ ।’

नेता थापाले संविधान जारी भएपछिको वर्तमान व्यवस्था जोगाउन नेपाली कांग्रेसले जनताको सडकमा साथ खोजेको सुनाए । उनले भने,’ जनता संरकारसँग रिसाउन पाउछन् तर सरकारको व्यवस्था बिरुद्ध बोल्नेसँग हैनI हिजो हामीले पञ्चायत फाल्यौ राणा शासन फाल्यौ । यो व्यवस्था जोगाउन कांग्रेस जनताको साथ चाहन्छ । कांग्रेसले सडकमा जनताको साथ खोजेको छ ।’

कार्यक्रममा नेविसंघका निवर्तमान उपाध्यक्ष डिल्लिराम सुवेदीले कम्युनिष्टहरुले संचालन गरेको भय र भ्रमको खेती नाङ्गिसकेको बताए । उनले भने,’ हिजो कम्युनिष्टहरुले संचालन गरेको भय र भ्रम दुवै चिज नाङ्गिसकेको  छ र अब आउने दिन लोकतन्त्रवादीहरुको हो । ‘

खलंगामा आयोजित कार्यक्रममा हजारौंको संख्यामा स्थानीयवासी स्वतः स्फुर्तरूपमा उपस्थित भएका थिए । सिमसिम पानी परिरहेको समयमा पनि उनीहरु पानीको परवाह नगरि कार्यक्रममा बसी रहेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिहरुसहित २०० बढी मानिसहरु कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा नेकपाका जनप्रतिनिहरु  श्रीकृष्ण कामी, अच्युत महतारा लगायत थिए । नवप्रवेशीहरुले कर्णालीमाथी न्याय लोकतन्त्र र कांग्रेसले मात्र गर्न सक्ने बताए । साझको ७ बजेसम्म पार्टी प्रवेश गर्ने लामबद्ध भएर लागेका थिए । जुम्ला एयरपोर्टबाट कार्यक्रम स्थलसम्म मानिसहरुको चहल पहल थियो ।  

कार्यक्रममा नेपाली कांग्रेसका नुवाकोट सभापति जगदिश नरंसिह केसी, नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्ले, वेद बहादुर सिंह आदिको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नेकपा नेताहरूलाई थापाको आग्रह- बिरामी प्रधानमन्त्रीलाई आराम गर्न दिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेका…

सरकारको कमजोरीले व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ : गगन थापा

नेकपा नेतृत्वको सरकार बनेको डेढ वर्ष भयो । यस अवधिमा सरकार र प्रतिपक्षको भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ ? नेपालमा लामो…

गगनको प्रश्नः सदन सभामुखले चलाएका छन् कि नेकपाका सदस्यले ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छाँयाको रुपमा सिमिति हुँदै गएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बुधबारको…

गगनको प्रश्न : राष्ट्रवादी प्रधानमन्त्रीको घुँडामा कत्रो भ्वाङ पर्‍यो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी

आजको राशिफल: कात्तिक ७ गत्ते कस्तो रहेको छ तपाईको दिन जान्नुहोस् !

मिलाइदिन्छु भन्दै पैसा लिने प्रहरी परे फन्दामा

श्रीमानले सम्बन्ध विच्छेदको प्रस्ताव राख्दा लि’ङ्ग चट्




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394