• /
    बिहिबार, कार्तिक ७, २०७६

विमलेन्द्र निधिकाे प्रस्ताव पारित, विजयकुमार गच्छदार समूहलाई ११ केन्द्रीय सदस्य

काठमाडौं । विजयकुमार गच्छदारकाे नेतृत्वमा रहेकाे तर नेपाली कांग्रेसमा गत चुनावकाे सम्मुखमा पार्टी एकता गरेकाे तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचनालाइ नेकाभित्र समायोजन गरिएकाे छ ।

पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले तयार पारेको सांगठनिक प्रस्तावलाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

निर्णयअनुसार विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमले ११ जना केन्द्रीय सदस्य पाउनेछ । साथै केन्द्रीय कार्यसम्पादन समितिको गठन गर्दा समायोजन प्रस्तावलाई समेत ध्यानमा राखेर सहमतिका आधारमा समावेश गरिने छ ।

गच्छदार समूहले २०० जना महासमिति सदस्य र १४८ जना पर्यवेक्षक यसअघि नै पाइसकेको छ । अब २५२ महाधिवेशन प्रतिनिधि पाउनेछ ।

पार्टीका विभाग गठन गर्दा सहमतिका आधारमा गर्ने र प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने कांग्रेसको निर्णय छ । यस्तै १३ जिल्लामा उपसभापति पाउने भएको छ ।

  • मोरङ्ग जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य १५ जना
  • सुनसरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना
  • कैलाली जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना
  • बर्दिया जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना
  • सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना
  • सर्लाही, दाङ्ग, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ७/७ जना
  • झापा र रुपन्देही जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ५/५ जना
  • बारा र बाँके जिल्ला कार्यसमितिमा उप–सभापति १/१ र सदस्य ३/३ जना ।
  • ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कंचनपुर जिल्ला कार्यसमितिमा सहसचिव १/१ र सदस्य ३/३ जना ।
  • उदयपुर र महोत्तरी जिल्ला कार्यसमितिमा सह–सचिव १/१ र सदस्य २/२ जना ।

काठमाडौं र पश्चिम नवलपरासीको हकमा आवश्यक परामर्श गरी निर्णय गर्ने कांग्रेसको निर्णय छ । यस्तै प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, नगर–उपमहानगर–महानगर कार्यसमितिमा पनि क्रियाशील सदस्यका आधारमा पदाधिकारीसहित सदस्य पाउनेछ ।

फोरम लोकतान्त्रिकले दिएको क्रियाशील सदस्यहरुको हकमा भने छानविन र अद्यावधि गरी जिल्लाबाट केन्द्रमा प्राप्त भएपछि अन्तिम निर्णय गर्ने कांग्रेसले जनाएको छ ।

सम्बन्धित समाचार

के गर्दै छ छाया सरकार ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठन गरेको चार महिना बितेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति एवं संसदीय…

नेकपा वैचारिक रूपमा टाट पल्टियाेः गगन थापा

जुम्ला । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वैचारिक रुपमा टाट पल्टिएकाे आरोप लगाएका छन्…

अछाम पुगेर डा.महतले भने- सरकारले प्रेसको अधिकार कुण्ठित गर्न खोज्यो

अछाम । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशसरण महतले वर्तमान सरकारले प्रेस सञ्चार जगतमाथि बारम्बार आक्रमण गरेको र प्रेसको मुख थुनेर आफ्नो…

बैदेशिक रोजगार संघमा काँग्रेसको प्यानलै विजयी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारणसभा तथा निर्वाचनले नयाँ कार्यसमितिमा बिष्णुप्रसाद गैरे प्यानलले ‘क्लिन स्वीप’…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

विद्यालय नै असुरक्षित, बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते

एल क्लासिकोको नयाँ मिति समेत विवादित बन्यो

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी

आजको राशिफल: कात्तिक ७ गत्ते कस्तो रहेको छ तपाईको दिन जान्नुहोस् !




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394