• /
    बिहिबार, कार्तिक ७, २०७६

चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमण सुनिश्चित रहेकाे प्रधानमन्त्रीको भनाइ

काठमाडाैंः चीनका राष्ट्रपति सी चिनफिङ नेपालको औपचारिक भ्रमणका लागि आउने पक्का भएको प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलका शीर्ष तहका नेताहरुलाई जानकारी गराएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भ्रमणको मिति र दिनका विषयमा छलफल चलिरहेको जानकारी गराएकाे बैठकमा सहभागी एक नेताले बताए । भ्रमणमा नेपालले मुख्य रुपमा रेल निर्माणको विषयलाई उच्च प्राथमिकतामा राख्ने भए पनि एजेन्डाहरु अझै तय भइसकेका छैनन् । प्रधानमन्त्रीले राष्ट्रपति सीको भ्रमणका बारेमा पार्टीभित्र एजेन्डा नै बनाएर छलफल गर्ने बताएका थिए ।

राष्ट्रपति सी दशैं लगतै भारत हुँदै नेपाल आउने कार्यक्रम छ । सी भारत-चीन सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । भारतबाट सोझै नेपाल आउने गरी नेपालले तयारी गरेको हो । यसअघि नै उपप्रधानमन्त्री इश्वर पोखरेलले चिनियाँ राष्ट्रपति नेपाल भ्रमण निश्चित भइसकेको काठमाडौंको टोखामा आयोजित एक कार्यक्रममा बताएका थिए ।

दुबै देशका परराष्ट्र मन्त्रालयले अद्यापी भ्रमणको मिति औपचारिक रुपमा घोषणा गरेका छैनन् । तर १४ अक्टोेबर अर्थात २७ असोजमा आउनेछन् र, भोलिपल्ट फर्किने स्रोतको दाबी छ ।

राष्ट्रपति सीको भ्रमणको पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली सोमबार नेपाल आउँदैछ । टोलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग ‘सी जिनपिङ थप’बारे समेत छलफल गर्ने कार्यक्रम छ ।

सरकारले भने सीको भ्रमणका क्रममा गर्न सकिने सम्झौताहरुका लागि गृहकार्य थालेको छ ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा छलफल भएको काठमाडौं केरुङ रेल, मदन भण्डारी विश्वविद्यालय लगायतका विषयलाई टुंग्याउने सरकारको प्रयास छ ।

स्रोतका अनुसार सीको भ्रमणका क्रममा रेलको डीपीआर गर्ने सम्झौता हुनसक्छ । तर, लगानीबारे अहिलेसम्म टुंगो लागेको छैन ।

सम्बन्धित समाचार

चीनका राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा…

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमै सकियो २० करोड

काठमाडौं । चीनियाँ राष्ट्रपति सी चिनफिङको शनिबारदेखि सुरु दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च…

राष्ट्रपति सीको नेपाल भ्रमण: केरुङ सुरुङमा सुरुवात, रेलमार्ग निर्माणमा पनि सघाउने वचन

चार किमि लामो टोखा–छहरे, २० किमि लामो बेत्रावती–स्याफ्रुबेँसी सुरुङमार्ग बनाउन चीनको सहयोग चीनले केरुङबाट काठमाडौं जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता…

२३ वर्षपछिको चीनको नेपाल भ्रमण: रेलमार्गदेखि सडकमार्गसम्म उपयोग गर्ने प्रयासमा नेपाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङकोे नेपालको दुईदिने राजकीय भ्रमणलाई नेपाली पक्ष भौतिक पूर्वाधार र विकास निर्माणमा सदुपयोग गर्ने प्रयासमा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी

आजको राशिफल: कात्तिक ७ गत्ते कस्तो रहेको छ तपाईको दिन जान्नुहोस् !

मिलाइदिन्छु भन्दै पैसा लिने प्रहरी परे फन्दामा

श्रीमानले सम्बन्ध विच्छेदको प्रस्ताव राख्दा लि’ङ्ग चट्

श्रीमतीले हनिमुनको तस्वीर फेसबुकमा राखेपछि…




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394