• /
    बिहिबार, कार्तिक ७, २०७६

प्रधानाध्यापकले कक्षाकोठाभित्र विद्यार्थीका १६ वटा फोन हथौडाले फुटाइ दिएपछि…

काठमाडौं । आजकाल मानिसहरुलाई मोबाइल र स्मार्टफोनको लत लागिसकेको छ । मानिसहरु सधैं आफ्नो मोबाइलमा व्यस्त देखिन्छन् । कर्नाटकको एक कलेजका प्रधानाध्यापक विद्यार्थीको यस्तो बानी देखेर यति रिसाए कि उनले कक्षाकोठामा नै विद्यार्थीको फोन जफत गरेर हथौडाले चक्नाचुर पारिदिएका छन् ।

भारतीय संचार माध्यमका अनुसार वास्तवमा कर्नाटकको एमईएस चेतन्य पीयू कलेजका प्रधानाध्यापकलाई कक्षाकोठामा लेक्चरका बेला पनि मोबाइल प्रयोग गरेको चित्त बुझिरहेको थिएन । उनले विद्यार्थीलाई थुप्रै पटक कक्षामा पढाई वा लेक्चरको क्रममा कसैले पनि मोबाइल प्रयोग गरेको भेटिए मोबाइल फुटाइने चेतावनी दिएका छन् ।

कलेजका विद्यार्थीले कक्षाकोठामा यस्तो नियमलाई वास्ता नै नगरी निर्धक्कले मोबाइल चलाइरहेको देखेर प्रधानाध्यापकलाई यति रिस उठ्यो कि उनले तुरुन्त हथौडा मगाए र विद्यार्थीहरुबाट मोबाइल खोसेर फुटाइदिए ।

प्रधानाध्यापकले यसरी मोबाइल फुटाएको भिडियो भाइरल भएपछि कलेजका अधिकारीले विद्यार्थीले लेक्चर दिइरहेका बेला पनि मोबाइल फोन चलाएर एक अर्कासँग च्याटिङ गरिरहेकाले यस्तो निर्णय लिनुपरेको स्पष्टिकरण दिएको छ ।

बुधबार कलेजका अधिकारीले १६ वटा मोबाइल फोन जफत गरेका थिए । त्यसपछि विद्यार्थीलाई कलेज हलमा जम्मा हुन भनियो । विद्यार्थी जम्मा भएपछि प्रधानाध्यापक त्यहाँ पुगे र उनले सबैको अगाडि मोबाइल फोन फुटाइदिए ।

सम्बन्धित समाचार

अमेरिकाको जङ्गलमा फेला पर्‍यो दुइटा टाउको भएको दुर्लभ सर्प

काठमाडौं । अमेरिकाको न्यूजर्सी राज्यको जङ्गलमा दुइटा टाउको भएको एउटा दुर्लभ सर्प फेला परेको छ।एउटा पर्यावरणीय समूहले उक्त दुईटाउके सर्पलाई…

जहाँ हरेक वर्ष ७० हजार सर्प भेला हुन्छन्

प्रकृति साँच्चिकै आश्चर्यजनक छ । यसको एउटा आश्चर्य हेर्न क्यानडाको म्यानिटोबा जानुपर्दछ । जहाँ हरेक वर्ष झण्डै ७० हजार सर्प…

ट्राफिकले जरिवाना तिराएको रिसमा विद्युत कर्मचारीले चौकीको लाइन काटिदिए

काठमाडौं । मंगलबार भारतको उत्तर प्रदेशको फिरोजाबादमा ट्राफिक चेकिङ भइरहेको थियो । त्यही बाटो लाइनम्यान श्रीनिवास बिग्रिएको विद्युत बनाउन जाँदै…

भगवान शिवको घर यहाँ छ !, थाहा पाउनुस् यी कुरा

अमरनाथ हिन्दूहरूको एउटा प्रमुख तीर्थस्थलको रूपमा रहेको छ । यो भारतको जम्मू र कश्मीर राज्यको श्रीनगर सहरको उत्तर-पूर्वमा १३५ किलोमिटरको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

विवेकशीलका चर्चितहरु बाहिरिएपछि नयाँले ठाँउ पाए

विद्यालय नै असुरक्षित, बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते

एल क्लासिकोको नयाँ मिति समेत विवादित बन्यो

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394