• /
    शनिबार, माघ ११, २०७६

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै त्रिदेशीय ट्राभल शो हुने

काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै त्रिदेशीय ट्राभल शो नेपालमा आयोजना हुने भएको छ । नेपाल–इण्डिया–चाइना एक्सो (नाइस) आयोजनामा झण्डै १ हजार विदेशी पाहुनालाई नेपाल ल्याएर कार्यक्रम आयोजना गर्न लागिएको बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।

नेपाल च्याप्टरले आयोजना गर्न लागेको यो कार्यक्रम पाटा नेपाल भ्रमण वर्षको सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वयमा हुने भएको छ । नेपालको सबैभन्दा ठूलो स्रोत बजारका रुपमा रहेका दुई मुलुकबाट बढी भन्दा बढी पर्यटक भित्राउने उद्देश्य लिई सो एक्स्पो आयोजना भएको भ्रमण वर्ष संयोजक सुरज वैद्यले बताएका छन् ।

एक्स्पोमा नेपाल, भारत र चीनका एयरलाइन्स, होटेल/रिसोर्ट, पर्यटक यातायात, ट्राभल, टूर, बैंक तथा वित्तीय संस्थालगायत पर्यटनसँग सम्बन्धित कम्पनीहरुको सहभागिता हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले जानकारी दिए ।

एक्स्पो २१ देखि २४ फेब्रुअरीमा आयोजना हुने बताईएको छ । त्यसअगाडी नै नेपाल आएका पाहुनालाई विभिन्न गन्तब्यसम्म पुर्याई पर्यटन प्रवद्र्धन गर्ने योजना आयोजकको रहेको छ ।

सम्बन्धित समाचार

पर्यटन वर्ष २०२० लाई सफल बनाउन समिति गठन

लहान । पर्यटन वर्ष २०२० लाई भव्यरूपमा सफल बनाउन सिरहामा पर्यटन वर्ष २०२० जिल्ला समन्वय समिति गठन गरिएको छ ।…

पानीको बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न, पर्यटनमन्त्री भट्टराईले गरे प्रशंसा

भद्रपुर । झापाका युवा उद्यमी विजय डालमियाले आफ्नो कम्पनीबाट उत्पादित पिउने पानीको बोतलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रतीक चिह्न…

पर्यटन वर्ष-२०२० लाई लक्षित गरि कोरियामा सांस्कृतिक कार्यक्रम

कुसुम भण्डारीकाठमाडौं । राष्ट्रिय संगीतकर्मी संघले पर्यटन वर्ष-२०२० लाई लक्षित गरि कोरियामा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । संघले…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

प्राचीन शैलीको ‘यल दरवार भेन्यू’उद्घाटन

मनाङेले झापड हानेका गुरूङ पनि पक्राउ

जडीबुटी निकासी वृद्धि

विद्यालय पुनःनिर्माणमा ढिलासुस्ती

बाँदर आतङ्क रोक्न पहरा




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394