• /
    सोमवार, भदौ ३०, २०७६

डेंगु नियन्त्रण नभएकाले संकटकाल घोषणा गर्न काँग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न सरकारसंग माग गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रण हुनुको सट्टा बढ्दै गएकाले सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान सञ्चालन गर्न ध्यानाकर्षण गराएका हुन् ।

तत्काल डेंगु संक्रमणमा सरकार गम्भीर नबन्ने हो भने यसले महामारीको रुप लिने भन्दै उनले सरकारले राष्ट्रिय इर्मरजेन्सिको रुपमा लिनुपर्ने धारणा पनि राखे । ‘सरकार कुहिरोका काग बनेको छ । यसलाई अङ्ग्रेजीमा क्लु लेस भन्छ । ७७ जिल्लामध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन? राष्ट्रिय विपत्ति मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यक्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । कतिजना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ?’ भन्दै सांसद अधिकारीले कडा रुपमा प्रश्न गरेका हुन् ।

बैशाखमा धरानमा देखिएको डेंगु संक्रमणबाट राजधानी काठमाडौंमा २ सहित ६ जनाको मृत्यु भइसकेको छ भने हजारौ यसबाट संक्रमित भईसकेका छन् । संक्रमण नियन्त्रण हुनुको सट्टा देशमा अझ फैलिदै गएको छ ।

सम्बन्धित समाचार

डेंगु लागेका बिरामीले ३ हजार पाउने

हेटौँडा । डेंगुको रोग लागेका विरामीलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले यातायात र खानाखर्च वापत तीनहजार रुपैयाँ दिने निर्णय गरेको छ। राक्सिराङ…

गरीव तथा विपन्न बिरामीको निशुल्क डेंगु परीक्षण गर्दै चितवन मेडिकल कलेज

चितवन । भरतपुरको चितवन मेडिकल कलेज (सीएमसी) ले गरीव तथा विपन्न बिरामीहरुको निशुल्क डेंगु परीक्षण सुरु गरेको छ । चितवनमा…

दिल्लीमा १० बजे १० मिनेट !

याँदिल्ली । नेपालमा डेंगु संक्रमणले विकराल रूप लिंदै गएपछि ‘स्वास्थ्य–संकटकाल’ घोषणा गर्नेसम्मको चर्चा हुन थालेको छ । बेलैमा प्रभावकारी चेतनामूलक अभियान…

डेंगु आतंक:सरकार के गर्दै छ ?, डराए सांसद

काठमाडौं । संघीय संसद्मा डेंगु रोगको प्रकोप तथा नियन्त्रणमा भएको प्रयासबारे एक हप्तादेखि लगातार आवाज उठे पनि सरकारले चासो नदेखाएपछि…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

पाउनै छाडे माटोका गाग्री, किन भए त लोप !

राजधानीमा प्रहरीलाई मिल्यो ठुलो सफलता, थप अनुसन्धान हुँदै

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

डेंगु लागेका बिरामीले ३ हजार पाउने




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394