• /
    सोमवार, भदौ ३०, २०७६

एनसेलको पनि आम्दानी घट्याे, झण्डै ६ प्रतिशतले गिरावट

काठमाडौं । लाभकर विवादमा लामो समयदेखि अल्झिएकाे एनसेलको आय २०१९ को पहिलो ६ महिनामा झण्डै ६ प्रतिशतले घटेको छ ।

आजियाटाका अनुसार, गत आर्थिक वर्षबाट लगाईएको दूरसञ्चार सेवा शुल्क र अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आम्दानीमा भएको कमीले गर्दा एनसेलको कुल आयमा असर गरेको हो ।

आजियाटाले आफू अन्तरगत कम्पनीहरुको पहिलो ६ महिनाको आर्थिक विवरण गत साता सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदन अनुसार, २०१८ को ६ महिना (जनवरी देखि जुन) को अवधिको तुलनामा २०१९ को ६ महिनामा एनसेलको आम्दानी ५.७ प्रतिशतले घटेको छ भने मोवाइल सेवा अर्थात कोर मोवाइल रेभिन्युमा ३.२ प्रतिशतको गिरावट भएको छ ।

त्यसैगरी सो अवधिमा एनसेलको अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आयमा पनि १३.७ प्रतिशतले गिरावट आएको छ । भ्वाइस सेवा र अन्तर्राष्ट्रिय आगमन कल टेलिकम कम्पनीहरुको आयको प्रमुख स्रोत हो । विभिन्न माध्यमहरुको उपलब्धता र प्रविधिमा आएको परिवर्तनले गर्दा विश्वव्यापी रुपमा नै दूरसञ्चार सेवा प्रदायकहरुको भ्वाइस र  अन्तर्राष्ट्रिय आगमन कलको आय घट्दो क्रममा रहेको छ ।

एनसेलको कुल आयमा गिरावट आएता पनि कम्पनीको डाटा सेवाको प्रयोग भने आक्रामक रुपमा बढ्दो क्रममा रहेको आजियाटाको प्रतिवेदनले देखाउछ । २०१८ को पहिलो ६ महिनामा कम्पनीको कुल डाटा खपत १ करोड ५९ लाख जिबी रहेकोमा यो वर्ष सोही अवधिमा २ करोड १ लाख जिबी डाटा खपत भएको छ ।

कुल ग्राहक संख्यामा ४८.४ प्रतिशत एनसेल ग्राहकले डाटा सेवा लिएका छन् भने यो सेवाबाट हुने आम्दानीको कुल आयमा २२ प्रतिशतको योगदान रहेको प्रतिवेदनले देखाएको छ । कम्पनीको प्रति ग्राहक प्रति महिना डाटा खपत औषतमा ८९१ एमबि रहेको छ ।

आजियाटा प्रतिवेदन अनुसार, एनसेलको झण्डै १ करोड ६६ लाख ग्राहक छन् । २०१५ देखि लाभकरको विवाद झेलिरहेको एनसेल उत्कृष्ट करदाता मध्ये एक कम्पनी हो ।

एनसेलले केही साता अघि सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार उसले स्थापनाका देखि गत आर्थिक वर्ष २०७५/७६ सम्ममा रु २१० अर्व विभिन्न कर शीर्षकहरु अन्तर्गत तिरेको छ ।

सम्बन्धित समाचार

एनसेलको करसम्बन्धी फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन माग

काठमाडौं । एनसेलबाट पुँजीगत लाभकर नउठाउन आदेश दिने न्यायाधीशलाई महाअभियोग लगाएर हटाउने विषय संसद्मा प्रवेश गरेको छ । सत्तारुढ नेकपा तथा…

एनसेल कर विवाद : अदालतको आदेशमाथि छानबिन माग

काठमाडौँ । प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षका सांसदहरूले सर्वोच्च अदालतले गरेको एनसेलको लाभकर निर्धारणसम्बन्धी गरेको फैसलामा न्यायाधीशहरूमाथि छानबिनको माग गरेका छन् ।…

एनसेलको कर विवाद: सर्वोच्चले भदौ ५ गते निर्णय सुनाउने

काठमाडौं । एनसेलको कर विवादमा सर्वोच्च अदालतले भदौ ५ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि…

एकै दिनमा एनसेलको १७ वटा टावरमा आगजनी, विप्लव समूहमाथि आशंका

विराटनगर । मोरङको पथरीमा रहेको एनसेल टावरमा आगजनी भएको छ । बुधबार राति मोरङको पथरी शनिश्चरे नगरपालिका– ६ मंगलबारेमा रहेको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पाउनै छाडे माटोका गाग्री, किन भए त लोप !

राजधानीमा प्रहरीलाई मिल्यो ठुलो सफलता, थप अनुसन्धान हुँदै

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

डेंगु लागेका बिरामीले ३ हजार पाउने

नियम निलम्बनको प्रस्ताव स्वीकृत संसद




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394