• /
    शनिबार, माघ ११, २०७६

तालिबानसँगको वार्ता धरापमा


वासिङटनः एक वर्षदेखि अफगानिस्तान संकटका समाधानका लागि अमेरिका र अफगान विद्रोही समूह तालिबानसँग जारी शान्ति वार्ता टुंगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले वार्ताको संभावना नरहेको स्पष्ट गर्नुभयो । तालिबानसँग तत्काल वार्ता हुने सम्भावना छैन, उहाँले भन्नुभयो । दुई दिन अघिमात्र उहाँले तालिबानसँगको वार्ता रद्द गर्नुभएको थियो ।

काबुलमा अमेरिकी दूतावास नजिकै तालिबान समूहले गराएको कारबम बिस्फोटमा एक जना अमेरिकी सैनिकको मृत्यु भएपछि वार्ता अमेरिकाले वार्ता एकपक्षीय रुपमा भंग गरेको थियो ।

१८ वर्षदेखि अफगानिस्तानमा अमेरिका र तालिबानबीच सशस्त्र संघर्ष जारी छ । यस युद्धका कारण हजारौं अफगानी र करिब दुई हजार ४०० अमेरिकी सैनिकको ज्यान गइसकेको छ । अझै पनि दिनहुँ अफगानिस्तानमा सेना, प्रहरी, विद्रोही र सर्वसाधारणको ज्यान जानेक्रम रोकिएको छैन ।

अमेरिकाले अफगानिस्तानमा हाल करिब १४ हजार सेना तैनाथ गरेको छ । यी सेनाले खासगरी अफगान सेनालाई तालिम, परामर्श र हवाई सुरक्षा दिनेछ ।

सम्बन्धित समाचार

दक्षिण अफगानिस्तानमा तेह्र तालिबान लडाकू मारिए

काठमाडौं । अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा १३ तालिबान लडाकू मारिएका सेनाद्वारा मङ्गलबार प्रकाशित…

हवाई कारबाहीमा नौ लडाकू मारिए

काठमाडौं । अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स (आइएस) का नौ लडाकू मारिएका छन् ।…

तालिबानले अमेरिकी सेनामाथि आक्रमण जारी राख्ने

अमेरिका । ‘अमेरिकासँग शान्ति सम्झौता नभएसम्म हामी अमेरिकी सेनामाथि हमला गर्न जारी राख्नेछौं र हामी सरकारको शीर्षकमा काबुल प्रशासनसँग वार्ता…

अफगानिस्तानकाे चुनावी र्‍यालीमा विस्फोट, २४ को मृत्यु, राष्ट्रपति घानी मुश्किलले बाँचे

काबुलः उत्तरी अफगानिस्तानमा राष्ट्रपति असरफ घानीका निम्ति भएको एउटा चुनावी र्‍यालीमा भएको विस्फोटनमा परेर कम्तीमा २४ जना मारिएका छन्। उक्त…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

प्राचीन शैलीको ‘यल दरवार भेन्यू’उद्घाटन

मनाङेले झापड हानेका गुरूङ पनि पक्राउ

जडीबुटी निकासी वृद्धि

विद्यालय पुनःनिर्माणमा ढिलासुस्ती

बाँदर आतङ्क रोक्न पहरा




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394