• /
    सोमवार, भदौ ३०, २०७६

चिनियाँ विदेशमन्त्री वाङ चन्द्रागिरि हिल्समा


काठमाडौँ, तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी आज बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुग्नुभएको छ । काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत पुग्नुभएको हो ।    
चन्द्रागिरिको चुचुरोमा विदेशमन्त्री वाङलाई चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिशेख विक्रम शाह, सञ्चालकहरु हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गर्नुभएको थियो ।

    
चन्द्रागिरि डाँडामा अत्याधुनिक रिसोर्टको निर्माणसँगै विविध एकीकृत पर्यटकीय संरचनाहरुका साथै भालेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ ।    

 चन्द्रागिरि हिल्स नेपाल भ्रमणमा आउने विदेशी उच्चपदस्थ अधिकारीहरुका साथै विदेशी तथा स्वदेशी पर्यटकहरुको एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने गरेको छ । विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आमन्त्रणमा द्विपक्षीय वार्तामा भाग लिन आइतबार साँझ काठमाडौं आइपुग्नुभएको हो । (रासस)

सम्बन्धित समाचार

चिनियाँ विदेशमन्त्रीकाे नेपाल भ्रमण (तस्वीरहरू)

काठमाडाैंः तीन दिने भ्रमणका लागि नेपाल आउनुभएका चीनका विदेशमन्त्री वाङ यीले यसबीचमा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, नेकपा र नेपाली काँग्रेसका अध्यक्षद्वय…

चिनियाँ विदेशमन्त्री वाङ यीले प्रचण्ड र देउवालाइ भेट्ने

काठमाडाैंः नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीले मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग…

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीकाे भेटवार्ता, निकट भविष्यमा चीनबाट उच्चस्तरीय भ्रमणकाे सम्भावना

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ…

चीन र नेपालबीच तीन सम्झौता, मुस्ताङमा अस्पताल बनाइदिने

काठमाडौं । नेपाल र चीनबीच तीन सम्झौता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार सम्झौता पत्रमा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

एनसेल प्रकरण : सर्वोच्चको फैसलाविरुद्ध सडकमा उत्रँदै यी मन्त्री

स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

पाउनै छाडे माटोका गाग्री, किन भए त लोप !

राजधानीमा प्रहरीलाई मिल्यो ठुलो सफलता, थप अनुसन्धान हुँदै

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394