• /
    सोमवार, भदौ ३०, २०७६

डेङ्गुका बिरामी बढेसँगै चितवनमा रगतको अभाव

चितवनः डेङ्गुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पु¥याउन कठिन भएको हो ।

अहिले दैनिक १०० युनिट सेतो रगतको माग रहेको बताउँदै उहाँले केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन सकेको जानकारी दिनुभयो ।

सेतो रगतले प्लेटलेट निर्माणका लागि सहयोग गर्ने गर्दछ । डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत रक्तदान गरेको छ घण्टाभित्र बनाई सक्नुपर्ने हुन्छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार जिल्लामा नियमित रक्तदान नहुँदा बिरामीको मागअनुसार रगत दिन नसकिएको हो । पछिल्लो समय डेङ्गु सङ्क्रमित ८३३ पुगेपछि अझै थप समस्या देखिएको हो ।

न्यौपानेका अनुसार जिल्लामा सेतो रगतसँगै रातो रगतको पनि माग बढेको छ । जसका कारण नियमित रक्तदान गर्नका लागि सबैलाई आह्वान गरिएको छ । अहिले रातो रगतको माग दैनिक ७० युनिट रहेको भए पनि ५० युनिट मात्रै पु¥याउन सकिएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रले चितवन, गोर्खा, लमजुङ, तनहँुलगायतका १० जिल्लाबाट रगत सङ्कलनको काम गर्दै आएको छ । असार साउनमा खेती गर्ने समय भएकाले रगतको अभाव भए पनि अहिले बिरामीको चाप बढेसँगै रगत अभाव देखिएको न्यौपानेले बताउनुभयो ।

डेङ्गुका बिरामी बढेका कारण गाउँघरमा रक्तदानका कार्यक्रम पनि कम भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा वार्षिक ५० हजार युनिट रगतको माग हुँदै आएको छ । केन्द्रले ४० हजार युनिट रगत मात्रै पूरा गर्दै आएको छ ।

सम्बन्धित समाचार

विद्यालयमा डेङ्गु निषेध !, चलाउदै रोकथाम अभियान

धनगढी । डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ । यस क्रममा ‘इन्ट्र्याक्ट क्लब…

झापामा सयौ डेङ्गुका बिरामी

झापा । तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय…

नर्भिक इन्टरनेशनल हस्पिटलले डेङ्गु रोगीहरुको लागि विशेष व्यवस्थापन गर्दै

काठमाडौं । डेङ्गू रोगका विरामीहरु बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले डेङ्गु रोगीहरुको लागि विशेष व्यवस्थापन एवं उपचारका लागि छुट्टै वार्डको व्यवस्था…

डेङ्गु नियन्त्रणका लागि भारतको विधि नेपालमा चलाउन माग

विराटनगर । लामुखुटेृको टोकाइबाट डेङ्गुको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विद्यालयमा डेङ्गु निषेध !, चलाउदै रोकथाम अभियान

एनसेल प्रकरण : सर्वोच्चको फैसलाविरुद्ध सडकमा उत्रँदै यी मन्त्री

स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

पाउनै छाडे माटोका गाग्री, किन भए त लोप !

राजधानीमा प्रहरीलाई मिल्यो ठुलो सफलता, थप अनुसन्धान हुँदै




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394