• /
    सोमवार, भदौ ३०, २०७६

समाजवादको झण्डा फहराएरै छाडिन्छ: अध्यक्ष प्रचण्ड

काठमाडाैंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट समाजवादको नयाँ झण्डा फहराएरै छाडिने दृढता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभयो, “नेपालबाट समाजवादको नयाँ अध्याय शुरु भएरै छाड्ने छ । हामी कुनै पनि हालतमा केही न केही नयाँ मोडल स्थापित गरेरै छाड्नेछौँ । त्यसमा कुनै पनि तलमाथि हुने छैन ।”

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमा समेत नेकपाको ठूलो जनमतसहितको सरकारले केही गर्न सकेन भनेर निराश नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै भन्नुभयो, “म सबैलाई आग्रह गर्न चाहन्छु । एक डेढ वर्षमा केही भएन भनेर कुनै चिन्तित हुनु पर्दैन । यत्रो विशाल जनमत भएको पार्टीले नेपाली जनताको अपेक्षाअनुसार नै काम गर्छ । जनताको चाहनालार्ई सम्बोधन गर्दै समाजवादको नयाँ आधार स्थापित गरेरै छाड्छ ।”

विश्वका विभिन्न देशमा प्रयोग भएको समाजवादको अन्ध नक्कल गरेर कही पनि नपुग्ने भन्दै उहाँले नेपालको सापेक्षतामा मौलिक ढङ्गको समाजवादको झण्डा स्थापित गरेरै छाडिने उहाँको थप जोड थियो ।

नेकपाका नेता डिपी ढकालद्वारा लिखित ‘पूँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’ नामक पुस्तकको सार्वजनिक गर्नुहुँदै अध्यक्ष दाहालले नेपालमा कस्तो ढाँचाको समाजवाद स्थापना गर्ने भन्नेबारेमा आफूहरु सबै अग्निपरीक्षामा रहेको बताउनुभयो ।

आफूले हिम्मत गरेर नै पार्टी एकतालाई अगाडि बढाएको उल्लेख गर्दै उहाँले समाजवादलाई समेत लागू गरेरै छाडिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वका सबैखाले अनुभवलाई केन्द्रमा राखेर नेपालको आफ्नै मौलिकतामा समाजवादको जग तयार पार्न आफूहरु लागेको र विशाल कार्यकर्ताको पङ्क्तिले बहस र छलफल गरेर त्यसलाई थप समृद्ध पार्ने उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले आगामी दशक समाजवादको दशक हुने भएकाले त्यसलाई सफल बनाउन थप एकता, थप सुदृढ पहल जरुरी रहेको स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि दायाँबायाँ नगरी नेपाली जनतालाई साथमा लिएर समाजवादको नयाँ यात्रामा निस्कनसमेत नेपाली जनता, पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले समाजवादको झण्डका कुनै पनि हालतमा झुक्न नदिने उल्लेख गर्दै भन्नुभयो, “हिजो देखेको सपना तथा हामीले भन्दै आएको वैज्ञानिक समाजवादको झण्डा कुनै पनि हालतमा भुक्न दिइँदैन बरु थप सुदृढ बनाइन्छ ।”

वाम विश्लेषक हरि रोकाले कम्युनिस्ट सरकारले जनताका न्यूनतम आवश्यकता पूरा गर्नुपर्नेमा जोड दिनुभयो । ठूलाठूला सपनाभन्दा पनि साना सामान कामबाट जनताकोे विश्वास जित्न उहाँले नेकपा र वर्तमान सरकारलाई आग्रह गर्नुभयो ।

विश्व अर्थतन्त्र, समाजवाद, पूँजीवाद र नेपालको अर्थप्रणालीको विषय समेटिएको उक्त पुस्तकलाई जागरण बुक हाउसले प्रकाशनमा ल्याएको हो ।

सम्बन्धित समाचार

अराजकतावादीविरुद्ध प्रतिकारमा उत्रन कार्यकर्तालाई प्रचण्डको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको…

परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग…

अध्यक्ष प्रचण्डले भने : ‘बिआरआई कार्यान्वयनमा नेपालको सक्रियता भएन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिआरआईको तयारीमा नेपालको पक्षबाट सक्रियता कम भएको स्विकारेका छन् ।…

शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल नहुने बताएका छन् ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पाउनै छाडे माटोका गाग्री, किन भए त लोप !

राजधानीमा प्रहरीलाई मिल्यो ठुलो सफलता, थप अनुसन्धान हुँदै

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

डेंगु लागेका बिरामीले ३ हजार पाउने

नियम निलम्बनको प्रस्ताव स्वीकृत संसद




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394