• /
    मङ्लबार, मंसिर ३, २०७६

हङकङ प्रदर्शनः २०० विद्यालयका १० हजार विद्यार्थीले गरे कक्षा बहिष्कार

काठमाडौं । हङकङमा नयाँ शैक्षिक वर्षको पहिलो दिन माध्यमिक विद्यालय र विश्वविद्यालयका हजारौँ विद्यार्थीहरुले कक्षा बहिष्कार गरेका छन् ।

कक्षा बहिष्कारमा २०० विद्यालयका १० हजार माध्यमिक विद्यार्थीहरुले भाग लिएको आयोजकहरुले अनुमान गरेका छन् ।सोमबार बिहानै प्रदर्शनकारीहरुले विभिन्न स्टेशनहरुमा रेल सेवाहरु अवरुद्ध गर्दा स्टेशनमा यात्रुहरुको ठूलो भिड लागेको थियो । तर पछि रेल सेवा फेरि सुरु गरिएको थियो ।

त्यसपछि माध्यमिक विद्यालयका छात्रहरु शहरको मध्य जिल्लामा रहेको एडिनबर्ग प्लेसमा एकत्रित भएका थिए । ‘म कुनै पनि अनुशासनात्मक परिणाम लिनको लागि तयार छुँ’, शाम शुई पो जिल्लामा रहेको एक कलेजका छात्र हङकङको अखबार साउथ चाइना मर्निङ पोस्टलाई बताए ।

गएको शनिबार प्रदर्शनकारीहरुले शहरको संसद भवनमा पेट्रोल बम प्रहारसँगै आगो पनि लगाएका थिए र भिडलाई तितरबितर गर्न प्रहरीले अश्रुग्याँस, रबरको गोली, पानीको फोहोरा प्रहार गरेको थियो ।

हङकङ आफ्नो प्रदर्शनको १४ औँ हप्तामा प्रवेश गर्दैछ । अपराध गरेर हङकङ भाग्नेलाई मुद्दा चलाउनका लागि चीन पठाउने भन्ने ‘सुपुर्दगी’ कानुनको विरोधस्वरुप प्रदर्शन सुरु भएको थियो ।

सम्बन्धित समाचार

लगातार दोस्रो दिन पनि हङकङको विमानस्थलमा प्रर्दशन, उडान र अवतण रोकियो

काठमाडौं । सरकार विरोधी प्रदर्शनका कारण लगातार दोस्रो दिन हङकङको अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान तथा अवतरण स्थगित भएको छ ।सयौं…

हङकङमा आइतबार पनि दशौं हजारले प्रदर्शन गरे

हङकङ । अधिक स्वतन्त्रता र प्रजातन्त्रको माग गर्दै हङकङमा आइतबार पनि दशौं हजारले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले हङकङको ठाउँठाउँमा…

हिंसात्मक प्रदर्शनले हङकङमा उग्र रुप लियो, प्रहरीद्वारा रबरको गोली र अश्रुग्यास प्रहार

काठमाडौं । हङकङमा सुपुर्दगी सम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर जारी आक्रोशले हिंसाको रूप लिँदा सडकमा विरोध प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले रबरको…

क्यादीले ६० करोड अमेरिकी डलरमा एचके एक्सप्रेस खरिद गर्ने

हङकङ । हङकङको ध्वजाबाहक विमान कम्पनी क्यादी प्यासिफिकले बजेट एयरलाइनर एचके एक्सप्रेसलाई खरिद गर्न लागेको छ ।क्यादीले उक्त एक्सप्रेसलाई झन्डै…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

पूजामाथी बलात्कार गर्नेलाई साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा ६० प्रतिशतसम्म छुट

मोबाइल टावर सञ्चालन

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

गाईभैँसी किन्न गाउँ सरकारको अनुदान




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394