• /
    सोमवार, भदौ ९, २०७६

किर्गिजस्तानका पूर्व राष्ट्रपतिमाथि सत्ताविद्रोहको आरोप

बिश्केक । किर्गिजस्तानका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभमाथि सत्ताविद्रोहको योजना बनाएको आरोपमा गिरफ्तार गरिएको त्यहाँको सुरक्षा सेवाले जनाएको छ । पूर्व राष्ट्रपति अटामबायेभलाई गत साता प्रहरीले पक्राउ गरेको थियो । अटामबायेभ सन् २०११ देखि २०१७ सम्म किर्गिजस्तानको राष्ट्रपति थिए।

अटामयेभलाई पक्राउ गर्नु अघिल्लो दिन उनका समर्थक र प्रहरीबीच भिडन्त भएको थियो । राष्ट्रिय सुरक्षा सेवाका प्रमुख ओरोजबेक ओपुमबायेभले पत्रकार सम्मेलन गर्दै पूर्व राष्ट्रपति अटामयेभले मुलुकमा रक्तपात चाहेको आरोप लगाए। सुरक्षा प्रमुख ओपुमबायेभले भने– पूर्व राष्ट्रपतिको एकमात्र चाहना सत्ताविद्रोह देखिएको छ ।

पूर्व राष्ट्रपति अटामबायेभमाथि हत्याको आरोपका विषयमा पनि अनुसन्धान थालिएको सुरक्षा सेवाले जनाएको छ । राजधानी विश्केकमा भएको प्रदर्शनमा पूर्व राष्ट्रपतिका समर्थकहरु हतियार सहित प्रदर्शनमा उत्रिएको र त्यसक्रममा एक सुरक्षाकर्मीको मृत्यु हुनुका साथै १३० जनाभन्दा बढी घाइते भएका थिए । सुरक्षा सेवाका वकील जमिर बेइसेकिभले सरकारी अधिकारीहरुको नियोजित हत्या र हिंसा भड्काउन पूर्व राष्ट्रपतिको भूमिकाका बारेमा पनि अनुसन्धान भइरहेको बताए

दुई दशकभित्रै किर्गिजस्तानमा दुई पटक क्रान्ति भइसकेको छ । पूर्व राष्ट्रपति अटामबायेभ र राष्ट्रपति सूरोनबाई जीनबेकोभबीच तिक्ततापूर्ण सम्बन्ध रहेको छ । अटामबायेभको गिरफ्तारीका बारेमा प्रहरीले दुई पटक सूचना पठाए पनि उनले आत्मसमर्पण गरेका थिएन । उनी माथि आफ्नो राष्ट्रपतीय शासनकालमा चेचेन कुख्यात व्यक्ति अजिज बाटुकायेभलाई सन् २०१३ मा मुक्त गरेको विषयमा पनि सरकारले छानबिन थालेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394