• /
    सोमवार, भदौ ९, २०७६

दाउराको चिर्पट प्रहार गर्ने ४ जना पक्राउ

पर्वत । जलजला गाउँपालिका–४ लामाखेतका १७ वर्षीय पावल बिकलाई चिर्पट प्रहार गरी फरार भएका ४ जना आरोपीलाई पर्वत प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी वारीवेनी पर्वतबाट खटिएको प्रहरी टोलीले जलजला गाउँपालिका–४ लामाखेतका ३९ वर्षीय कबिन गर्वुजा, ३३ वर्षीय तेजेन जुग्जाली, २० वर्षीय राजु पुन र २४ वर्षीय अमित फगामीलाई पक्राउ गरेको हो ।आफ्नै घरमा लुकीछुपी बसेको सूचनाका आधारमा उनीहरुलाई सोमवार साँझ पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी पावललाई आइतबार राति उनीहरुले दाउराको चिर्पट प्रहार गरेका थिए । घाइते पावल गण्डकी मेडिकल कलेज पोखरामा उपचार पश्चात घर फर्किसकेका छन् । पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394