• /
    सोमवार, भदौ ९, २०७६

म हरेक रात रुँदै सुत्दथें: विद्या बालन

अभिनेत्री विद्या बालनले आज आफू सफल अभिनेत्रीको रुपमा स्थापित भए पनि कुनै बेला उनले निकै संघर्ष गर्नु परेको कुरा उल्लेख गरेकी हुन् ।

मुम्बईबाट प्रकाशित हुने एउटा पत्रिकालाई अन्तर्वार्ता दिदै उनले एक समय काम पाउनै छाडेको खुलासा गरेकी हुन् । त्यो बेला उनी प्रत्येक रात आँखाभरी आँशु राखेर सुत्थिन् ।

बालले भनेकी छिन्–कुनै बेला त्यस्तो पनि थियो, जति बेला म हरेक रात रुँदै सुत्दथें ।’ आफ्नो संघर्षको दिनहरु सम्झदै उनले भनेकी छिन्-‘दक्षिण भारतको फिल्म उद्योगमा मैले लगातार तीन वर्षसम्म रिजेक्सनको सामना गर्नु परेको थियो ।

त्यो बेला म राती-राती रुन बाहेक अरु केही गर्न सक्दिन थिएँ । तर भोलिपल्ट बिहान पुनः संघर्षका लागि तयार भैसकेकी हुन्थें । बिहान आफ्नै खुट्टामा उभिएर, अनुहारमा मुस्कान तथा एउटा ठूलो आशासहित म पुनः कामको खोजिमा निस्किन्थें ।’

त्यसो त विद्या बालनको जीवनमा एक समय त्यस्तो पनि आएको थियो जब उनलाई लगातार आठ वटा बायोपिकबाट प्रस्ताव आएका थिए । तर उनले ती मध्ये एमएस सुब्बूलक्ष्मीबाहेक अन्य कुनै पनि बायोपिकमा काम गरिनन् ।

विद्यालाई मीना कुमारीको बायोपिकमा काम गर्न मन थियो तर आजसम्म उनीसमक्ष कसैले पनि यसका लागि प्रस्ताव लिएर आएका छैनन् । आज पनि उनी उक्त फिल्ममा काम गर्न इच्छुक छिन् ।

विद्या बालनले ठूलै संघर्ष र कडा मेहनतपछि मात्र बलिउडमा एउटा ठूलो नाम बनाउन सफल भएकी हुन् । विद्या वालन प्रदर्शनको तयारीमा रहेको नयाँ फिल्म ‘मिशन मंगल’ देखिंदैछिन्, जुन मार्स अर्बिटर मिसनमा आधारित छ ।यो फिल्म यही शुक्रवार प्रदर्शन हुँदैछ । उनी मिशन मंगल फिल्ममा अक्षय कुमार, सोनाक्षी सिन्हा, तापसी पन्नू तथा कीर्ति कुल्हरीसंगै देखिने छिन् ।

सम्बन्धित समाचार

पूर्व राष्ट्रपति ओबामा र उनकी पत्नी मिसेलको हलिउडमा डेब्यू

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले हलिउडमा डेब्यू गरेका छन् । वृत्तचित्र ‘अमेरिकन फ्याक्ट्री’ मार्फत उनीहरुले…

बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउने

बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउने भएकी छन् । अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी फिल्म ‘पासवर्ड’ फिल्मको प्रिमियरका लागि…

श्रीदेवी पुत्री जाह्नवी ‘घोस्ट स्टोरिज’मा

गएको वर्ष करण जौहरको फिल्म ‘धडक’मार्फत जाह्नवीले करिअर सुरु गरेकी श्रीदेवी पुत्री अभिनेत्री जाह्नवी कपुरसँग धेरै फिल्मको अफर छ। यसै…

शिल्पाले गरिन् १० करोडको अफर अस्वीकार !

बलिउड अभिनेत्रीमा सबैभन्दा बढी फिट रहेकी शिल्पा शेट्टी ४४ वर्षको उमेरमा पनि जवान देखिन्छिन् । उनी सफल फिल्ममा उनले गरेका…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394