• /
    सोमवार, भदौ ९, २०७६

वेस्ट इन्डिज भारतसामु निरिह, गेलको ३०० औं खेल पनि फ्लप

काठमाडौंः वेस्ट इन्डिज भ्रमणमा रहेको भारतीय टिमले वेस्ट इन्डिजलाई पहिलो एक दिवसीय क्रिकेट खेलमा ५९ रनले पराजित गरेको छ । ट्रिनीड्याडको पोर्ट अफ स्पेनमा खेलिएको पहिलो खेलमा वर्षाले केही समय खेल रोकिएको थियो । डकवर्थ लेविस नियमका आधारमा भारत विजयी भएको हो ।
टस जिती पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २७९ रन बनाएको थियो । भारतीय कप्तान विराट कोहलीले सर्वाधिक १२० तथा श्रेयस अयरले ७१ रनको महत्वपूर्ण पाली खेलेका थिए ।
जितका लागि ४६ ओभरमा २७० रन बनाउनुपर्ने संशोधित चुनौती पाएको वेस्ट इन्डिज ४२ ओभरमा २१० रनमै अलआउट भयो ।


वेस्ट इन्डिजका लागि ३००औं अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिरहेका प्रारम्भिक ब्याट्सम्यान क्रिस गेल पुनः असफल भए । ११ रनमा आउट भएका गेललाई भारतीय बलर भुवनेश्वर कुमारले एलबीडब्लु आउट गरेका थिए ।
भारतका लागि भुवनेश्वर कुमारले ४ विकेट लिएका थिए ।
खेलमा म्यान अफ द प्लेयरको उपाधि भारतका कप्तान कोहलीले पाए ।
तीन खेलको एक दिवसीय शृंखलामा भारतले १-० ले अघि भएको छ । यसअघि तीन खेलको टी२० पनि भारतले नै जितेको थियो ।

सम्बन्धित समाचार

यू–१९ एसिया कप क्रिकेट: रोहितकुमारको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ । सन्दीप जोरा, आसिफ शेख…

एशिया कप क्रिकेट: नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौँ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको…

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इङ्गल्याण्डको लण्डनमा बिहीबार…

एकदिवसीय क्रिकेटकाे वरीयता : ब्याटिङतर्फ काेहली, बलिङतर्फ बुमराह शीर्ष स्थानमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले एकदिवसीय खेलाडीको वरीयताक्रम सार्वजनिक गरेको छ । विश्वकपमा गरेको प्रदर्शनका आधारमा सार्वजनिक गरिएको वरीयताक्रममा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394