• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   एन्फा उपाध्यक्ष दावा लामा छुटे ★   शिक्षकहलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु: मन्त्री श्रेष्ठ ★   पोर्चुगलमा समुद्रमा सेलफिस खोज्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो ★   महालेखापरीक्षकमा तोयम राया नियुक्त ★   डा अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा नियुक्त ★   बर्दिबासमा एक अर्ब १० करोडको लागतमा पाँच तारे होटल ‘रामिणी’ बन्ने  ★   कोशी प्रदेशसभाको विशेष अधिवेशन ★   उच्चशिक्षा अध्ययनमा एसएचई अष्ट्रेलियाको सुरुवात, गुणस्तरीय शिक्षाको प्रतिबद्धता ★   भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे ★   पोखरामा माइक्रो बस र जीप ठोक्किँदा आठ चिनियाँ घाइते

०७ सालदेखिको सपना पूरा भयो : प्रधानमन्त्री, नेपालको विजय : दाहाल



काठमाडौँ, भदौ ३१ । नेपालको नयाँ संविधान बुधबारको संविधानसभा बैठकबाट पारित भएपछि प्रमुख दलका शीर्ष नेताले यस घटनालाई ऐतिहासिक भन्दै अब मुलुकमा स्थिरता र समृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

दीपावली गरौं : प्रधानमन्त्री
बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली जनताको २००७ सालदेखिको सपना पूरा भएको बताए ।

सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘सबैको योगदानबाट आज संविधान पारित भएको छ, म सबैलाई बधाई दिन्छु र दीपावलीका लागि आह्वान गर्छु ।’

राजनीतिक सङ्क्रमणकाल टुङ्गियो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि नेपाली जनताले गरेको प्रतिक्षाको घडी समाप्त भई जनताले आफ्ना प्रतिनिधिमार्फत् आफ्नो संविधान बनाउन सफल भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘सबैको भूमिकाबाट यो ऐतिहासिक उपलब्धि हुन सम्भव भएको हो । अब नेपालको राजनीतिक सङ्क्रमणकाल टुङ्गियो । दोस्रो संविधानसभा पनि असफल हुने हो कि भन्ने शङ्काको पनि अन्त्य भयो ।’

अध्यक्ष ओलीले अब प्राकृतिक रुपमा सुन्दर र स्रोत साधनयुक्त नेपाललाई नयाँ संविधान कार्यान्वयनका आधारमा अघि बढाउने कार्यभार आएको बताए ।

नेपालको विजय : दाहाल
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको सपना साकार भएको रुपमा लिँदै जनता, राष्ट्र र स्वाभिमानको विजय हो भने ।

उनले भने, ‘संविधान बन्ने प्रक्रियामा त्याग र बलिदान गरेको पार्टीको नेताका नाताले सबै सहिद र घाइते तथा सबै जनतालाई बधाइ दिन चाहान्छु ।’

दाहालले विश्वको कुनै पनि मुलुकमा संविधानसभाबाट बन्ने संविधान धर्मशास्त्रका रुपमा नरहने भएकाले यसलाई परिमार्जन र गतिशील बनाउन सकिने भएकाले सभाबाहिर रहेका दललाई वार्तामा आउन तथा विजयउत्सवमा सहभागी हुन आग्रह गरे ।

खुशीको क्षण : खनाल र देउवा
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफूलाई जीवनकै अहिलेसम्मको खुसीको अनुभव भएको भन्दै जनताले आफ्ना प्रतिनिधिमार्फत् संविधान बनाएको गौरव र ऐतिहासिक घटनाका रुपमा लिएको बताए ।

काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली जनताको २००७ सालदेखिको चाहना पूरा भएकाले अब आन्दोलनकारी दललाई पनि वार्तामा आई मुलुकको उन्नतिमा लाग्न आग्रह गरे । रासस