• /
    सोमवार, भदौ ३०, २०७६

भानुभक्तीय रामायणको बहुआयामिक सन्दर्भ

लेखक : कृष्ण भण्डारी


विषय प्रवेश :

भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन् । नेपाली भाषा नै सबैका लागि सुबोद्य नभएको त्यो बेलामा उनले भाषासेवाको क्षेत्रमा उल्लेख्य कार्य गरे । हुन त नेपाली भाषाका कविता त्यसभन्दा पहिला नरचिएका होइनन् । तथापि सरल नेपाली भाषामा रचिएका ठूला काव्यहरू थिएनन् । तत्कालीन समाज विशेषतः धर्मप्रति अगाध आस्था भएको समाज हो । नेपाली समाज धर्मको ठूलो महिमा थियो । नेपालीमा रामायणको रचना साँच्चै एउटा युगान्तकारी घटना हो । नेपाली काव्य आकाशमा शुक्रताराझैँ भानुभक्त उदाए र नेपालीले महाकाव्य पायो । नेपाली भाषा जो पाखे ठानिन्थ्यो, महाकाव्य लेख्न सकिने एउटा समर्थ भाषामा दर्ता भयो ।

भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन् । नेपाली भाषा नै सबैका लागि सुबोद्य नभएको त्यो बेलामा उनले भाषासेवाको क्षेत्रमा उल्लेख्य कार्य गरे । हुन त नेपाली भाषाका कविता त्यसभन्दा पहिला नरचिएका होइनन् । तथापि सरल नेपाली भाषामा रचिएका ठूला काव्यहरू थिएनन् । तत्कालीन समाज विशेषतः धर्मप्रति अगाध आस्था भएको समाज हो । नेपाली समाज धर्मको ठूलो महिमा थियो । नेपालीमा रामायणको रचना साँच्चै एउटा युगान्तकारी घटना हो । नेपाली काव्य आकाशमा शुक्रताराझैँ भानुभक्त उदाए र नेपालीले महाकाव्य पायो । नेपाली भाषा जो पाखे ठानिन्थ्यो, महाकाव्य लेख्न सकिने एउटा समर्थ भाषामा दर्ता भयो ।

भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन् । नेपाली भाषा नै सबैका लागि सुबोद्य नभएको त्यो बेलामा उनले भाषासेवाको क्षेत्रमा उल्लेख्य कार्य गरे । हुन त नेपाली भाषाका कविता त्यसभन्दा पहिला नरचिएका होइनन् । तथापि सरल नेपाली भाषामा रचिएका ठूला काव्यहरू थिएनन् । तत्कालीन समाज विशेषतः धर्मप्रति अगाध आस्था भएको समाज हो । नेपाली समाज धर्मको ठूलो महिमा थियो । नेपालीमा रामायणको रचना साँच्चै एउटा युगान्तकारी घटना हो । नेपाली काव्य आकाशमा शुक्रताराझैँ भानुभक्त उदाए र नेपालीले महाकाव्य पायो । नेपाली भाषा जो पाखे ठानिन्थ्यो, महाकाव्य लेख्न सकिने एउटा समर्थ भाषामा दर्ता भयो ।

रामायणको सफलताले नेपाली साहित्य सिर्जनाको सम्भावनालाई लङ्कै पलङ्कै बढाएर लग्यो । आजको साहित्यिक उपलब्धि भानुभक्तीय साहित्यमा अडेको छ (सिन्हा : १९९९) । रामायण पूर्वीय वाङ्मयको भारतीय काव्यको एउटा अद्वितीय उपार्जन हो, तर भानुभक्तको रामायण नेपाली काव्य हो । भानुभक्तीय रामायणमा नेपाली आत्माको अभिव्यक्ति छ, नेपाली मुटुको बोली छ र नेपाली सङ्गीको लोली छ । नेपाली छोरीको कथा छ, नेपालीका जुवाइँको कथा छ ।


मर्यादा पुरुषोत्तम श्रीराम र सतीशिरोमणि भगवती सीताका साथै रामायणका आदर्श पात्रहरूको चरित्रचित्रण नेपाली समाजमा आदर्शका मुहान बनेर रहेका छन् । नेपाली संस्कृतिमा रामायणको प्रतिविम्ब, नेपालमा आदिकाव्य रामायणको रचना, नेपाली साहित्य र लोकसाहित्यमा रामायण संस्कृतिको प्रभाव परेको पाइन्छ (भण्डारी : २०६८) । यसरी हिन्दू धर्मावलम्बीहरूको आधिक्य रहेको नेपाल जस्तो मुलुकको सामाजिक र धार्मिक अवस्थालाई हेर्दा रामायण आवश्यकीय रचनाका रुपमा पनि लिन सकिन्छ । नेपाली भाषाको विकासको लागि त उनको योगदान कोसे ढुङ्गा सावित भएको पाइन्छ ।

भानुभक्तीय रामायणमा नेपाली आत्माको पुकार छ, नेपाली जिब्राको बोली छ, नेपाली हृदयको छाप छ (सिन्हा : १९९९) । भानुभक्तीय रामायणका पात्रपात्राका बोलीचाली, उठ्बस्, शोक, उल्लास, रन्कारन्की, दया, माया, हिँडाइ, डुलाइ र पाखुरा चलाइमा नेपालीपन गुञ्जिन्छ । तसर्थ भानुभक्तीय रामायणका भूगोल, समाज र व्यक्तिहरू मूल रामायणकै भए पनि नेपाली स्वरुपमा भानुले तिनीहरूलाई प्राप्त गरेका छन् । मजबुनमा जातीयकरण वा नेपालीकरण नै भानुको त्यो विशिष्ट उपलब्धी हो, जसले महत्वपूर्ण राष्ट्रिय कविका रुपमा उनलाई प्रतिष्ठित पारिदिन्छ । उनै क्रम र शृङ्खलामा भए पनि भानुभक्तीय रामायण अनुवाद होइन, पुन: सिर्जनाको रुपमा देखा पर्छ । अर्कोतिर जातीय परिवेश र कवि व्यक्तित्व यस सन्निकटताले गर्दा उनको रामायण जीवित हुन्छ र जीवनमय बन्छ । अन्यथा नेपाली साहित्यको अभावग्रस्त दिनको उपलब्धि भए पनि भानु रामायण यतिको महिमामय हुने थिएन (वासुदेव:३४४) ।

पहिले पहिलेका रचनाहरू संस्कृत भाषामा लेखिएका हुने भएकोले प्राय दुर्बोद्य हुने गर्दथे । भानुभक्तले पहिलो पटक अध्यात्म रामायणलाई नेपाली सरल भाषामा भावानुवाद गरेपछि भने यो काव्य नेपाली जनजिब्रोमा राम्रोसँग झुण्डिएको थियो । यस काव्यले समाजमा आदर्श प्रभाव पार्नुका साथै जनमानसमा पनि अनुकरणीय प्रभाव पार्न सफल रह्यो । यसको भाषा सरल, सरस र सुबोद्य भएकोले रामायणले नेपाली भाषालाई व्यवहारमा लागू गर्ने वातावरण सिर्जना गरेको पाइन्छ । यसमा देखाइएको पितृभक्ति, मातृभक्ति, पतिभक्तिजस्ता विषयहरू अनुकरणीय छन् । राजाले गर्नुपर्ने जनताप्रतिको दायित्वका बारेमा पनि व्यापक रुपमा उल्लेख गरिएको छ ।

भानुक्तीय रामायण वाल्मीकीय रामायण त हुँदै होइन, अनुवादलाई आधार मात्र लिएर लेखिएको भानुक्तीय रामायण अध्यात्म रामायणभन्दा पनि भिन्नै छ (प्रधान : पृ. ३५) । भानुको जुन रामायण छ, त्यो अध्यात्म रामायणको सङ्क्षिप्त भाषान्तर भए पनि, यस्तो ढङ्गले अनुवादन भएको छ, त्यो अध्यात्म रामायणको सङ्क्षिप्त रुपमा भाषान्तरण गरिएको हो भन्न सहसा कठिन पर्छ । यो एउटा स्वतन्त्र महाकाव्य हो, जसको कहानी नै पूर्णतया मौलिक छ भन्ने बोध हुन्छ (प्रधान : पृ. ३६) ।

रामायणमा काण्ड विभाजन

बालकाण्ड : यो रामायणको पहिलो काण्ड हो । यस महागाथाको शिशुरुप, यस काण्डमा दुष्टदमन कार्यको बीज छ । कार्यका पाँच अवस्थामध्ये यो प्रारम्भ पनि हो र राम ब्रह्मासित सीता मायाको विवाह संयोग घटित भएर यो ‘मुख सन्धि’ को घटना पनि हो । काण्डान्तमा परशुरामसितको घटनाले राममा पर्याप्त शक्तिमत्ता र सौम्यता पनि प्रकट हुन्छ, जुन चरित्र काव्यका नायकमा अपेक्षित हुन्छ । पुत्ररसमा निमग्न दसरथकहाँ एकदिन एक्कासी विश्वामित्रको आगमन हुन्छ । उनले रामलाई वन लग्छन् । यस प्रसङ्गले ताडकाबध, मारीच सिवाहु दमन, अहल्या उद्धार, धनुषभङ्ग, सीता स्वयंवर, परशुराम दर्पचुर्ण आदिआदिका प्रकरण खुल्छन् । यस बालकाण्डको अनुवाद भानुले वि. सं. १९४१ मा गरे ।

अयोध्याकाण्ड : रामायणको यो दोस्रो काण्ड हो । यस काण्डको शीर्षकले भूमिको अर्थवत्ता ग्रहण गर्छ । अयोध्याको राज्यका उत्तराधिकारीको समस्या यहाँ छ । यहाँ नागरीय राजनीतिको प्रश्न प्रमुख बन्छ । रावणबध मूल कार्यको यो दोस्रो यत्न अग्रगति हो । अर्थ प्रकृति अनुसार यो दोस्रो विन्दु हो । यहाँ प्रतिमुख प्रतिगामी सन्धि पनि छ । शिक्षा र स्वयंवरपछि वनवास अघिसम्म राम, लक्ष्मण र सीताको कथा अयोध्याभित्रै सीमित छ । कैकेयीको कुचक्र, रामादिको वन गमन, रामभरत मिलन, चित्रकूटको वर्णन, पादुका दान तथा भरतको नन्दीग्रामको निवास आदि यस काण्डमा प्रमुख प्रसङ्गहरू भए पनि नेपाली राम कथाहरूमा राम वनवासको प्रसङ्ग सर्वोपरि देखिन्छ ।

अरण्यकाण्ड : रामायणको यो तेस्रो काण्ड हो । अरण्य अर्थात् वनजङ्गल प्राचीन आर्य जीवनको अभिन्न शान्ति साधना स्थल हो । यो नागरीय जीवनको अर्को पाटो पनि हो । यो त्याग, निर्लिप्तता, निसङ्गताको पृष्ठभूमि हो । फलप्राप्तितिर लम्केको कार्यमा शूर्पनखा वैरुप्यले यत्नलाई अझै दह्रो बनाएको छ । यसले आगामी दुर्घटनाको सङ्केत पनि दिन्छ र घटनाको सन्धिस्थलमा यो पर्व सन्धि प्रसङ्ग हो । रेवतीरमण नेउपानेले यसलाई वनकाण्ड भनेका छन् । अत्रिका आश्रमबाट अब राम वनतर्फ लाग्छन् अर्थात् चित्रकूटदेखि पञ्चवटीतर्फ विराध, रवर दूषण कबन्ध आदि राक्षसहरूको बध, शूपर्णखाको विरुपीकरण आदिका साथै सीताहरणको प्रख्यात प्रकरण यसै काण्डमा पर्छ । अरण्य काण्ड वा वनकाण्ड एउटा आश्रम काण्ड पनि हो । अत्री, अगस्ती, शरभंग, सुतीक्ष्ण आदि ऋषिहरूका आश्रमआश्रममा राम पुग्छन् । आफै पनि पञ्चवटीमा एउटा सुन्दर आश्रम बनाएर बस्न लाग्छन् ।

किष्किन्धाकाण्ड : रामायणको चौथो काण्ड किष्किन्धाकाण्ड हो । अयोध्याकाण्ड जस्तै यो काण्ड पनि स्थानवाची छ । किष्किन्धा राज्यको प्रासङ्गिक कथा उद्देश्य प्राप्तिमा पताका भएर उपस्थित हुन्छ । कार्यको अवस्थामा भने प्रत्याशाको यो पहिलो प्रक्रम हो । चरित्रहरूले कर्तव्य र आगामी योजनाको विचार विमर्श पनि यहीँ गरेकाले यो काव्य कथाको विमर्श सन्धि उपस्थित गर्ने ठाउँ पनि हो । ऋष्ययुग गिरिको टाकुरामा जहाँ प्रसिद्ध पम्पा ताल पनि छ । राम र लक्ष्मण सीतालाई खोज्दै पुग्छन् । रामहनुमान भेट, राम सुग्रीव मैत्री, बालि बध, ताराविलाप, ऋतु वर्णन, सीता सन्धानमा बानरहरूको प्रस्थान आदि यस काण्डका मुख्य प्रसङ्गहरू हुन् ।

सुन्दरकाण्ड : रामायणको पञ्चम् काण्ड सुन्दर काण्ड हो । किष्किन्धाको समुद्रपक्षालित उत्तरी किनारा नाघेर स्वर्णमयी लङ्काको सुन्दर भूमिमा प्रविष्ट हुन्छ, सुन्दर काण्ड । सङ्गीतको पञ्चम् स्वर जस्तो सुन्दर छ यो सुन्दर काण्ड । सात काण्डमा बाँकी छ काण्डका नाम स्थान वा अवस्थावाची छन् भने यो पञ्चम् काण्ड भाववाची छ । हो, भावकै खेल छ । सुन्दर असुन्दर केही छैन, केवल मनको खेल हो भनेझैँ कसैले यस काण्डलाई सुन्दर काण्ड भन्नुमा असङ्गति देख्छन् । यहाँ सबै असुन्दर छन् । सुन्दर भन्ने के छ ? सीताको कैदी जीवन, राक्षसीहरूका कडा पहरा, विरहका दुखद दिनहरू, रावणको डर र धम्की, सतीत्वकै सङ्कट, आत्महत्यासम्मको स्थिति, यी सब त्रासदीय पृष्ठभूमिले सुन्दरता झल्काउँदैन, बिरुपता झल्काउँछ (स्वामी : १९७८) । कसैले यसमा सुन्दरै सुन्दरको बास पनि देख्छन् । हनुमानको जागृत शक्ति समुद्रलङ्घनको दर्शनीय दृश्य, लङ्काकोे अशोक वन र नगर, सीताको दर्शन अक्षयादि राक्षसहरूको क्षय र लङ्कादहनको विजयी पूर्वाभास, सीता सन्धानको सफलता र अन्त्यको सीताको सन्देशले यो काण्ड साँच्चै सुन्दर भएको छ । सुन्दर भएर नै सुन्दर काण्डको रुपमा पनि यसको प्रकाशन धेरैले धेरै पटक गरी आफ्नो व्यवस्थासमेत बढाएका छन् । लेखक कविहरूले पनि यसलाई आ-आफ्ना भाव वा शैलीमा ढालेका छन् ।

युद्धकाण्ड : रामायणको छैटौँ काण्ड युद्ध काण्ड हो । रामकथाको फलागम वा फलप्राप्ति यही हो । सीता र रामको संयोगलाई कार्य रुपमा लिँदा यो निर्वहण सन्धि पनि हो । वाल्मीकिको रामायण यहीँ टुङ्गिन्छ र यहीँ काव्यको फलश्रुति पनि छ । यस काण्डलाई राम चरित मानसमा लङ्काकाण्ड भनिएको छ । मानसबाट प्रभावित कतिपय नेपाली रचनाहरूमा पनि लङ्काकाण्ड पाइन्छ ।

उत्तरकाण्ड : वाल्मीकि रामायणको यो सातौँ काण्ड पछिबाट थपिएकोले यस काण्डको नाम नै उत्तर काण्ड रह्यो । यसलाई अध्येता आलोचकहरू प्रक्षिप्त काण्ड मान्दछन् । प्राचीन रामकथा सुखान्तक थियो । रावणबधपछि सीताको पुनप्र्राप्ति रामकथाको अन्तिम वण्र्य विषय हो । रामचरित, रावण चरित, बालिसुग्रिव चरित, रामराज्य वर्णन, सीता त्याग, रामगीता, लवकुश गान, महाप्रयाणादि अध्यात्म रामायणका वण्र्यवस्तु हुन् । यस उत्तर काण्डलाई कसैकसैले लवकुश काण्ड पनि भनेका छन् ।

नेपाली समाजमा भानुभक्तीय रामायणको प्रभाव


भानुभक्तले रामायण लेखे । भारतका शिशु कालका मीठा कथाहरू सत्यझैँ झुल्किएर पहाडी छातीमा भुलभुलावट लिएर बालानालाझैँ गुन्गुनाए । भारतको आत्मा अक्षरारम्भसँग खुल्यो । भारतको रस निचोरियो । नेपाली सभ्यतालाई रामायणका जराहरूबाट नयाँ टुसा हाल्नु थियो (देवकोटा : २०३५) । नेपाली भाषाको श्रीवृद्धिमा भानुभक्तको ठूलो महत्व छ । विविध किसिमका भाषाहरूको प्रभुत्व रहेका बखत भानुभक्त आचार्यले अध्यात्म रामायणलाई भावानुवाद गरी सुबोद्य नेपाली भाषामा छापिएपछि नेपालीका घरघरमा रामायणवाचन गर्न थालियो ।

नाम : व्यक्ति वा स्थानआदिको नाम व्यक्तिवाची संज्ञा भएता पनि यी अर्थरहित नहुने हुनाले यिनलाई जातिवाची शब्दकै व्यक्तिकृत रुप मान्नु पर्दछ । राम स्वयम्को नाम पनि राम्रो भन्ने शब्दबाट आएको छ । रम्य इति रामः । यही राम ‘रो’ वा ‘लो’ (रलयोरभेदः) प्रत्यय लागी राम्रो, रमाइलो आदि पद बनेका छन् (सिन्हा : १९९१) । राम्रो शब्द नेपालीको नितान्त निजी खुबै सामान्य र अति प्रचलित शब्द भएकोले रामलाई नेपाली भाषीहरूले भाषाको उद्भव कालदेखि नै आत्मसात गरिल्याएको बुझिन्छ । उसै गरी सीता शब्द पनि नेपालीमा एउटा साधित शब्द हो । नेपालीहरू हलाको डोबलाई सीयो नै भन्दछन् र सीयो शब्दमा सीताको जन्मकथा निहित छ । सीता शब्द व्यक्ति बनेपछि सीतालाई धारण गर्ने धर्ती पनि नेपालीहरूका लागि माता नै भइन् ।
धरती आमै ! धरती बाबै ! यसबाट पाउँछ अन्न ।
प्यारो म गर्छु, सम्मान गर्छु, धरती आमै ! धन्य ! (प्रधान : १९५३)।

राम र सीता नेपाली समाजमा प्रचलित नामहरू हुन् । रावण नाम कुनै नेपालीको हुँदैन । त्यस्तै दिलिप, रघु, दशरथ, जनक आदि नाम नेपालीमा सामान्य छन् । कौशल्या, सुमित्रा, तारा आदि नाम पनि प्रचलनमा छन् । तर कैकेयी, मन्थरा, शूर्पनखा जस्ता नामहरू वर्जितप्राय छन् । त्यस्तै नेपाली समाजमा बालि नाम पनि हुँदैन ।

ठाउँ : जनता जनार्दन नै स्थाननामको स्रष्टा हो । तसर्थ स्थानमा हाम्रो भाषिक तथा सांस्कृतिक नीधि हो । वास्तवमा भन्ने हो भने स्थाननाम ऐतिहासिक, सांस्कृतिक, धार्मिक, सामाजिक आदि तथ्यले सङ्केत दिन्छ । रामकुवा, सीताकुण्ड, रामनगर, रमापानी, रामदी र रामघाट, सीतापाइला, रामधुनी आदि रामायणमा वर्णित मुख्य पात्रहरू राम र सीताको नामका आधारमा राखिएको पाइन्छ । चन्द्रभाग नदी र वागमतीको सङ्गममा रहेको ब्रह्मातीर्थ उत्तरगयानेरै वागमतीको किनारमा गोकर्णेश्वर नामक स्थान छ । रावणले आफ्ना भाइ कुम्भकर्ण र विभीषणसहित यहीँ तपस्या गरेको थियो भन्ने कुरो जनश्रुतिका साथै वाल्मीकि रामायण (७.९.४७) र अध्यात्म रामायण (७.२.७) मा पनि भनिएको छ, भानुभक्तले पनि भनेका छन् —
गोकर्णेश्वरमा गई दृढ भई तप् गर्न लाग्दो भयो । (७.३१)
यसरी कति ऐतिहासिक, कति पौराणिक र कति लौकिक कथ्यहरूको आधारमा नेपाली जनपद र नेपाली जनजीवन राममय बनेको छ । रामकथाका विभिन्न प्रसङ्गहरूलाई परोक्ष र विकीर्ण रुपमै भए पनि नेपाली समाजले आफ्नै वरिपरि विन्यस्त गरेर राम र सीतालाई पूर्णतः आत्मसात गरेको छ ।

राम शब्दको विविध प्रयोग : रामसित यौकिक रुपले बनेका शब्दाबली पनि नेपालीमा थुप्रै छन् जस्तै: राम राम, हे राम, जय राम, हरे राम, सीताराम, रामनाम, रामवाण, रामरस, रामधुनी, रामछायाँ, रामलीला, रामनामी, रामतिलक, रामनवमी, रामराज्य, रामकहानी, रामभरोसा, रामधुलाई, रामरमिता, रामफल, सीताफल आदि । राम, सीता र रावण रामकथाका तीन चम्का हुन् । यिनलाई लिएर बनेका लोकोक्तिहरूमा सामाजिक, धार्मिक र नैतिक भाव व्यङ्ग्यात्मक रुपमा अभिव्यक्त छन् ।जस्तै: रामको नाम सदा सुखधाम, मुखमा राम राम बगलीमा छुरा, सुगाको मुखमा रामराम, सबका दाता राम रामले मारे पनि मर्नै हो, रावणले मारे पनि मर्नै हो, रामको घरमा रामैराम, भीर लाग्ने गोरुलाई रामराम भन्न सकिन्छ तर काँध हाल्न सकिँदैन, राम भने राम छ, घर बसे काम छ, रामको राज्य सीताको वनिबास, सीता हर्ने राउन्ने बाँधिमाग्ने समुद्र, लङ्कामा सुन छ कान मेरो बुच्चै, एक लाख पुत, सवालाख नाति, रावणको घरमा दिया न बाती, सीताको पोइ, मर्ने बेलामा कोई न कोई, गर्ने भन्ने हनुमान् पगरी गुथ्ने ढेडु, काँकरीको बानैबान, कुदी आयो हनुमान्,आखिर् म¥याँ म हरिदेखि मर्या त तर्छू, यस दुष्टदेखि मरिया त नर्क म पर्छू ।

गाउँ खाने कथाः उठे सगरसम्म बसे गजधुम्म, यसले बादल वा कुहिरोलाई भनेको हो, तथापि हनुमानको कामरुपि शरीर र आकाश मार्गको उडानमा यो उखान बन्न सक्छ । अनि हनुमानलाई बादलकै प्रतीकात्मक चरित्र पनि मानिन्छ ।
अघि लागे रामचन्द्र पछि लाग्यो चोर, के हो ? हलो जोतेको । यसमा कर्मयोगी गोरु र अन्नचोर हली । तर यसले राम स्वर्णमृग मार्न अघि बढेका र रावण पछिबाट सीतालाई चोर्न आएको प्रसङ्गलाई पनि सम्झाउँछ ।
सात काण्ड रामयण पढ्यो, राम राक्षस कि रावण ?
बाह्र वर्ष रामायण पढ्यो, सीता कस्की जोई ?

लोक संस्कृति : चलि आएको सुन्दर व्यवहारलाई नै संस्कृति भनिन्छ । नेपालीहरूमा परापूर्वदेखि चलि आएका जुन रहनसहन, रीतिरिवाज, धर्मकर्म, चाडपर्व, मेलाजात्रा आदि छन् । ती नेपाली लोक सांस्कृतिक आधारभूत तत्व हुन् । प्रत्यक्ष परोक्ष तथा व्यक्त अव्यक्त रुपले हाम्रो मानसिकतामा परेका प्रभावहरू हाम्रा सामुहिक सोचविचार, क्रियाकलाप तथा बोलीचालीमा झल्कन्छन् । संस्कृति, समाज र जातिको मनोबिम्ब हो जुन अध्ययन र अनुकरणबाट होइन, अपितु परम्पराबाट प्राप्त भएको हुन्छ र यसको संरक्षण समाजले गर्छ ।

साइनो (नातासम्बन्ध) : ज्वाइँ मात्र यस्तो साइनो छ जसमा ज्यू लाग्दैन किनकि ऊ जीव होइन तर ईश्वर हो, आत्मापरमात्मा हो । यसैले हामी ज्वाइँ नाराण अर्थात् जुवाइँ नारायण भन्छौँ । आदरसूचक शब्दको यस अपवादमा रामकथाको प्रभाव छैन भन्न सकिन्न (सिन्हा : १९९७)। भान्जा र भान्जीलाई हाम्रो समाजमा आदर गरिने हो तर दिनानुदिन यसको आदरभाव घट्दो भएको पाइन्छ । यसमा पनि सीता र रामका पुत्र लव र कुशलाई पनि यसै प्रकारको आदर गरेको रामायणमा वर्णित छ । सीताकै कारणले हामीलाई छोरी र बहिनी एकै हुन् । नेपाली समाजमा साइनाको पौल हुँदाहुँदै पनि यसैले तिनका पतिलाई भनिने शब्द एउटै छ, जुवाइँ । हिन्दी समाजमा जस्तो दामाद र बहनोई अलगअलग साइनो शब्द छैन हाम्रो समाजमा ।बिहेको लागि नेपाली समाजमा केटी मागिन्छ । विश्वामित्रले रामलाई जनकपुर लिएर गएका थिए कन्यार्थमा तर जनक अयोध्या गएका थिएनन् वरार्थमा । यसमा पनि नेपाली लोकरीति रामकथाको नजिक छ ।

जार : जार नेपाली भाषाको एउटा सांस्कृतिक शब्द हो । इन्द्र र अहल्याको प्रेम प्रसङ्गको उल्लेख रामायणमा पनि छ । वेदपुराणहरूमा इन्द्रलाई (गौतमको जार) भनिएको छ । जार, जारी, जारीकल जस्ता शब्दहरू नेपाली भाषाका सामान्य शब्दहरू भएकोले जार जस्तो पौराणिक कृत्य आज पनि नेपालीको सामाजिक चरित्र बनेकै छ ।

मित : यो संस्कृत भाषाको मित्र शब्दको तद्भव रुप हुँदाहुँदै पनि मितको सांस्कृतिक अर्थ आफ्नै छ । यसलाई मित्र मात्र भन्दा मिल्दैन ।
अग्नि साक्षि राखेर सुग्रिव्जिले रामथ्यैँ मित्यारी गरी
बाँहाँ जोरि सखा भई नजिकमा सुग्रिव बस्या तेस् घरी । (भा. रा. ४.१२)
दियो बाली, बाँहाँ जोरी, कम्पनी साटी मित लाउने प्रथा नेपालीले रामकथाबाटै सिकेको हो । नेपाली मितमितको सम्बन्ध राम र सुग्रिवको जस्तै घनिष्ठ र प्रतिबद्धतामूलक हुँदैछ । मितेरी साइनाले नातामा हाड जोडिन्छ भन्ने लोकविश्वास नेपालीहरूमा छ ।

लोक विश्वास : लोक विश्वासलाई सामान्यतः अन्धविश्वास भनेर त्यस बारे खोज कमै गरिन्छ । तर अन्धविश्वासमा अर्ध विश्वास हुन्छ भन्ने विद्वान्हरूको मत छ (शर्मा : २०२६) । हुन पनि लोक विश्वासमा आदिम सत्यानुभूतिको एकांश निहित हुने हुनाले ती पूर्णतया त्याज्य पनि नहोलान् । कति नेपाली लोकविश्वासहरू रामकथाबाट प्रभावित देखिन्छन् । जस्तो नेपाली स्वास्नी मानिसहरू मृगको छालामाथि बस्दैनन् । मृगको छालाले मोडेको मूढामा पनि बस्न हुँदैन भन्छन् । नारी र मृग बिचको बिग्रहको कारण निश्चय नै रामायणको स्वर्णमृगको प्रसङ्गमा आधारित हुनुपर्छ जहाँ सीता रामलाई भन्छिन् जिउँदै यो मृग समात्न नसकिए तापनि हे पुरुषोत्तम यसको छालै भए पनि बडो राम्रो हुनेछ । यो मृग मारिएपछि कुशासनमाथि यसको सुवर्णमय छाला बिछ्याएर तपाईँको साथमा बस्नेछु । (वा.रा. ३.१९.२०), यसरी मृगचर्मको चाहना गर्दा सीताले अन्ततः दुःख भोग्नु परेको कथा नेपाली जनमानसमा गहिरोसित छापिएको छ ।

नेपाली समाजका तागाधारीहरू श्राद्धमा आफ्ना पितृहरूलाई पिण्ड चढाउँदा बालुवामाथि राखेर चढाउँछन् । त्यसमा पनि रामकथाकै कथा छ । आफ्ना मृत पिता दशरथको श्राद्धकर्म राम र सीताले वनमा गरेका थिए । अन्नको अभावमा सीताले बालुवाको पिण्ड चढाएकी थिइन् भन्ने थिति आज पर्यन्त पालना गरिँदै चामलकै पिण्ड बनाए पनि त्यसलाई बालुवामाथि राख्ने चलन छँदैछ ।

अर्को नेपाली लोकविश्वासमा कुचो पवित्र मानिन्छ । कुचाले जुठो बढार्नु हुँदैन । कुचालाई कुल्चनु, नाघ्नु हुँदैन । भूलवश कुल्चिए, नाघे विष्णु विष्णु भनी ढोग्नु पर्छ । यसको कथा र कारण पनि रामकथाको एउटा लोक कथासितै सम्बन्धित छ । जब सीतालाई दोस्रोपल्ट नियाँ पस्न पर्ने भयो तब आफ्नो पवित्रता आफै प्रमाणित गर्न उनले धरती मातालाई बाटो मागिन् अनि धरती फाट्यो । सीता धरतीभित्र पस्न लागेको देखी आत्तिएका राम उनलाई समात्न दौडे । तर सीतालाई पक्रँदा उनको चुल्ठो मात्र रामको हातमा पर्यो । सीता अल्पिन् । त्यही केशराशि पछिबाट अम्रिसो बनेर उम्रेको हो भन्ने विश्वासमा कुचो पवित्र मानिन्छ । कसै कसैले यस कथालाई काँस वा कुशसित पनि जोड्छन् ।

चाडपर्व : पूजा, चाडपर्व मेला जात्रा आदि संस्कृतिका स्थूल रुप हुन् । धरतीको पूजा गर्ने, न्वागी अन्न फलपूmल चढाउने जस्ता प्रथा नेपाली कृषकहरुको सनातन धर्म हो । धानको कुन्युम सह बनी बस्ने अन्नपूर्ण देवीसित सीताको कथा जोडिएकोले अन्न र भूमिमा यसरी देवत्व आरोपित गर्ने परम्परामा सीताको जन्म र लयको अभिज्ञान लुकेको हुनसक्छ (सिन्हा : १९९९) ।

दशैँ र तिहार : रामकथामा आश्रित चाडहरु नेपाली लोक संस्कृतिका अनिवार्य अङ्ग बनिसकेका छन् अनि तिनमा दशैँ र तिहार मुख्य चाड हुन् । नेपालीहरुका दशैँ पनि दुइवटा छन् ती हुन् चैते दशैँ र बडा दशैँ अथवा एउटा वासन्ती पर्व र अर्को शारदीय पर्व । चैते दशैँ चैत महिनामा पर्छ । चैत्र शुक्ल नवमीलाई रामनवमी भनिन्छ । यसै दिन रामको जन्म भएको थियो भन्ने कुरोे रामायणहरु (वा.रा.१.१८.८) मा पनि उल्लेख भएकै छ । राम जन्मोत्सव नेपालीहरुका निम्ति सबभन्दा ठूलो चाड हो । भानुभक्तले भने जस्तै ‘जसले रामनवमी उपासी खुशीले जाग्रत समेतै गरी’ धेरै धर्मपरायण नेपालीहरुले मनाउँछन् । शारदीय पर्वलाई बडा दशैँ अथवा विजया दशमी भनिन्छ । दशैँ भन्ने शब्द दशमीबाटै आएको हो । यस दशमीलाई विजया दशमी भन्नमा पनि रामकथाकै आधार छ । यसै दिन रामले रावणमाथि विजय प्राप्त गरेका थिए भन्ने लोक विश्वास छ ।

दशमीको दिन नेपालमा खड्ग जात्रा पनि हुन्छ जसलाई नेवारीमा पायान्हगुक भन्छन् । (सिन्हा ः १९९९) । जात्रामा हातहातमा खुकुरी बोकेर युद्धको अभिनय समेत गरिन्छ । विजया दशमी टीका नेपाल मात्रको एक विशेष प्रथा हो । यो विजय तिलक वा टीका लगाउँदा ठूला बडाले आशिष दिँदै भन्छन् पनि शत्रुक्षयो राघवे अथवा रामले जस्तै शत्रुको नाश गर्नू ।

नेपालीहरु तिहार मनाउँछन् । भैलो खेलेको अर्थ राम आएको खबर घरघरमा फिँजाएको हो भन्ने लोकविश्वास छ । नेपाली कोशले पनि भैलो शब्द भलो भयो (मैथिली भिल भयो) बाट आएको देखाउँछ । अर्थात् रामको आगमन राम्रो भयो भन्ने आशय भैलोमा छ । देउसी खेल्दा भैलीराम वा देउसिरीराम दुवैमा रामको झल्को छ । देउसीमा तथा विशेष तिहारमा गाइने मादले गीतमा रामायणको कथा एउटा मुख्य विषयवस्तु बन्दछ । यसरी दशैँ, तिहार दुवै नेपाली चाड राममय छन् ।

विवाह पञ्चमी : विवाह पञ्चमी पनि नेपालीहरुको एउटा रमाइलो पर्व हो । यसमा जनकपुरको उत्सव विशेष दर्शनीय हुन्छ । वाल्मीकीय, अध्यात्म रामायणमा विवाहको तिथि, मास तोकिएको छैन, केवल उत्तर फाल्गुनीको उत्तम नक्षत्र भनेर मात्र उल्लेख भएकोे छ । तर उत्तम मास त मार्गशीर्ष नै ठहरिएकोले नेपालीहरुले त्यसै मंसिरको शुक्ल पञ्चमी तोकिदिए ।
हेमन्तै ऋतु मार्ग शुक्ल बहुतै उत्तम तिथी पंचमी
वीच्छाका रवि मीन लग्न गरियो दिन्मै बिहा छम्छमी । (अग्निवेश्य रामायण, श्लोक ७)

विवाह पञ्चमीका दिन राममन्दिरबाट राम र जानकीको मूर्ति खाटमा राखी तथा जानकी मन्दिरबाट सुनको जानकी रामको मूर्ति अर्का खाटमा राखी बाजागाजा सहित निकाल्छन् । दुवैतिरका जन्तीहरु बरविघा (जानकीको खेल्ने ठाउँ) पुगेपछि दुवै युगल मूर्तिका माला साटासाट हुन्छ । राममन्दिरबाट गएको मूर्ति राममन्दिर पुर्याउँछन् र जानकी मन्दिरबाट लगेको मूर्ति जानकी मन्दिरमा भित्र्याउँछन् । यो यात्रा हेर्न दशविदेशका मानिसहरुको भीड हुन्छ । मुल मन्दिरको फूल र झल्लरले सजिएको सिंहासनमा जानकीको सुनको मूर्ति र रामको मूर्ति राखेपछि महन्तले राम र सीताको विवाह नेपाली पद्धति अनुसारले गरिदिन्छन् । लगन गाँठो बाँध्ने, गहनापोशाक दिने, सिन्दुर हाल्ने, माउर खुवाउने, माडो घुम्ने इत्यादि कुरा क्रमशः हुँदा मूर्तिहरुको बिहे मान्छेकै विहे जस्तो हुन्छ ।

यसरी विवाह पञ्चमी, रामनवमी, दुर्गा अष्टमी, विजया दशमी, चैते दशैँ आदि नेपालीहरुका लागि धार्मिक पर्वका साथै जात्रा, मेला, रामरमिताले सामाजिक उत्सवका दिन पनि हुन् ।
त्यस्तै नेपाली लोक साहित्य, नृत्य, गीत, नेपाली लोककला, देउडा नाच, संगिनी नाच, मारुनी नाच, बालन, खैँजडी नाच, हनुमान् नाच, वास्तुकला, मूर्तिकला, चित्रकला आदि विषयहरुमा पनि भानुभक्तीय रामायणको प्रभाव परेको पाइन्छ ।

निष्कर्ष : रामायण मर्यादा पुरुषोत्तम रामको जीवन र उनको जीवनभर भएगरेका आदर्शमय र अनुकरणीय गतिविधिहरुलाई समावेश गरी तयार गरिएको पवित्र ग्रन्थ हो । यसमा भएका पात्रहरु विशेषतः राम र सीताका कार्यहरु आदर्शमय छन् । उनीहरुका कार्यहरुले नै रामायणलाई एक जीवन्त महाकाव्य बनाएका छन् । हिन्दु धर्ममा विश्वास गर्ने हाम्रो जस्तो धर्मभीरु समाजमा यसको अझ बढी महत्व छ । रामायण एवम् त्यसका मुख्यपात्र श्रीराम नेपाली जनजीवनका अभिन्न अङ्ग बनेर रहेको तथ्य स्पष्ट गरिएको छ । यो एउटा सङ्क्षिप्त सूचना मात्र हो । राम सम्बन्धी यस्ता अनगिन्ती रहस्य अझै अनुद्घाटित छन् । ती सबैको अनुसन्धान गरी रामायण संस्कृतिको प्रमुख देशका रुपमा नेपालको पहिचान कायम गर्न हामीले सङ्कल्प गर्नुपर्ने बेला आएको छ । नेपाल देश र नेपाली जनजीवनमा अमनचयन कायम गरी समृद्धिको विस्तार गर्न रामायण संस्कृति अमोघ रामवाण सिद्ध हुनेछ भन्ने कुरामा दुइमत हुन सक्दैन ।

नेपाली लोक साहित्यका प्रत्येक विधामा रामकथा र रामको जीवनीको प्रभाव पाइन्छ (पराजुली : २०६८) । नेपाली लोकगीत र लोकभजनमा रामलाई अंशावतार भगवान्का रुपमा चित्रण गरिएको छ । साथै जीवनका पालक तथा उद्धारकर्ताका रुपमा रामको चित्रण गरिएको छ । रामनाम सङ्कीर्तन गर्नाले मुक्ति पाइन्छ भन्ने धारणाले धेरै भजनहरुमा रामलाई नै स्मरण गरिन्छ । लोककविहरुले रामको जीवनवृत्तलाई आधार बनाएर लोकरामायण काव्यहरु रचना गरेका छन् । रामचरित्रलाई अभिनयमा उतारेर मुक्ति पाइन्छ भन्ने भावनाले निर्माण गरिएका रामायण बालन र नचरीहरु लोकनाटकका रुपमा लोकजीवनमा अभिमञ्चन गरिन्छ । राम, सीता, श्रवणकुमार, रावण, हनुमान् आदिका बारेमा बनेका रोचक लोककथाहरुले नेपाली लोकजीवनमा नैतिक तथा आध्यात्मिक चेतना छरेका छन् । उखानमा पनि रामको आदर्श जीवन झल्किएको पाइन्छ । यसरी नेपाली समाज नै रामभक्तिमा समर्पित छ । रामनाम जप्नाले मुक्ति पाइन्छ । रामको आदर्श जीवनको अनुकरण गरेर जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने मान्यता नेपाली समाजमा व्याप्त छ ।

मर्यादापुरुषोत्तम श्रीराम र सतीशिरोमणि भगवती सीताका साथै रामायणका आदर्श पात्रहरुको चरित्रचर्या नेपाली जनजीवनमा आदर्शका मुहान बनेर रहेका छन् । नेपाली संस्कृतिमा रामायणको प्रतिबिम्ब, नेपालमा आदिकाव्य रामायणको रचना, नेपाली साहित्य र लोकसाहित्यमा रामायण संस्कृतिको प्रतिबिम्ब, कला, इतिहास र भूगोलमा रामायण संस्कृतिको प्रभाव रहेको पाइन्छ । नेपाली जनताको साधना, संस्कार, संस्कृति र व्यवहारमा रामायणको अमिट छाप परेको कुरा प्रस्ट देखिन्छ ।

यसरी नेपाली समाजका विविध क्षेत्रहरुमा रामायणको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव परेको पाइन्छ । भ्रातृप्रेम, पितृभक्ति, पतिभक्ति, पत्नीभक्ति, कर्तव्यपरायण, लोकजीवन, लोकभावना, संस्कृति, कला, शिक्षा, न्याय, प्रशासन, राजनीति, दण्ड संहिता, धर्मप्रतिको आस्था, नैतिकता जस्ता अनेकन क्षेत्रमा रामायणको प्रभाव देखिन्छ । रामायणको आवश्यकता भने दिनानुदिन बढ्दो अवस्थामा पाइएको छ ।

सन्दर्भग्रन्थ सूची
१. अधिकारी, हेमाङ्गराज र अन्य (२०६५), नेपाली किताब (कक्षा ७) भक्तपुर : पाठ्यक्रम विकास केन्द्र ।
२. आचार्य, भानुभक्त (२०६४), भानुभक्तको रामायण, काठमाडौँ : साझा प्रकाशन ।
३. उपाध्याय, केशवप्रसाद (२०६०), प्राथमिककालीन कवि र काव्यप्रवृत्ति, काठमाडौँ, साझा प्रकाशन, चौँथो संस्करण ।
४. चालिसे, चक्रपाणि (२०६४), नेपाली संक्षिप्त रामायण, काठमाडौँ : साझा प्रकाशन ।
५. ज्ञवाली, सूर्यविक्रम (२०११), भानुभक्तको रामायण, दार्जीलिङ, नेपाली साहित्य सम्मेलन ।
६. नेपाल, देवी (२०६२), छन्दपराग, काठमाडौँ : भुँडीपुराण प्रकाशन ।
७. पन्त, शास्त्रदत्त (२०६८), रामायणकालीन राजनीतिक तथा प्रशासनिक राज्यव्यवस्था, काठमाडौँ : भारद्वाज संस्कृति संरक्षण केन्द्र ।
८. पराजुली, मोतीलाल (२०६८), राम साहित्य : हिजो र आज, काठमाडौँ : भारद्वाज संस्कृति संरक्षण केन्द्र ।
९. प्रश्रित, मोदनाथ (२०६८), रामायण गाथा र नेपाल प्राक्ऐतिहासिक तसबिर, काठमाडौँ : भारद्वाज संस्कृति संरक्षण केन्द्र ।
१०. प्रसाइं, गणेशबहादुर (२०६४), सुवानन्द दासदेखि राजीवलोचनसम्म, काठमाडौँ, साझा प्रकाशन, दोस्रो संस्करण ।
११. बन्धु, चूडामणि (२०५८), नेपाली लोकसाहित्य, काठमाडौँ : एकता बुक्स ।
१२. भण्डारी, कृष्ण (२०६८), आदिकाव्य रामायण : एक अध्यययन, लेबोरेटरी उच्च माध्यमिक विद्यालय, कीर्तिपुर, काठमाडौँ ।
१३. राष्ट्रिय रामायण सम्मेलन, स्मारिका (२०६८), काठमाडौँ : भारद्वाज संस्कृति संरक्षण केन्द्र ।
१४. शमशेर, पुष्कर (२०११), भानुभक्तको रामायण, दार्जीलिङ, नेपाली साहित्य सम्मेलन, (सम्पा. सूर्यविक्रम ज्ञवाली) ।
१५. शम्र्मा, वसन्तकुमार (२०५८), नेपाली शब्दसागर, काठमाडौँ : भाभा प्रकाशन ।
१६. शर्मा, गोपीकृष्ण (२०६०), नेपाली निबन्ध परिचय, काठमाडौँ, रत्न पुस्तक भण्डार, तस्रो संस्करण ।
१७. श्रेष्ठ, दयाराम (२०४१), रामकथा परम्परा र भानुभक्तीय रामायण, काठमाडौँ, सञ्चार मन्त्रालय, सूचना विभाग ।
१८. सिन्हा, गोकुल (१९९९), नेपालीमा रामकथा परम्परा र प्रवृति, अप्र., उत्तरबंग विश्वविद्यालयको डाक्टर अफ फिलोसफी (आर्ट्स) उपाधिको निम्ति प्रस्तुत शोधप्रबन्ध ।


सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

राजधानीमा प्रहरीलाई मिल्यो ठुलो सफलता, थप अनुसन्धान हुँदै

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

डेंगु लागेका बिरामीले ३ हजार पाउने

नियम निलम्बनको प्रस्ताव स्वीकृत संसद

कालो धन राखेको भन्दै मुकेश अम्बानीकी श्रीमती र उनका तीन सन्तानलाई आयकर विभागको नोटिस




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394