• /
    सोमवार, भदौ ९, २०७६

जापानी सहयाेगमा निर्मित प्रसूति गृहको मूल भवन पुनःनिर्माण सम्पन्न, सेवा शुरू


काठमाडौँः भूकम्पले क्षतिग्रस्त परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको मूल भवन जापानी सहयाेगमा पुनःनिर्माण सम्पन्न भएको छ ।
नवनिर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गर्नुभयो ।
“नेपालमा पहिलोपटक प्रसुति सेवाको विशिष्ट सेवा दिन निर्माण गरिएको अस्पताल ४० शथ्याबाट हाल ४०० भन्दा बढी शथ्यामा पुगेको छ, यसको अझ स्तरोन्नति हुनुपर्छ, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ” प्रधानमन्त्री अाेलीले भन्नुभयो ।

उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्रप्रसाद यादवले प्रसूति अस्पताललाई पनि स्वास्थ्य क्षेत्रको खोज अनुसन्धान केन्द्रका रुपमा विकास गर्न लागिएको बताउनुभयाे ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले एक हजार ९२८ स्वास्थ्य संस्थामा क्षति पुगेकामा ६९२ संस्था पुनर्निर्माणका लागि दातृ एवं गैर सरकारी निकायको सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।
“भूकम्पले क्षति भएका स्वास्थ्य संस्थामध्ये ५४ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ, एक हजार १९७ स्वास्थ्य संस्था बन्न बाँकी छ, प्राधिकरणको बाँकी १८ महीने अवधिमा सबै पुनःनिर्माण सम्पन्न हुनेछ”–उहाँले भन्नुभयो ।
नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गुणस्तरीय सेवा उपलब्ध गराउन नयाँ भवन निर्माण र उपकरणकाे व्यवस्थाले ठूलाे सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधि, अस्पतालका निर्देशक डा जागेश्वर गौतम लगायतले आधुनिक उपकरण सहितको भवनबाट गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
विसं २०१६ भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीका अवसरमा तत्कालीन स्व युवराज्ञी इन्द्रराज्य लक्ष्मी देवी शाहको सम्झनामा अस्पताल स्थापना भएको थियो । ४० शथ्याबाट शुरु भएको अस्पताल भूकम्प जानु अघिसम्म ४१५ शथ्यामा सञ्चालन भइरहेको थियो । २०७२ वैशाख १२ गतेको भूकम्पपछि मूल भवनमा क्षति पुगेपछि मुस्किलले ३०० शथ्यासम्म चलाइएको थियो ।
तीन तलाको पाँच हजार ४१५ वर्गमिटर क्षेत्रफलमा फैलिएको भवनको भुइँ तलामा आकस्मिक सेवा, तीन वटा शल्यक्रिया कक्ष सहित प्रसुति सेवा रहने जनाइएको छ । भवनको पहिलो तलामा एकैपटक १० जनाको प्रसुति गराउन सकिने कक्ष, पर्याप्त कक्षा कोठा, सम्मेलन कक्ष, पुस्तकालय र प्राध्यापक कक्षको समेत व्यवस्था गरिएको छ ।


अस्पतालमा हाल नर्सिङमा स्नातक तहको अध्यापन भइरहेको छ भने दश जोड दुई तहको अध्यापन गराउन पूर्वाधार लगायत तयारी भइरहेको जनाइएको छ ।
अस्पतालले गत वर्ष २० हजार महिलाको प्रसुति गराएकामा यस वर्ष त्यो सङ्ख्या २३ हजार पुगिसकेको निर्देशक गौतमले सुनाउनुभयो । अत्याधुनिक भवन निर्माण भएसँगै वार्षिक ३० हजारसम्मको प्रसुति सेवा दिन सकिने अस्पतालले जनाएको छ । अस्पताल निर्माण, डिजाइन, सुपरिवेक्षण, परामर्श सेवा, फर्निचर, मेडिकल उपकरणका लागि रु दुई अर्ब ३६ करोड खर्च भएको थियो ।
यस आयोजना अन्तर्गत वीर अस्पतालमा समेत एउटा भवन निर्माण भयो । भवनको आजै उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री यादवले उद्घाटन गर्नुभयो ।

सम्बन्धित समाचार

जापानमा दुई जनालाई मृत्युदण्ड

टोकियो । जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ । यस…

जापान एयरलाइन्सको नाफा ३२ प्रतिशत घट्यो

टोकियो । जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि…

जापानको एनिमेसन स्टुडियोमा आगजनी, मृत्यु हुनेको संख्या २४ पुग्यो

टोकियो । जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार भएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु…

जापानको एनिमेसन स्टुडियोमा आगलागी, १० जनाको मृत्यु

काठमाडौं । जापानको चर्चित एनिमेसन स्टुडियो क्योटो एनिमेसनमा बिहीबार बिहान आगलागी भएको छ । उक्त आयोलागिमा परेर दश जनाको मृत्यु…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394