• /
    सोमवार, भदौ ९, २०७६

क्लिन फिड विवाद : ‘लोकल’ विज्ञापन पाउने कि नपाउने ?


काठमाडौं । नेपालका टेलिभिजन वितरकहरु सरकारले प्रस्ताव गरेको ‘क्लिन फिड’को व्यवस्थाको विरुद्धमा आन्दोलित बनेपछि यो विषय अहिले चर्चामा छ । यसले नेपालका सञ्चारमाध्यममात्र होइन कि सामाजिक सञ्जाललाई पनि तताएको छ । क्लिन फिड भनेको विदेशी च्यानलहरुले उनीहरुले आफ्नो देशमा उत्पादन गरेको विज्ञापन यहाँका टेलिभिजनहरुमा प्रशारण गर्न नपाउने प्रक्रिया हो ।

जुन कुराको टेलिभिजन वितरकहरुले विरोध गरिरहेका छन् । विरोधस्वरुप वितरकहरुले २४ घन्टासम्म सबै विदेशी च्यानलको प्रशारण पनि बन्द गराए । तर यो कार्यको आम उपभोक्ताद्धारा विरोध भयो ।


सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्न यो कानून ल्याउन लागेको बताएको छ र विधेयक प्रस्ताव नै गरिसकेको छ । त्यसैले टेलिभिजन वितरकहरुको अहिलेको विरोधले नागरिकको सूचना सम्बन्धी हक, अभिव्यक्ति स्वतन्त्रताको हक र उपभोक्ता अधिकार सम्बन्धी हकको हनन् भएको बताएको छ । ग्राहकसँग टेलिभिजन वितरकले गरेको अप्रत्यक्ष करार विपरित हुने गरी सेवा अवरुद्ध गर्नु अवैधानिक नभएको अधिकारवालाहरु पनि बताउँछन् ।


टेलिभिजिन वितरक यसलाई मान्न तयार छैनन् । उनीहरु सरकारले क्लिन फिड लाग्दा कस्तो असर पर्छ भन्ने सबैलाई जानकारी गराउन २४ घण्टा ब्ल्याक आउट गरिएको बताउँछन् । सरकार भन्छ यसरी सबका सब बन्द भएजस्तो क्लिनफिड होइन भन्छ । विदेशी तथा हिन्दीभाषी च्यानलहरु नेपालका लागि छुट्टै क्लिन फिड दिन तयार नभएको उनीहरुको दाबी छ ।
‘लोकल’ विज्ञापन गर्न पाउने कि नपाउने ?
जानकारहरु यो विषय यहाँका टेलिभिजन वितरकका साथै सरोकारवाला र कलाकारहरुले पनि बुझ्न नसकेको बताएका छन् । यस विषयका एकजना जानकार भन्छन्– यहाँ कलाकारहरु पनि त्यसै उफ्रिएका छन्, उनीहरुले विधेयकमा के कुरा छ भन्ने कुरा थाहा नै पाएका छैनन् । उनका अनुसार सो विधेयकमा विदेशी च्यानलहरुमा स्थानीय विज्ञापन पनि राख्न नमिल्ने गरी व्यवस्था गरिएको छ ।

त्यो ‘क्लिन फिड’ नै हो, त्यसमा कुनै पनि विज्ञापन राख्न नपाउने गरी मस्यौदा गरिएको छ– उनले भने । उनको दाबी छ– यसले स्वदेशी विज्ञापन एजेन्सीहरुलाई फाइदा हुन्छ, नेपालका कलाकार आदिले काम पाउँछन् फाइदाजनक छ भनिएको छ, तर त्यो सरकारले विधेयक पास गराउनका लागि हो, त्यसमा धेरैको ध्यान पुगेको छैन ।


हुनत नेपालका टेलिभिजन, कलाकार, विज्ञापन एजेन्सीहरु तथा पत्रकार महासंघले गरेको समर्थन पनि त्यसैका लागि हो । उनीहरुले पनि स्थानीय उत्पादनको विज्ञापन राख्न पाउने तथा बहुराष्ट्रिय कम्पनीहरुको पनि विदेशमा उत्पादित विज्ञापन नेपालमै उत्पादन गरेर ती च्यानलमा दिन पाउने भनी बुझेका छन् । तर वास्तविकता भने त्यस्तो छैन । सरकारले क्लिन फिडसम्बन्धी विधेयकमा खासमा विदेशी च्यानलहरुमा विज्ञापन नै राख्न नपाउने गरी बनाएको छ । ती च्यानलमा स्थानीय र विदेशमै बनाइएका विज्ञापनहरु पनि राख्न नसकिने उक्त विधेयकमा उल्लेख छ ।


अहिले हाम्रा कलाकारको भनाई यो छकि उताको नआएर स्वदेशी विज्ञापन दिन पाउनुपर्छ, जसले गर्दा आफूहरुले पनि काम पाइन्छ । विज्ञापन एजेन्सीहरुको पनि त्यही हो । लोकल विज्ञापन चाहियो र त्यो नै ती च्यानलमा प्रशारण गर्नुपरो भन्ने हो । बाहिरका च्यानलहरु बन्द गर्नु अहिलेको जमानामा सम्भव छैन किनभने त्यो भनेको उत्तर कोरियाको जस्तो अवस्था आउने हो । त्यसैले यदि स्वदेशी विज्ञापन दिने हो भने त ठीक छ भन्नेमा सबै पुगेको अवस्था छ । तर विधेयकको वास्तविकता त्यस्तो नभएको कुरामा भने अहिलेसम्म पनि कसैको ध्यान पुगेको छैन ।

यदि त्यो वास्तविकता बुझ्ने हो भने त त्यसले यताको न उताको विज्ञापन भन्ने नै ध्येय राखेको छ । यसरी भने च्यानल चल्न सक्दैनन् । यदि दुवै तर्फको विज्ञापन नआउने हो भने त्यस्तो अवस्थामा च्यानल चल्न सक्दैनन् किनेभने त्यो खाली समयमा के गर्ने त भन्ने कुरा हुन जान्छ । त्यसैले यो अहिलेको क्लन फिडको अवधारणा ठीक छ, यो राष्ट्रियता र राष्ट्रिय आयकै पक्षमा रहन्छ । तर लोकल पनि विज्ञापन राख्न पाइएन भने त के काम भयो र ? यो कुरा विधेयक पास नुहँदै सबैले बुझ्न जरुरी छ ।

सम्बन्धित समाचार

आइएमईको दुई दशक : ३० खर्ब विप्रेषण आयात, विश्वास दिलाउन ठूलो संघर्ष

कुनै समय विदेशबाट नेपालमा पैसा भित्र्याउने कुरा असम्भव जस्तै थियो । बैंकबाट लामो प्रक्रिया पु¥याएर पैसा पठाउने कुरा सामान्य मानिसका…

रातो मछिन्द्रनाथ जात्राका प्रचलन कायमै राखौं

ललितपुर । झण्डै १६ वर्ष पहिलेदेखि रातो मछिन्द्रनाथको मूल पूजारीका रुपमा देवताको सेवामा लाग्दै आएका कपिल बज्राचार्य ६७ वर्षको भए…

गणतन्त्रले दियो स्वतन्त्रता !

शान्ता चौधरीले बिताएका जीवनका १७ वर्ष कम कहाली लाग्दा थिएनन् । पढ्ने उमेरमा जमिनदारको घरमा कमलरी बसेकी शान्तालाई अहिले त्यो…

डेढ वर्षमा ८ जना अधिकृत हेरफेर : घोडाघोडीमा किन कोही टिक्दैन ?

कैलालीको घोडाघोडी नगरपालिकामा पछिल्लो डेढ वर्षमा ८ जना प्रमुख कार्यकारी हेरफेर भएका छन् । यसले नगरपालिकाको विकास निर्माण र सेवा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394