• /
    शनिबार, मंसिर २१, २०७६

सामाजिक सञ्जालमार्फत सौदाबाजी गर्ने पक्राउ


काठमाडौँ: सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई सौदाबाजी गर्ने एक जनालाई प्रहरीको महानगरीय अपराध महाशाखा काठमाडौँले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको केआइसिंह गाउँपालिका– ६ घर भई हाल कीर्तिपुर बस्ने २६ वर्षीय केशवराज भट्ट रहेका छन् ।

भट्टले सामाजिक सञ्जालको दुरुपयोग गरी नक्कली फेसबुक खोली उच्च पदमा रहेका अधिकृतको फोटो राखेर युवतीलाई साथी बनाई सौदाबाजी गर्ने गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनले आफू उच्च खानदानको भएको र नेपाल सरकारको शाखा अधिकृत भएकाले विवाह गर्न चाहेको भनी विभिन्न प्रलोभन देखाइ युवतीलाई विश्वासमा पारी रकमसमेत ठगी गरेको खुल्न आएको छ ।

पीडित युवतीले महाशाखामा दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा मङ्गलबार काठमाडौँको गौशालाबाट भट्टलाई पक्राउ गरिएको हो ।

उनलाई विद्युतीय कारोवार ऐनअन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौँलाई बुझाइएको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

महाबौद्ध गुम्बाको सुनको जलप लगाइएको मूर्ति चोरी

भरतपुर । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको…

चोरीको घटनामा संलग्न रहेको आरोपमा चार पक्राउ

गोरखा। गोरखा सदरमुकाम र आससापका क्षेत्रमा लगातार भइरहेको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। चाडपर्वका…

तीन लाख ६० हजार नगदसहित जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले नागार्जुनबाट रु तीन लाख ६० हजार नगद सहित १० जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी…

सीतापाइलास्थित एक घरबाट पाँच लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौं । काठमाडौं उपत्यकाभित्र चोरीका घटना क्रमबद्ध रुपमा बढ्न थालेका छन् । दैनिकजसो राजधानीमा चोरहरुले मौका छोपेर चोरी गर्ने गरेका…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

‘मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन, सहकार्यको रुपमा बुझिनुपर्छ’

महाबिर पुन सम्मानित , राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

‘निजी क्षेत्रलाई ढुक्कसँग लगानी गराउन सकेमा मात्र देशमा आर्थिक समृद्धि आउँछ’

सीमाको बिषयमा सरकार गम्भीर नबनेकोमा नेकपाकै सांसदको आपत्ति

१३औं ‘साग’मा नेपाल दोस्रो स्थानमा, अहिलेसम्म ४० स्वर्ण जित्न सफल




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394